NE/Prabhupada 0653 - यदि भगवान् साकार हुनुहुन्न भने उहाँका पुत्रहरु कसरी साकार भए ?



Lecture on BG 6.6-12 -- Los Angeles, February 15, 1969


भक्त: "पद्म पुराणमा भनिएको छ, 'कसैले पनि नाम, गुण, रुप र लिलाको दिव्य प्रकृति बुझ्न सक्दैन, श्री कृष्णको, उसको भौतिक रुपले प्रदुषित इन्द्रियहरुद्वारा | जब कोहि भगवानको दिव्य सेवाद्वारा अध्यात्मिक रुपले परिपूर्ण हुन्छ, भगवानको नाम, गुण, रुप र लिला ऊ समक्ष प्रकट हुन्छ |'"

प्रभुपाद: हो, यो धेरै महत्वपूर्ण छ | अब, कृष्ण, हामी कृष्णलाई भगवानको रुपमा स्वीकार्छौं | अब, हामी कृष्णलाई भगवानको रुपमा कसरी स्वीकार्छौं ? किनकि यो वैदिक सहित्यमा वर्णित छ, जस्तै ब्रह्म-संहितामा, ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः (भ गी ५|१) | कल्पना.... जो रजो गुण र तमो गुणमा छन्, तिनीहरु भगवानको रुप कल्पना गर्दैछन् | र जब तिनीहरु भ्रमित हुन्छन्, तिनीहरु भन्छन्,"ओहो भगवानको व्यक्तित्व छैन | यो सब निराकार वा शुन्य छ |" त्यो हैरानी हो | तर वास्तवमा, भगवानको रुप छ | किन छैन ? वेदान्तमा भनिएको छ, जन्माद्य् अस्य यतः (श्री भा १|१|१): परमसत्य उहाँ हुनुहुन्छ जसबाट सब कुरा प्रकट हुन्छ | अहिले हामीसँग रुप छ | त्यसैले हामी पनि, हुनुपर्थ्यो.... हामी मात्र होइन, जीवका विभिन्न रुपहरु छन् | तिनीहरु कहाँबाट आउँछन् ? यो रुप कहाँबाट सिर्जित भएको हो ? यो व्यवहारिक बुद्धि लगाउने प्रश्न हो | याद भगवान व्यक्ति हुनुहुन्न, तब कसरी उहाँका पुत्रहरु व्यक्ति हुन्छन् ? यदि तपाईको पिता व्यक्ति हुनुहुन्न, तपाई कसरी व्य्यक्ति हुनुहुन्छ ? यो व्यवहारिक बुद्धि लगाउने प्रश्न हो | यदि मेरो पिताको रुप छैन, मुले रुप कहाँबाट प्राप्त गरें ? तर मानिस कल्पना गर्छन्, किनकि जब तिनीहरु दिक्क हुन्छन्, जब तिनीहरु देख्छन् कि यो रुप समस्यजनक छ, तसर्थ भगवान निराकार हुनुपर्छ | त्यो यस रुपको उल्टो अवधारणा हो | तर ब्रह्म-संहितामा होइन भनिएको छ |भगवानको रुप छ, तर उहाँ सच्-चिद्-आनन्द​-विग्रहः हुनुहुन्छ | ईश्वर: परम: कृष्ण सच्-चिद्-आनन्द​-विग्रहः (ब्र स ५|१) | सत्, चित्, आनन्द | सत् भनेको शाश्वत | सत् भनेको शाश्वत, चित् भनेको ज्ञान र आनन्द भनेको सुख | त्यसैले भगवानको रुप छ, तर उहाँसँग त्यस्तो रुप छ जुन आनन्दमय छ, ज्ञानले पूर्ण छ र शाश्वत छ | अब आफ्नो शरीरसँग तुलना गर्नुहोस् | तपाईको शरीर न शाश्वत छ न आनन्दमय छ न ज्ञानले पूर्ण छ | तसर्थ भगवानको रुप छ, तर उहाँको भिन्न रुप छ | तर जब हामी रुपको कुरा गर्छौं, हामी सोच्छौं कि रुप यस्तो हुनुपर्छ | तसर्थ उल्टो, रुप छैन | त्यो ज्ञान होइन | तसर्थ पद्म पुराणमा भनिएको छ कि तपाई बुझ्न सक्नुहुन्न, यी भौतिक इन्द्रियहरुबाट भगवानका नाम, गुण, रुप, लिलाहरुको बारेमा | अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: (चै.च. मध्य १७.१३६)| तपाईको इन्द्रियातित कल्पना द्वारा, किनकि तपाईका इन्द्रियहरु अपूर्ण छन्, तपाईले परम पूर्ण सम्बन्ध कसरी कल्पना गर्न सक्नुहुन्छ ? त्यो सम्भव छैन | तब आयो कसरी सम्भव छ ? सेवोन्मुखे हि जिह्वादौ | यदि तपाई आफ्ना इन्द्रियलाई तालिम दिनुहुन्छ, यदि तपाई आफ्ना इन्द्रियलाई शुद्ध पार्नुहुन्छ, ती शुद्ध इन्द्रियले तपाईलाई भगवान देख्न मदत गर्नेछन् | जस्तै यदि तपाईलाई कुनै रोग छ, आँखामा मोतिविन्दु, त्यसको मतलब तपाई देख्न सक्नुहुन्न भन्ने होइन | किनकि तपाईको आँखा मोतिविन्दुले ग्रसित छ, तपाईले देख्न सक्नुहुन्न | त्यसको मतलब यो होइन कि देख्नलाई केहि छैन | तपाईले देख्न सक्नुहुन्न | त्यसैगरी, तपाईले भगवानको रुप अहिले चिन्तन गर्न सक्नुहुन्न, तर यदि तपाईको मोतिविन्दु हटाइन्छ, तपाईले देख्न सक्नुहुन्छ | त्यो चाहिएको छ | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सदैव हृदयेषु विलोकयन्ति (ब्र स ५|३८) | ब्रह्म-संहितामा भनिएको छ कि जो भक्तहरुको आँखामा भागवत- प्रमको अन्जन लगाइएको छ, त्यस्ता व्यक्तिहरु, आफ्ना हृदयभित्र, भगवान, कृष्णलाई सधैं, चौबिस घण्टा देख्छन् | यो होइन कि....... त्यसैले तपाईले आफ्ना इन्द्रियहरु शुद्ध पार्नुपर्छ | तब तपाई बुझ्न सक्षम हुनुहुन्छ कि भगवानको रुप के हो, भगवानको नाम के हो, भगवानको गुण के हो, भगवानको सामग्री के हो | भगवानसँग सब कुरा छ | यी कुराहरु वैदिक साहित्यमा छलफल गरिएको छ | जस्तै अपानि-पादो जवन​-गृहीत​ | भनिएको छ कि भगवानको हात वा खुट्टा छैनन् | तर उहाँले तपाईले अर्पण गरेको जे पनि स्वीकार्नुहुन्छ | भगवानको आँखा छैन, र कान, तर उहाँले सबै देख्नुहुन्छ र उहाँले सबै सुन्नुहुन्छ | यी विरोधाभाषहरु छन् | त्यसको मतलब जब हामी देख्ने कुरा गर्छौं, हामी सोच्छौं कि कसैको यस्तो आँखा हुन्छ | त्यो हाम्रो भौतिक अवधारणा हो | भगवानको आँखा छ, उहाँले अन्धकारमा पनि देख्न सक्नुहुन्छ | तपाईले अन्धकारमा पनि देख्न सक्नुहुन्न | त्यसैले उहाँको भिन्न आँखा हुन्छ | भगवानले सुन्न सक्नुहुन्छ | यदि तपाई..... भगवान उहाँको राज्यमा हुनुहन्छ जुन लाखौं-लाखौं मील पर छ, तर यदि तपाईले केहि बोल्नुहुन्छ, बिस्तारै बोल्दै, षड्यन्त्र, उहाँले सुन्नुहुन्छ | किनकि उहाँ तपाई भित्र हुनुहुन्छ | त्यसैले तपाईले भगवानले देख्नुभएको र भगवानले सुन्नुभएको वा भगवानले छुनुभएको नकार्न सक्नुहुन्न |