NE/Prabhupada 0638 - ती प्रथम श्रेणीका योगी हुन्, जो सधैं कृष्णको बारेमा सोच्छन्



Lecture on BG 2.30 -- London, August 31, 1973


सबै कुरामा उनले कृष्णलाई देख्छन् | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सदैव हृदयेषु विलोकयन्ति (ब्र स ५|३८) | सदैव | तिनीहरु कहिलेकाही सोध्छन्,"के तिमीले भगवान देखेका छौ ?" जो वास्तवमा भक्त हुन्छन्, शुद्ध भक्त, उनले केवल कृष्णलाई देख्छन्, अरु केहि होइन | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सदैव हृदयेषु | सदैव भनेको सधैं | हृदयेषु विलोकयन्ति | यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​-स्वरूपं गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | त्यसैले यो.... जति तपाई कृष्ण भावनामा विकसित हुनुहुन्छ, तपैले केवल कृष्णलाई देख्नुहुन्छ | र यदि तपाई सधैं कृष्णलाई देख्न अभ्यस्त हुनुहुन्छ, सदा तद्-भाव​-भावितः... यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् (भ् गि ८।६) । यद् यद् भावम् । त्यसैले यदि तपाई सधैं कृष्णको बारेमा सोच्नुहुन्छ...... त्यो कृष्णको उपदेश पनि हो | मन्मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | "सधैं मेरो बारेमा सोच |" ती हुन् प्रथम श्रेणीका योगी, जो सधैं कृष्णको बारेमा सोच्छन् | योगिनाम् अपि सर्वेषां, मद्-गतेनान्तर्-आत्मना, भजते यो मां, स मे युक्ततमो मतः (भ गी ६।४७) । उनी प्रथम श्रेणीका योगी हुन् | र भक्त, हामीले पहिल्यै....... अन्यथा, किन उनले कृष्णको बारेमा सोच्नुपर्यो ? मन मना भव मद्-भक्तो मद्-याजी | केवल भक्तले मात्र सधैं कृष्णको बारेमा सोच्न सक्छन् | मन मना भव मद्-भक्त: | "किनकि तिमी मेरो भक्त हौ, तिम्रो कर्तव्य भनेको सधै मेरो बारेमा सोच्नु हो |" के यो धेरै कठिन कार्य हो ? तपाई कृष्णलाई मन्दिरमा देख्दै हुनुहुन्छ | जति धेरै तपाई देख्नुहुन्छ, कृष्ण, कृष्ण, कृष्ण, कृष्ण, चौबिस घण्टा कृष्ण भावनामा संग्लाग्नता भनेको तपाई कृष्णलाई सधैं कृष्णलाई देख्न अभ्यस्त हुनुहुनेछ | यो हो कृष्ण भावनामृत अभियान | तपाईले कृष्णलाई एक क्षणको लागि पनि बिर्सनुहुनेछैन | र त्यो हो उपदेश | मन-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | यी चार कुराहरु | जब मन्दिरमा अर्च विग्रह हुन्छन्, तपाई हेर्नुहोस् र तपाई प्रभाव पाउनुहुन्छ | जब मन्दिर बाहिर पनि तपाईले आफ्नो हृदयभित्र देख्न सक्नुहुन्छ, यदि तपाईले कृष्णको लागि प्रेम विकास गर्नुभएको छ | अन्यथा, आधिकारिक रुपमा, तपाई मन्दिर आउनुहोस् र जब...... "झन्झट, म यो बिर्सनुपर्यो |" त्यो अर्को कुरा हो | तर सम्पूर्ण प्रक्रिया कृष्णको लागि प्रेम विकास गर्न हो | स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६) | भक्तिर् अधोक्षजे | यो प्रथम श्रेणीको धार्मिक विधि हो | यो प्रथम श्रेणीको धार्मिक विधि हो | यो कृष्ण भावना प्रथम श्रेणीको हो, उच्चतम धार्मिक विधि | किन ? यसले मानिसलाई कृष्ण, परम भगवानको बारेमा सोच्ने शिक्षा दिंदैछ, सधैं | प्रेम | सोच्ने मात्र होइन | हामीले कसैको बारेमा तबसम्म सोच्न सक्दैनौं जबसम्म हामी उनलाई प्रेम गर्दैनौं | यदि तपाई कसैलाई प्रेम गर्नुहुन्छ, तब तपाईले उनको बारेमा सधैं सोच्न सक्नुहुन्छ | जस्ता प्रेमी र प्रेमिका | भनौं एउटा केटा, अर्की केटि | तिनीहरु प्रेममा छन् | त्यसैले दुवैले एक अर्काको बारेमा सधैं सोच्छन् | "कहिले हामी फेरी भेट्नेछौं, कहिले हामी फेरी भेट्नेछौं ?" त्यसैगरी, मन्-मना भव मद्-भक्तः | तपाई कृष्णको भक्त बन्न सक्नुहुन्छ, तपाई कृष्णको बारेमा सधैं सोच्न सक्नुहुन्छ, केवल तपाईले कृष्णको लागि प्रेम विकास गर्नुपर्यो | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन (ब्र स ५|३८) | भक्तिबाट, तपाईले कृष्णको लागि आफ्नो प्रेम विकास गर्न सक्नुहुन्छ | त्यो चाहिएको छ |