NE/Prabhupada 0683 - समाधिमा अवस्थित योगी र कृष्ण भावनाभावित व्यक्तिमा कुनै भिन्नता छैन



Lecture on BG 6.30-34 -- Los Angeles, February 19, 1969


विष्णुजन: "कृष्ण सबैको हृदयमा परमात्मा रुपमा अवस्थित हुनुहुन्छ | अनगन्ती जीवको हृदयमा अवस्थित अनगन्ती परमात्मामा कुनै अन्तर छैन | न कुनै भिन्नता छ...."

प्रभुपाद: उदाहरणको लागि, जस्तै आकाशमा एउटा सुर्य छ | तर यदि तपाईले पृथ्वीमा लाखौं पानीको भाँडा राख्नुहुन्छ, तपाईले हरेक पानीको भाँडामा सुर्यको प्रतिबिम्ब पाउनुहुन्छ | वा अर्को उदाहरण, मध्ये दिनमा तपाईले आफ्नो साथीलाई सोध्नुहोस्, दश हजार मील टाढा,"सुर्य कहाँ छ ?" उसले भन्नेछ,"मेरो टाउको माथि |" लाखौं-करोडौं मानिसले सुर्य आफ्नो टाउको माथि देख्नेछन् | तर सुर्य एक छ | र अर्को उदाहरण, पानीको भाँडा | सुर्य एक छ, तर लाखौं पानीका भाँडा छन्, तपाईले पाउनुहुनेछ कि हरेको भाँडामा सुर्य प्रतिबिम्बित छ | त्यसैगरी अनगन्ती जीव हुन सक्छन् | कुनै गन्ति छैन | जीवस्य असङ्ख्य​ | वैदिक भाषामा भनिएको छ कि जीवहरु, कुनै गन्ति छैन | अनगन्ती | त्यसैगरी विष्णु...... यदि सुर्य जस्तो भौतिक कुरा हरेक पानीको भाँडामा प्रतिबिम्बित हुन सक्छ, किन सर्वोच्च पुरुषोत्तम भगवान, विष्णु, हरेकको ह्रदयमा बस्न सक्नुहुन्न ? यो बुझ्न त्यति कठिन छैन | उहाँ बस्दै हुनुहुन्छ | त्यो वर्णित छ | र योगीले आफ्नो मन त्यस विष्णु रुपमा एकाग्र पार्नुपर्छ | यस विष्णु रुप कृष्णको स्वांश हुन् | त्यसैले जो कृष्ण भावनामा संग्लग्न छ, ऊ पहिल्यै देखि पूर्ण योगी छ | त्यसको व्याख्या हुनेछ | ऊ पूर्ण योगी हो | त्यो हामीले यस अध्यायको अन्तिम श्लोकमा व्याख्या गर्नेछौं | अघि बढ |

विष्णुजन: "त्यहाँ कुनै भिन्नता छैन जब एउटा कृष्ण भावनाभावित व्यक्ति सधैं कृष्णको दिव्य प्रेममय सेवामा संग्लग्न हुन्छ र एउटा पूर्ण योग्गी परमात्माको ध्यानमा हुन्छ |"

प्रभुपाद: कुनै भिन्नता छैन | एउटा योगी जो समाधिमा हुन्छ, विष्णु रुपसँग, र एक कृष्ण भावनाभावित व्यक्ति, कुनै भिन्नता छैन | अघि बढ |

विष्णुजन: "कृष्ण भावनाको योगी, ऊ विभिन्न गतिविधिहरुमा संग्लग्न भए पनि, भौतिक अस्तित्वमा रहँदा, सधैं कृष्णमा अवस्थित हुन्छ | सधैं कृष्ण भावनामा कार्यरत एक भगवानको भक्त स्वत: मुक्त हुन्छ |"

प्रभुपाद: त्यो हामीले यस भगवद गीतामा बाह्रौं अध्यायमा पाउनेछौं, कि जो...... मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते (भ गी १४|२६) | भनिएको छ कि जो मेरो अहैतुको भक्तिमय सेवामा संग्लग्न हुन्छ, उसले भौतिक प्रकृतिका गुणहरु पार गरिसकेको हुन्छ | ब्रह्म​-भूयाय कल्पते | ऊ ब्रह्मको स्तरमा हुन्छ- त्यो भनेको मुक्त | मुक्त हुनु भनेको ब्रह्म स्तरमा अवस्थित हुनु | तीन स्तरहरु छन् | शारीरिक वा इन्द्रियातित स्तर, मानसिक स्तर अनि अध्यात्मिक स्तर | त्यस अध्यात्मिक स्तरलाई ब्रह्म स्तर भनिन्छ | त्यसैले मुक्त हुनु भनेको ब्रह्म स्तरमा उठ्नु | बद्ध जीव, हामी वर्तमान समयमा जीवनको शारीरिक अवधारणा वा इन्द्रियातित स्तरमा छौं | जो थोरै माथि छन्, तिनीहरु मानसिक स्तरमा छन्, कल्पना गर्दै, दार्शनिकहरु | र यो स्तरभन्दा माथि ब्रह्म स्तर छ | तपाईले भगवद गीतामा बाह्रौं अद्याय वा चौधौं अध्यायमा पाउनुहुनेछ, कि जो कृष्ण भावानामा छ, ऊ पहिल्यै ब्रह्म स्तरमा छ | त्यो भनेको मुक्त | अघि बढ |

विष्णुजन: "नारद पञ्चरात्र​मा यसको पुष्टि यस प्रकारले भएको छ: 'आफ्नो ध्यानलाई कृष्णको दिव्य रुपमा एकाग्र गरेर, जो सर्वत्र हुनुहुन्छ र समय र आकाशभन्दा पर हुनुहुन्छ, एक मानिस कृष्णलाई सोच्नमा सुब्छ र तब उसले उहाँसँगको दिव्य सङ्गको खुसि अवस्था प्राप्त गर्छ |' कृष्ण भावना योग-अभ्यासको समाधिको उच्च स्तर हो | यो बुझाई, कि कृष्ण सबैको हृदयमा परमात्माको रुपमा अवस्थित हुनुहुन्छ, यसले योगीलाई निर्दोष बनाउँछ | वेदले भगवानको यस अचिन्त्य शक्तिको पुष्टि यसरी गर्छ: 'विष्णु एक हुनुहुन्छ र तब पनि उहाँ अवश्य सर्वत्र हुनुहुन्छ | उहाँको अचिन्त्य शक्तिले, आफ्नो एक रुप भए तापनि, उहाँ सर्वत्र उपस्थित हुनुहुन्छ | सुर्य जस्तै, उहाँ प्रकट हुनुहुन्छ...... सुर्य जस्तै उहाँ धेरै स्थानमा एकैचोटी प्रकट हुनुहुन्छ |'"

प्रभुपाद: हो, त्यो उदाहरण मैले पहिल्यै दिइसकें | जसरी सुर्य धेरै स्थानमा एकैचोटीमा उपस्थित हुन सक्छ, त्यसैगरी, विष्णु रुप वा कृष्ण सबैको हृदयमा उपस्थित हुन सक्नुहुन्छ | उहाँ वास्तवमा उपस्थित हुनुहुन्छ: ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन (भ गी १८|६१) | उहाँ बस्दै हुनुहुन्छ | केन्द्रीकरण पनि वर्णित छ | हृद्-देशे | हृद्-देशे भनेको हृदयमा | त्यसैले योगको एकाग्रता भनेको हृदयमा विष्णु कहाँ बस्दै हुनुहुन्छ भनेर भेटाउनु हो | त्यहाँ हुनुहुन्छ | अघि बढ |