NE/Prabhupada 0632 -जब मैले अनुभव गर्छु कि म यो शरीर होइन, तब म प्रकृतिका तीन गुणभन्दा दिव्य हुन्छु



Lecture on BG 2.28 -- London, August 30, 1973


तसर्थ शंकराचार्यले यो सिद्धान्त दिनुभयो: ब्रह्म सत्यं जगन् मिथ्या | ब्रह्म भनेको आत्मा वास्तविक तथ्य हो, भौतिक अभिव्यक्ति होइन | भौतिक अभिव्यक्ति, अवश्य पनि, उनले ज्झुठो भन्छन् | हामी झुठो भन्दैनौं | हामी अस्थायी भन्छौं | त्यसैले हाम्रो मुख्य विचार यो हो कि म अस्थायी होइन | मेरो शरीर अस्थायी हो | अहिले म शरीरको लागि कार्यरत छु | यो भ्रम हो | अहं ममेति (श्री भा ५|५|८) | तब वास्तविक तथ्य के हो ? वास्तविक तथ्य यो हो कि म अध्यात्मिक कण हुँ र सम्पूर्ण आत्मा कृष्ण वा भगवान हुनुहुन्छ | तसर्थ भगवानको अंशको रुपमा, भगवानको सेवा गर्नु मेरो कर्तव्य हो | त्यो अध्यात्मिक जीवन हो, भक्ति योग | त्यसलाई भनिन्छ स्वरूप | र अर्को स्थानमा भगवद गीतामा निश्चित गरिएको छ कि स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते (भ गी १४|२६) | जब मैले अनुभव गर्छु कि म यो शरीर होइन, तब तत्काल म भौतिक प्रकृतिका तीन गुण पार गर्छु: सत्त्व गुण, रजो गुण, तमो गुण | जीवनको शारीरिक धरान अन्तर्गत, म भौतिक प्रकृतिको एउटा गुणले प्रभावित छु र कार्यरत छु | भागवतमा पनि भनिएको छ: यया सम्मोहितो जीव आत्मानं त्रि-गुणात्मकं मनुते अनर्थम् (श्री भा १|७|५) | किनकि मैले यो शरीर स्वीकारेको छु जुन भौतिक प्रकृतिको तीन गुण मध्ये एकबाट बनेको छ, र आफुलाई चिन्दैछु, तसर्थ मैले यति धेरै अनर्थ सिर्जना गर्दैछु | अनर्थ भनेको नचाहिने कुरा: तत्-कृतं चाभिपद्यते | र शारीरिक सम्बन्धमा यति धेरै नचाहिने कुराहरु सिर्जना गरेपछि, म यो सोचमा निमग्न छु कि "म यो-यो राष्ट्रसँग सम्बन्धित छु | तसर्थ मैले यो कर्तव्य पुरा गर्नुपर्छ, राष्ट्रको लागि यो गर्नुपर्छ, वा समाजको लागि वा परिवारको लागि, वा आफ्नोलागि वा मेरी पत्नीको लागि, मेरो बच्चाको लागि |" वैदिक धारणा अनुसार यो भ्रम हो | अहं ममेति (श्री भा ५|५|८) | जनस्य मोहो ऽयम् | मोह भनेको भ्रम | म भ्रामिक परिस्थिति सिर्जना गर्दैछु र बद्ध हुँदैछु | यो मेरो स्थिति छ | तर मेरो वास्तविक लक्ष्य भनेको कसरी यो भ्रमबात बाहिर निस्कनु र मेरो मूल चेतनामा पुग्नु, कृष्ण चेतना र तब म फर्कन्छु | कृष्ण चेतना भनेको अध्यात्मिक शरीर | जब म मेरो अध्यात्मिक शरीरको आधारमा कार्य गर्छु, त्यसलाई मुक्ति भनिन्छ | यो चाहिएको छ | तब म ज्ञानयुक्त शाश्वत जीवन आनदसँग बाँच्छु | त्यो मेरो समस्या हो | तर मानिसहरुलाई जीवनको यो शारीरिक धरानमा शिक्षा दिंदैछ, र तिनीहरु समस्या सिर्जन गर्दैछन् र ती समस्या समाधान गर्नको लागि, तिनीहरु पापमा बद्ध हुँदैछन् | जस्तै आज बिहान हामी बच्चालाई गर्व भित्र मार्ने, भ्रुणहत्या बारे छलफल गर्दै थियौं | किनकि हामीलाई थाहा छैन कि आत्मा बच्चाको शरीर भित्र छ..... त्यो मार्न सकिन्न | त्यो मार्न सकिन्न | तर त्यो पनि व्याख्या भएको छ, कि जसलाई आत्माको नित्यता बारे थाहा छ, उसले कसैलाई मार्दैन, न आत्मा मर्छ | तर हामी समाज सिर्जन गर्दैछौं | किनकि आत्माले यो शरीरमा आश्रय लिएको छ र तथाकथित चिकित्साविज्ञानले त्यो शरीर नाश गर्ने सल्लाह दिंदैछ, त्यो भनेको ऊ बद्ध हुँदैछ | ती मानिस जो सल्लाह दिंदैछन्..... म बुझ्छु कि एउत सज्जन यहाँ आउँछन्, उनकी श्रीमती एक डाक्टर हुन् र उनको कार्य सुत्केरी पत्नी, स्त्रीको जाँच गर्नु हो, र सल्लाह दिने कि बच्चालाई मार्ने कि नमार्ने | यो छ कार्य |