NE/Prabhupada 0717 - मेरा पिता एक भक्त हुनुहुन्थ्यो, र उहाँले हामीलाई प्रशिक्षण दिनुभयो



Room Conversation -- January 26, 1975, Hong Kong


प्रभुपाद: त्यसैले तिम्रो जीवनको सुरुवातबाटनै, प्रलाह्द महाराजले गर्नुभएको जस्तै कौमार आचरेत् प्राज्ञो धर्मान् भागवतान् इह (श्री भा ७|६|१)| उँहा पाँच वर्षको हुँदा, बच्चा देखि नै उँहा कृष्ण को भक्त हुनुन्थ्यो, अनि उँहा कृष्णचेतना आफ्नो साथीहरुलाई सिकाउनुहुन्थ्यो | प्रहलाद महाराज , आफ्नो विद्यालयमा, साना साना केटाकेटीलाई कृष्ण भावना सिकाउनु हुन्थ्यो | त्यसैले यो बुझ्न, महाजनो येन गतः स पन्थाः (चै च १७|१८६)| ठूला ठूला व्यक्तित्त्व को पदचिन्हमा हिड्ने प्रयाश गर्नुपर्छ, जस्तै प्रह्लाद महाराज, धुर्वमहाराज | तिनीहरु बच्चा थिए; तैपनि उनीहरु महान भक्त भए | त्यहाँ आरु पनि छन् | जस्तै कुमारहरु, तिनीहरुनि महान भक्त छन् | तर निश्चयनै केहि प्रयाश त अवश्य गर्नुनै पर्छ | प्रह्लाद महाराजको पिता एक नम्बरको राक्षस र नास्तिक थिए | तैपनि, प्रह्लाद महाराजले आफ्नो आमाको गर्वमा हुँदा नारदमुनिजी बाट सुन्ने मौका पाउनभाकोथ्यो | नारादमुनिजी प्रह्लाद महाराजको आमालाई ज्ञान दिदै हुनुन्थ्यो, तर प्रह्लाद महाराजले आफ्नो आमाको गर्वबाट सबै ज्ञान लिसक्नु भएको थियो त्यसैले आफ्नो आमाको गर्वबाट बाहिर आउन नपाउदै उँहाले सबै भागवतको ज्ञान पैसक्नुभएकोथ्यो | त्यसैले जीवनको सुरुवात देखिनै उँहा भागवत हुनुन्थ्यो, भक्त हुनुन्थ्यो | त्यसैले हामीले प्रह्लाद महाराज, धुर्वमहाराजको वाटो अपनाउनु पर्छ | तर निश्चय नै, घरपरिवारको सहयोग त चाहिन्छ | नत्र यदि हामीले यो भागवत धर्म अथवा भक्ति योगा जीवनको सुरुवातवाट गर्यौ भने, जीवन सिद्ध हुन्छ | भाग्यवश, हामीले यो भागवद धर्म बच्चैदेखि सिक्ने मौका पाएका छौँ | मेरो बुबा भक्त हुनुन्थ्यो, अ उँहाले हामीलाई सिकाउनु भयो | त्यसैले यो सबैको कर्तब्य हो कि आफ्नो छोराछोरीलाई भागवत धर्म सिकाउने | अनि मात्र जीवन सार्थक हुन्छ | नत्र केहि अर्थ हुदैन | नत्र त्यहाँ तल झर्ने सम्भावना हुन्छ | तल झर्ने भनेको जीवनको अर्थ भनेको अध्यात्मिक स्तर सम्म पुग्ने हो | यदि हामीले त्यो गरेनौ भने, हामी फेरी पशुयोनीमा जानु पर्छ | त्यहाँ कति प्रजातिको जीव छन् | तिमीले तिम्रो अगाडी नि देख्न सक्छौ | कोहि कुकुर बिरालो नि हुनसक्छ| त्यहाँ अदभुत बिज्ञान छ | तर मानिसलाई ज्ञान नै छैन | न त कुनै विद्यालय, कलेजमा यो कुरा सिकाइन्छ | न त ति शिक्षकहरुलाई नै थाहा छ| तिनीहरुलाई नै थाहा छैन | त्यसैले जत्तिसम्म सक्छौ कृष्णतत्व बुज्न कोसिस गर | र हरे कृष्ण महामंत्र जप गर, जस्तो सुकै अवस्थामा पनि | मलाई लाग्छ तिमीसंग पर्याप्त समय छ | त्यो हाम्रो सुझाब हो | हामी सारा संसारभरि प्रचार गरीरहेका छौँ |