NE/Prabhupada 0628 - हामी 'हुनसक्छ,' 'होला' जस्ता कुराहरु स्वीकार्दैनौं। हामी तथ्य मात्र स्वीकार्छौं



Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972


त्यसैले यहाँ, कृष्णद्वारा पूर्ण ज्ञान बोलिएको छ: देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा तथा देहान्तर​-प्राप्तिर् धीरस् तत्र न मुह्यति (भ गी २|१३) देहिन:, आत्माको शरीर परिवर्तन हुँदैछ | त्यसैगरी, मृत्यु पछि, तथाकथित मृत्यु पछि...... किनकि मृत्यु हुँदैन | यो स्थुल शरीरको कार्य सकिएपछि, आत्मा अर्को स्थुल शरीरमा सर्छ | यो बयान हामीले भगवद गीताबाट पाउँछौं | र यदि हामी यो बयान स्वीकार्छौं,"यो तथ्य हो," तब हाम्रो अध्यात्मिक जीवन तत्काल सुरु हुन्छ | यो बुझाई बिना, अध्यात्मिक बुझाईको कुनै प्रश्न छैन | सबै अस्पष्ट, केवल मानसिक कल्पना,"हुन सक्छ," "होला |" यी सिद्धान्तहरु तथाकथित वैज्ञानिक र दार्शनिकद्वारा अघि सारिएको छ | तर हामी "होला", "हुन सक्छ" जस्ता कुराहरु स्वीकार्दैनौं | होइन | हामी जे तथ्य हो, त्यो स्वीकार्छौं | यो विश्वासको प्रश्न होइन, यो तथ्यको प्रश्न हो | त्यसैले यो तथ्य हो | अब, आत्मा कसरी सर्दैछ ? मानौं यो जीवन पछि, मैले राम्रो जीवन पाउँछु, त्यो राम्रो हो | तर यदि मैले निच जीवन पाउँछु, तब परिस्थिति के हुन्छ ? मानौं अर्को जीवनमा मैले बिरालो वा कुकुर वा गाईको जीवन प्राप्त गर्छु | मानौं तपाईले फेरी अमेरिकामा जन्म प्राप्त गर्नुहुन्छ | तर यदि तपाईले आफ्नो शरीर परिवर्तन गर्नुहुन्छ, तब सम्पूर्ण परिस्थिति परिवर्तन हुन्छ | मानवको रुपमा, तपाईलाई राज्यद्वारा सुरक्ष प्रदान गरिएको छ, तर जब तपाई अर्को शरीर बन्नुहुन्छ, कि रुख वा पशु, व्यवहार फरक हुन्छ | पशु बधशाला जाँदैछन्; रुखहरु काटिंदै छन् | कुनै विरोध छैन | यो भौतिक जीवनको परिस्थिति हो | कहिलेकाही हामी जीवनको राम्रो परिस्थिति प्राप्त गर्दैछौं, कहिलेकाही हामी जीवनको निच परिस्थिति प्राप्त गर्दैछौं | कुनै आश्वासन छैन | त्यो मेरो कार्यमा भर पर्छ | त्यो व्यवहारिक छ | यो जीवनमा पनि, यदि तपाई शिक्षित हुनुहुन्छ, तब तपाईको भविष्य धेरै राम्रो हुन्छ | यदि तपाई शिक्षित हुनुहुन्न, तब तपाईको भविष्य त्यति उज्यालो हुँदैन | त्यसैगरी, यो मानव जीवन, हामीले निरन्तरको जन्म र मृत्युको समाधान निकाल्न सक्छौं | र त्यो नै मानव जीवनको एकमात्र कार्य हो , कसरी जीवनका यी भौतिक परिस्थितिबाट बाहिर निस्कने: जन्म, मृत्यु, बुढ्यौली र रोग | हामीले समाधान निकाल्न सक्छौं | र त्यो समाधान हो कृष्ण भावना | जब हामी कृष्ण भावनाभवित हुन्छौं...... कृष्ण भावनाभवित भनेको कृष्ण, परम, उहाँ, भगवान | हामी कृष्णका अंश हौँ | यो कृष्ण भावना हो | केवल बुझ्नु कि..... जस्तै तपाई आफ्नो पिता र आफ्ना दाजुभाई र स्वयं आफुलाई बुझ्नुहुन्छ | तपाई सब पिताका पुत्र हुनुहुन्छ | त्यसैले यो बुझ्न त्यति कठिन छैन | जसरी पिताले सम्पूर्ण परिवारको पालन गर्छन्, त्यसैगरी, कृष्ण, परम भगवान, उहाँका अनगन्ती पुत्र छन्, जीवहरु, र उहाँले सम्पूर्ण परिवारको पालन गर्दै हुनुहुन्छ | के कठिनाइ छ ? तब अर्को कर्तव्य भनेको विकसित चेतनाको हुनु हो | जस्तै एक असल पुत्र, जब उसले अनुभव गर्छ कि "पिताले मेरो लागि यति धेरै गर्नुभएको छ | मैले यो तिर्नुपर्छ, वा कम्तिमा मैले मेरो कृतज्ञ हुनुपर्छ जे मेरो पिताले मेरो लागि गर्नुभएको छ," यति भावनालाई कृष्ण भावना भनिन्छ |