NE/Prabhupada 0704 - हरे कृष्ण जप र सुन्नको लागि यो उपकरण (कान)को प्रयोग गर



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


प्रभुपाद: हो?

बिष्णुजन: प्रभुपाद? यो भौतिक संसारमा शक्तिहरु नाप्न धेरै औजारहरु छन् | मान्छेले कसरि नप्छ, कस्तो औजार हो, कसरि बनाउँछन्, अध्यात्मिक शक्ति नाप्नको लागि ?

प्रभुपाद: भौतिक शक्ति भनेको... तपाइको प्रश्न, जस्तै शक्ति र बिजुली?

बिष्णुजन: त्यो भौतिक शक्तिलाई नाप्न केहि वस्तु चाहिंन्छ? कृष्णको शक्ति नाप्नको लागि के छ ?

प्रभुपाद: तिमीसंग कस्तो औजार छ ? यो मृदंगा र कर्ताल ? मात्र बजाउ | यो एकदम सजिलो औजार हो | यो औजार भनेको तिम्रो जिब्रो पनि हो | हरे कृष्ण महामंत्र जप गर | तिमीसंग छ यो, सबैसंग छ यो, तिमीले यो मन्त्र खरिद गर्नुपर्दैन | अर्को औजार भनेको तिम्रो कान हो | यो महामंत्र राम्रोसंग सुन | तिमीले सबै औजार पाइसकेका छौ | तिमीले यो कोसैसंग किन्नुपर्ने अथवा माग्नुपर्ने जरुरत छैन | तिमीले जिब्रो पाएका छौ र कान पाएका छौ | हरे कृष्ण जप गर र सुन | सक्यो | सबै सिद्दी येही हो | तिमी कुनै पढेलेखेको बिध्वान हुनुपर्छ भन्ने छैन | मात्र हरे कृष्ण महामंत्र को जप गर | सबै थोक त्यहि छ | सबैले यत्ति गर्न त सक्छन् | यसको लागि तिमीले कुनै पैसा तिरिरख्नु पर्दैन | बिजुलीको पैसा तिरे जस्तो | तर यहाँ तिमीले सबै कुरा पूर्ण रुपमा पाउछौ | पूर्णम् इदं पूर्णम् अदः (श्री ईशोपनिषद्, मंगलाचरण) भगवानले सृष्टि गर्नुभएको कुरा एकदम पूर्ण छ | तिमी यो पृथ्वी हेर्न सक्छौ | यो पूर्ण छ | त्यहाँ चाहिएजति पानी छ समुन्द्रमा | सुर्यले ताप पनि वाफ भएर बादल बनेको छ | अनि त्यसपछि त्यो बादल बर्षा भएर उब्जनी हुन्छ | अनि त्यसपछि खोला नाला बग्दछ | अनि तिमीले घरको ट्यांकीमा पानी भर्न पाउछौ | अनि अग्ला अग्ला हिमालमा पानी जम्मा हुन्छ अनि वर्ष भरि खोला नाला बगेर हामीलाई पानी प्रदान गर्छ | तिमी यत्ति नि देख्दैनौ कि कस्तो राम्रो बुद्धि लगाको छ भनेर ?के तिमी येसरी सयौं थोपा पानी पार्न सक्छौ ? यदि तिमीलाई सयौं ग्यालिन पानी पार्नु पर्यो भने धेरै यान्त्रिक शक्ति आवश्यक पर्छ| अनि यता हेर | लाखौ थोपा पानी एकैछिनमा समुन्द्रदेखी आकाशतिर जान्छन अनि बादल बन्छन्, एकदम हलुका बादल बन्छन् | बुज्यौ? ट्यांक जस्तो बन्नुपर्दैन | अनि त्यो सबै पहाडमा जम्मा हुन्छ, अनि जमिनभरि पर्छ | तिमीलाई अन्न, सागपात उब्जनी गर्न पानी चाहिन्छ | अनि सबै कुरा त्यहाँ छ | पूर्णम् इदं पूर्णम् अदः (श्री ईशोपनिषद्, मंगलाचरण) किनकि यो सबै एक बुद्धिमानी बनाएको हो, सबै कुरा पूर्ण छ | त्यसैगरी अध्यात्मिक चेतनाको लागि तिम्रो शरिर पूर्ण छ | तिमीले बाहिर केहि खोजिराख्नु पर्दैन | यो योगाको तरिका भनेको पूर्णता बुज्नको लागि हो | सबै कुरा पूर्ण छ | तिम्रो खान्की पूर्ण छ, तिम्रो लागि सबै वेवस्था पूर्ण छ, तिम्रो मानव शरिर पूर्ण छ| यत्ति मात्र हो कि तिमी यी कुराहरुलाई उचित प्रयोग गर्न खोज अनि सबै कुराबाट मुक्त होऊ | शब्द, वेदान्त शुत्र, मात्र मन्त्र उच्चारणद्वारा तिमीले मुक्ति पाउन सक्छौ | यो शब्द -शब्द भनेको आवाज हो | शब्द | बुज्यौ तिमीले ? त्यसैले यो यन्त्र सबैसंग छ | मात्र प्रयोग गर| यो सजिलो तरिका | हरे कृष्ण महा मन्त्र जप गर अनि त्यो सुन | त्यत्ति हो| हुन्छ |