NE/Prabhupada 0670 - जब तपाई कृष्णमा एकाग्र हुनुहुन्छ, तब कुनै भौतिक गति बाँकी हुँदैन



Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


भक्त: श्लोक संख्या उन्नाइस: "जसरी हावा नलागेको स्थानमा दीपशिखा हल्लिंदैन.....(भ गी ६|१९) |"

प्रभुपाद: यहाँ उदाहरण छ, केवल हेर्नुहोस् |

भक्त: "..... त्यसैले अध्यात्मवादी, जसको मन नियन्त्रित छ, सधैं आत्मतत्वको ध्यानमा स्थिर हुन्छ |"

प्रभुपाद: यो कोठामा, किनकि हावा चलेको छैन, यो दीपशिखालाई हेर्नुहोस, आफो स्थिर छ | त्यसैले, यदि....... तपाईको मनको आफो यो आगो जस्तै स्थिर रहनेछ, यदि तपाईले आफ्नो मन कृष्ण भावनामा एकाग्र गर्नुहुन्छ | तब तपाईको....... जसरी यो मन विचलित छैन, तपाईको मन विशालित हुनेछैन | र त्यो योगको पूर्णता हो |

भक्त: श्लोक २० देखि २३: "यस पूर्णताको अवस्थालाई समाधि भनिन्छ, जब एक मानिसको मन भौतिक मानसिक गतिविधिहरु योग-अभ्यासद्वारा संयमित हुन्छ (भ गी ६|२०) |"

प्रभुपाद: समाधि भनेको, समाधि भनेको........ शुन्य बनाउनु होइन, त्यो असम्भव छ | क्लेशो ऽधिकरतस् तेषाम् अव्यक्तासक्त​-चेतसाम् | कोहि योगी भन्छकि तपाई आफुलाई रोक्नुहोस्, आफुलाई अचल नबनाउनुहोस् | मलाई अचल बनाउन कसरी सम्भव हुन्छ ? म गतिशील आत्मा हुँ | यो सम्भव छैन | अचल भनेको, जब तपाई कृष्णमा एकाग्र हुनुहुन्छ, कुनै भौतिक गति हुँदैन | त्यो अचल हो | यो भौतिक झुकावले तपाईलाई अझै विचलित पार्नेछैन | यसलाई भनिन्छ अचल | तर कृष्ण गतिविधिको लागि तपाईको गति बढ्नेछ | तपाई कृष्ण भावनामा आफ्ना गतिविधिहरु जति धेरै बढाउनुहुन्छ, तपाई भौतिक गतिविधिमा स्वत: शुन्य हुनुहुन्छ | त्यो विधि हो | तर यदि तपाई अचल बन्न चाहनुहुन्छ, उही उदाहरण- एउटा बच्चा, एउटा बच्चा अशान्त हुन्छ | तपाईले बच्चालाई अचल बनाउन सक्नुहुन्न | तपाई उसलाई केहि दिनुहोस्, खेल्ने कुरा, केहि राम्रो चित्र | उसले देख्नेछ, संग्लग्न र अचल | त्यो तरिका हो | त्यसैले मानिसहरु अचल छन् | अचल होइन, के भनिन्छ ? चल | तर यदि तपाई उसलाई अचल बनाउन चाहनुहुन्छ, तब तपाई उसलाई कृष्ण संग्लाग्नता दिनुहोस् | तब ऊ अचल हुनेछ | र ऊ (अस्पष्ट)..... त्यो अनुभूति हो | किन ऊ कृष्ण भावनामा संग्लग्न हुनुपर्यो यदि उसले अनुभव गर्दैन कि "म कृष्णको हुँ ? म यो पद्धार्थको होइन, म यो राष्ट्रको होइन, म यो समाजको होइन, म यो धुर्तको होइन, म केवल कृष्णको हो |" अचल | उसको पूर्ण ज्ञान | त्यो मेरो अवस्था हो | म अंश हुँ | ममैवांशो जीव (भ गी १५|७)- यी सब जीवहरु मेरा अंश हुन् | त्यसैले जब तपाईले बुझ्नुहुन्छ कि "म कृष्णको अंश हुँ" तत्काल तपाई भौतिक गतिविधि प्रति अचल हुन्छु | हो |