NE/Prabhupada 0721 - तपाईले भगवानको बारेमा कल्पना गर्न सक्नुहुन्न । यो मूर्खता हो



Arrival Address -- Los Angeles, February 9, 1975


अरु कुनै बिधि बाट तपाईले कृष्णलाई बुझ्न सक्नु हुन्न-ज्ञान वा योग, तपस्याबाट, कर्मबाट, यज्ञबाट, दानबाट| तिमीले बुझ्न सक्दैनौ | केवल कृष्ण भन्नुहुन्छ, भक्त्या माम अभिजानाति | यदि तिमी कृष्णलाई जान्न चाहन्छौ भने, तिमीले यो प्रक्रियालाई अँगाल्नु पर्छ | धेरै सजिलो प्रक्रिया, मन्-मना भव मद्-भक्तो मद्-याजी माम नमस्कुरु ( भ गी १८|६५): सधै मेरोबारे मा सोच, मेरो भक्त बन, मलाई पुजा गर अनि मलाई षाष्टाङ्ग दण्डवत गर | " चार कुरा | त्यो यहाँ छ| हरे कृष्ण जप गर , तेले कृष्णको स्मरण गरौछ, मन - मन | अनि जब सम्म तिमी भक्त हुदैनौ तिमीले आफ्नो समय त्यस प्रकारले प्रयोग गर्न सक्दैनौ | र जब तिमी हरे कृष्ण महामंत्र जप गर्छौ, तिमी स्वत: भक्त बन्नेछौ| र तिमी अर्चाविग्रहको सेवा गर्छौ | जब सम्म तिमी भक्त हुदैनौ, तिमीले कृष्णलै पुज्न सक्दैनौ| नास्तिकहरु भने गर्छन,"उनि हरुले कुनै मुर्तिलाई पुज्दै छन् |" होइन, त्यो सत्य होइन | तिनीहरु लै थाहा छैनकी उहा कृष्ण स्वयम् हुनुहुन्छ | उहाले भक्तहरु को सेवा स्वीकार गर्नुहुन्छ | यस्तो तरिकाले कि हामीले उहाको सेवा गर्न सक्छौ | यदि कृष्णले तिमीलाई उहाको विराट रुप देखाउनु भयो भने, तिमीले उहालाई सेवा गर्न सक्दैनौ| तिमीले विराट रुपको लागी लुगा कहाँबाट ल्याउछौ? यो दुनिया भरको कपडा उध्योग पनि केहि गर्न सक्दैन | त्यसैले कृष्णले आफ्नो चार फूट सानो विग्रहको रुप धारण गर्नु भएको छ| कि तिमीले कृष्णको लुगा आफै बनाउन सक | तिमी आफैले कृष्णलाई राख्न सक | त्यो कृष्णको कृपा हो | त्यसैले यो वर्जित गरिएको छ, अर्च्ये विष्णु शिला-धीह् ( पदावली ११५)| यदि कोहि दुस्ट सोच्छकी विष्णुको रूप एक ढुंगा, एक काठ ; वैस्नावे जाति-बुद्धिह, भक्तलाई कुनै विशेस राष्ट्र, जात सम्बन्दित मानिन्छ - यिनीहरु नरकी - बुद्धि हुन् | ( विराम) | यो गर्न हुदैन| यो एउटा तथ्य हो कि कृष्ण यहाँ हुनुहुन्छ | कृपा गरेर, मलाई एहसान गर्नुहोस, उहा यो रुपमा आउनु भयो| तर उहा कृष्ण हुनुहुन्छ, कुनै ढुंगा होइन | यदि त्यो एक ढुंगा भए पनि, त्यो पनि कृष्ण हुनुहुन्छ, किनकि त्यहाँ कृष्ण बाहेक केहि नि छैन | कृष्ण बिना त्यहाँ कुनै अस्तित्व नै रहदैन | सर्वम खल्व इदम ब्रह्म ( छन्दोग्य उपनिषद् ३|१४|१)| त कृष्णसँग आफ्नो ढुंगाको आकारमा पनि शक्ति छ | उहाले तिम्रो सेवा स्वीकार गर्नु हुन्छ | उहा कृष्ण हुनुहुन्छ| त तिमीले यो कुरा बुझ्नु पर्छ कृष्ण भनेको के हो | यतिको योग्यताले तिमीलाई मुक्तहुन मद्धत गर्छ | जन्म कर्म मे दिव्यम यो जानाती तत्त्वतः त्यक्त्व देहम पुनर् जन्म नैति माम यति कौन्तेया ( भा गी ४|९) यो सबै यहाँ उन्लेख छ | त कृष्णलाई केवल भक्तिमय सेवाले मात्रै बुझ्न सकिन्छ, अरु कुनै तरिकाबाट होइन| तिमीले कल्पना गर्न सक्नु हुन्न, " कृष्ण यस्तो हुनुहुन्छ होला |" मायावादीहरु जस्तै, उनीहरु कल्पना गर्छन् | कल्पनाले तिमीलाई मद्धत गर्दैन | तिमीले भगवानलाई कल्पना गर्न सक्नु हुन्न | त्यो एक मुर्खता हो | भगवान तिम्रो कल्पनाको अधीनमा हुनुहुन्न | तब उहा भगवान हुनुहुन्न | उहा किन तिम्रो कल्पनाको अधिनमा हुनु? त ये कुराहरु राम्ररी बुझ्नु पर्छ, अनि जब एक शुद् भक्त हुन्छ उसले राम्ररी बुझ्न सक्छ, नभए सक्दैन| नाहम प्रकसः सर्वस्य-योग-माया-समव्र्तः ( भा गी ७|२५): "म सबैलाई प्रकाशित हुदैन"| किन उहा सबैको लागि प्रकाशित हुनु ? जब उहा तपाई सँग सन्तुष्ट हुनुहुन्छ, तब उहा तपाई सामु प्रकट हुनुहुन्छ | शेवोन्मुखे हि जिह्वाद्औ स्वयम एव स्फुरत्य अदह् (भ र सी १|२|२३४)| तिमीले सुर्यलै तत्काल प्रकट हुन भन्न सक्दैनौ | जब उहा सन्तुष्ट हुनुहुन्छ, तब उहा बिहान प्रकट हुनुहुन्छ| त्यसरी नै तिमीले कृष्णलाई पनि सन्तुष्ट बनाउनु पर्छ तसर्थ उहा प्रकट हुनुहोस | अनि सँग उहा बोल्न सक्नुहुन्छ र तिमीलाई आशिर्वाद दिनुहुन्छ |

धेरै धेरै धन्यवाद |

भक्त : जय ! कृष्ण कृपा मुर्ति श्रील प्रभुपद की जय!