NE/Prabhupada 0697 - कृपया मलाई हजुरको सेवामा संग्लग्न गराउनुहोस्, त्यति हो । माग यस्तो हुनुपर्छ



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969

प्रभुपाद: हँ | भक्त: जब हामी श्री कृष्ण चैतन्य भजन गाउँछौं, हामी भन्दैछौं कि "भज श्री कृष्ण चैतन्य" | हामी भज भन्छौं, त्यसैले.........

प्रभुपाद: भज, हो | भज भनेको सेवामा संग्लग्न हुनु | त्यो भनेको, आराधना स्वत: यहाँ आउँछ | जब तिमी सेवामा संग्लग्न हुन्छु, आराधन पहिल्यै त्यहाँ छ |

भक्त: (अस्पष्ट)

प्रभुपाद: हँ ?

भक्त: उद्देश्य यो जो कि यसमा आराधना गर्दा, भक्तमा निर्देशनको लागि ?

प्रभुपाद: हो | त्यो एकमात्र लक्ष्य हुनुपर्छ | हाम्रो उद्देश्य कृष्णसँग छ....... चैतन्य महाप्रभुले हामीलाई सिकाउनुभएको छ, कि जब तिमी प्रार्थना गर्छु, तिमीले केहि भौतिकको लागि माग्नुहुँदैन | चैतन्य महाप्रभुले यस प्रकारले प्रार्थना गर्नुहुन्थ्यो: न धनं न जनं न सुन्दरीं कवितां वा जगद्-ईश कामये (चै च अन्त्य २०|२९, शिक्षाअष्टक ४) "मेरो प्रिय प्रभु," जगदीश | जगत् भनेको ब्रह्माण्ड र ईश भनेको नियन्त्रक | त्यसैले ब्रह्माण्डका नियन्त्रक, जगदीश | कृष्ण वा राम भन्नु बहाना...... यो कुनै पनि सामान्य मानिसले बुझ्न सक्छ | कि किनकि त्यहाँ कुनै नियन्त्रक हुनुपर्छ, उहाँ जगदीश हुनुहुन्छ | सम्पूर्ण ब्रह्माण्डका नियन्त्रक | त्यसैले उहाँ भन्दै हुनुहुन्छ,"मेरा प्रिय ब्रह्माण्डका नियन्त्रक," वा भगवान | न धनं न जनं न सुन्दरीं न कवितां वा जगद्-ईश कामये | "म हजुरसँग कुनै मात्रामा धन माग्दिनँ, वा कुनिया संख्यामा अनुयायी, वा कुनै सुन्दर पत्नी |" यी भौतिक माग हुन् | साधारणतया यस भौतिक जगतमा मानिस धेरै ठुलो नेता बन्न चाहन्छन् | कोहि फोर्ड वा रकरफेलर जस्तै धेरै धनि मानिस बन्ने प्रयासमा छ, कोहि राष्ट्रपति बन्ने प्रयासमा छ, कोहि यस्तो-यस्तो बन्ने प्रयासमा छ, धेरै राम्रो नेता बन्ने ताकी हजारौं मानिस अनुयायी बनुन् | यी भौतिक माग हुन् | "मलाई केहि पैसा देउ, मलाई केहि अनुयायी देउ, र मलाई सुन्दर पत्नी देउ," त्यति हो | तर चैतन्य महाप्रभु अस्विकार गर्नुहुन्छ | उहाँ भन्नुहुन्छ "म यी सब कुराहरु चाहन्नँ |" न जनं न धनम् | धनम् भनेको धन र जनम् भनेको अनुयायी | न सुन्दरीं कविताम्,"वा सुन्दर पत्नी |" तब तपाई केको लागि आराधना गर्नुहुन्छ ? तपाई केको लागि भक्त बन्दै हुनुहुन्छ ? उहाँ भन्नुहुन्छ मम जन्मनि जन्मनीश्वरे (चै च अन्त्य २०|२९) | उहाँले मुक्ति पनि माग्नुहुँदैन | किनकि योगीहरु, तिनीहरु मुक्ति चाहन्छन्, तिनीहरुको माग हुन्छ | भौतिकवादीहरु, तिनीहरुको पनि माग हुन्छ,"मलाई यो चाहियो, मलाई त्यो चाहियो, मलाई त्यो चाहियो |" तथाकथित अध्यात्मवादीहरु, तिनीहरु पनि मुक्तिको माग गर्छन् | त्यो पनि माग हो | तर चैतन्य महाप्रभुले भन्नुहुन्छ कि "मलाई यस प्रकृतिको केहि चाहिंदैन | म केवल हजुरको सेवामा संग्लग्न हुन चाहन्छु |" जन्मनि जन्मनि- जन्म-जन्मान्तर | त्यो भनेको, उहाँले यो पनि भन्नुहुँदैन कि "मेरो जन्म-मृत्युको रोग रोकिदिनुहोस् |" यो भक्ति योगको स्तर हो | कुनै माग हुँदैन | केवल एकमात्र प्रार्थना यो हुन्छ कि हजुर मलाई आफ्नो सेवामा संग्लग्न गराउनुहोस् | (विराम) त्यसैले हाम्रो, हरे कृष्ण जप पनि उही कुरा हो | यो पनि चैतन्य महाप्रभुले सिकाउनुभएको छ | हरे भनो भगवानको शक्तिलाई पुकार्नु; र कृष्ण, भगवान; राम; भगवान | किन ? कृपया मलाई आफ्नो सेवामा संगग्न गराउनुहोस्, त्यति हो | त्यो माग हुनुपर्छ | कृपया मलाई आफ्नो सेवामा संग्लग्न गराउनुहोस् | किनकि सम्पूर्ण रोग यो छ कि हामीले भगवानलाई सेवा गर्न बिर्सिएका छौं | किनकि हामी सोच्दैछौं,"म भगवान हुँ | अरु कुन भगवानलाई मैले सेवा गर्नुपर्यो ? म आफैं भगवान हुँ |" त्यो केवल रोग हो | अन्तिम जाल | सर्वप्रथम म राष्ट्रपति, मन्त्र, रकरफेलर, फोर्ड, यो, त्यो बन्न चाहन्छु, जब म असफल हुन्छु, तब म भगवान बन्न चाहन्छु | त्यो अर्को राष्ट्रपति हो, तिमी देख्छौ ? त्यसैले भक्ति योगमा त्यस्तो कुनै माग हुँदैन | केवल सेवा गर्ने | जब असम्पूर्ण स्वामित्व असफल हुन्छ, तब म सर्वोच्च स्वामित्वको माग गर्छु, भगवान बन्ने | तिमी देख्छौ ? माग त्यहाँ हुन्छ, रोग त्यहाँ हुन्छ | तिनीहरु सक्दैनन्, उनीहरुलाई थाहा छैन कि, कि मेरो रोग अझ पनि त्यहाँ छ | म सर्वोच्च बन्ने माग गर्दैछु | तर भक्ति योग ठिक उल्टो हो | दास बन्ने | दासको पनि दास | (चै च मध्य १३|८०) | ठिक उल्टो | भगवान वा राष्ट्रपति वा यो बन्ने कुनै माग छैन | म सेवा गर्न चाहन्छु, त्यति हो | र त्यो महत्वपूर्ण परिक्षा हो | सेवा मौलिक प्रकृति हो | अब, यस भौतिक जगतमा पनि तिमी सेवा गर्दैछौ | यदि तिमी राष्ट्रपति बन्न चाहन्छौ, तब तिमीले धेरै मतदातासँग वाचा गर्नुपर्छ कि "मैले तिमीलाई सेवा दिनेछु |" सेवाको वाचा बिना, राष्ट्रपति बन्ने कुनै प्रश्न छैन | त्यसैले वास्तवमा मेरो स्थिति सेवा गर्नु छ | कि म राष्ट्रपति बन्छु वा मन्त्रि वा यो वा त्यो | त्यो उनीहरु बुझ्न सक्दैनन् | म सर्वोच्च कार्यकारी व्यक्ति, राष्ट्रपति बने पनि- ओहो, मैले मेरा जनतालाई सेवा दिनुपर्छ, अन्यथा तत्काल उनीहरुले मलाई सत्ताबाट निकाल्नेछन् | तसर्थ मेरो वास्तविक स्थिति सेवा गर्नु हो | तर यहाँको सेवा यति खतरनाक छ - यदि सेवामा थोरै तृती हुन्छ, त्यस राष्ट्रपतिलाई तात्का बर्खास्त गरिन्छ | किनकि तपाईको राष्ट्रपति श्रीमान केनेडीलाई बर्खास्त गरियो ? किनकि कोहि मानिसले रुचायेनन कि उनले राम्रो सेवा गरे | त्यो मूल तथ्य हो | त्यसैले तपाईले यहाँ सेवाद्वारा सन्तुष्ट पार्न सक्नुहुन्न | भारतमा हाम्रा गान्धी, उनलाई पनि मारियो | उनले आफ्नो जीवनभरि सेवा गरे, तर त्यस समयका मानिसले उनलाई रुचाएनन् | "ओहो, तिमीले त्यस्तो सेवा गरेका छैनौ |" त्यसैले यो स्थिति छ | तसर्थ एक मासी थाहा पाउन बुद्धिमान हुनुपर्छ कि यी भौतिक लक्ष्यको लागि कुनै अरु सेवा नगर्ने | मैले भगवानको सेवा गर्नुपर्छ | त्यो जीवनको पूर्णता हो |