NE/Prabhupada 0701 -यदि आध्यात्मिक गुरुप्रति तिम्रो स्नेह छ भने यहि जीवनमा आफ्नो कर्तव्य सम्पन्न गर



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


प्रभुपाद : हो?

तमलकृष्ण : प्रभुपाद, मैले सुनेको, अध्यात्मिक गुरु सधैं फर्कनु हुन्छ जबसम्म उहाँको शिष्यहरुले कृष्ण चेतना प्राप्त गर्दैनन् | यस बारेमा वर्णन गर्दिनुहोस् न ?

प्रभुपाद : हो | तर त्यसबाट फाइदा लिन नखोज|(हाँसो) आफ्नो अध्यात्मिक गुरुलाई त्यसरी पिडा दिन नखोज| यहि जीवनमा पूर्णता प्राप्त गर| त्यो तिनीहरुको लागी हो जो तल गिर्छन्| उहाँको भक्त, शिष्यहरु गुरुसेवामा गम्भिर हुनुपर्छ| यदि ऊ बुद्धिमान छ भने उसलाई थाहा हुनु पर्छ कि "म किन यस्तो व्यवहार गर्दैछु भनेर कि मेरो लागि मेरो गुरुले पिडा सामना गर्नुपर्छ भनेर? मेरो येही जीवनमा कर्तव्य सिद्दीयोस|" त्यो नै सहि तरिका हो सोच्न को लागि| यो हैन कि,"ल म बिस्वस्त छु कि मेरो गुरु ले मलाई आएर बचाउनुहुन्छ अनि म चैं पाप कर्म गरिरहुँ "यो हैन| यदि तिमिहरुको आफ्नो गुरुप्रति केहि भाव छ भने तिमीहरुले येही जीवनमा पूर्णता प्राप्त गर्नुपर्छ| ठिक छ? धेरै अनआवश्यक फाइदा लिन खोज्नु राम्रो हैन | बरु पूर्णता प्राप्त गर्नको लागि गम्भिर होऊ. बिल्वामंगला ठाकुरको एक प्रसङ्ग छ| बिल्वामंगला ठाकुर पुर्वजन्ममा, प्रेमभाक्ति स्तरसम्म हुनुहुन्थ्यो, भक्तिको सबैभन्दा माथिल्लो स्तर| तर त्यहाँ सधैं तल गिर्ने खतरा हुन्छ| त्येसैले ऊ पनि तल गिर्यो | र अर्को जन्ममा ऊ एउटा धनि परिवारमा जन्मियो| भागवद गीता: शुचीनां श्रीमतां गेहे (भा.गी ६|४१) ऊ एउटा धनि ब्राह्मणको परिवारमा जन्मियो| तर ऊ स्त्रीजाती प्रति निकै आकर्सिक हुन पुग्यो| उसको गुरुले उसलाई उसको गुण आनुसार बाटो देखाईदिनुभयो| त्यतिनै बेला उसको गुरुले उसलाई भन्नुभयो, " तिमी त यो मासु र हड्डी को शरीर संग सार्है सम्बन्ध राख्छौ यदि तिमी कृष्णसंग यस्तो सम्बन्ध राखेको भए कति राम्रो हुनेथियो| उत्तिनैखेर उसले त्यो अवस्था प्राप्त गर्यो | त्यो कर्तव्य गुरु को हो | त्यसैले हामीले त्यसबाट फाइदा लिन खोज्नु हुदैन| त्यो राम्रो होइन| हामीले प्रयास गर्नुपर्छ: यस्य प्रसादाद् भगवत्-प्रसादः हामीले आफ्नो गुरुलाई त्यो अवस्थामा राख्नु हुदैन कि मलाई उँहाले वेश्यालयबाट जोगाउनुहुन्छ भनेर| तर गुरुले त्यो गर्नुपर्छ| किनकि उँहाले शिष्य स्वीकार गरिसक्नुभयो, र त्यो उँहाको कर्तब्य हो |