NE/Prabhupada 0738 - कृष्ण र बलराम पुनः चैतन्य र नित्यानन्दको रुपमा अवतरित हुनुभएको छ



Lecture on CC Adi-lila 1.2 -- Mayapur, March 26, 1975


त्यसैले यहाँ कृष्ण चैतन्य र नित्यानन्द, उँहाहरुको परिचय भनेको भगवान कृष्ण र बलरामहो | अब, कृष्ण अवतारमा, यी दुइ दाजुभाई ग्वालवाल जसरि प्रस्तुत थिए अनि गोपिहरुको साथी, यशोदा मैया र नन्द महाराजको छोरा | यो वृन्दवनको वास्तविक जीवन हो | कृष्ण र वलराम, उनीहरु गाउँको ग्वाल्वालहरु हुन् | त्यो कृष्ण बलरामको सानो उमेरको लिला हो | अनि उँहाहरुको अर्को कुरा भनेको, जब उँहाहरु मथुरा जानुभयो | उँहाहरुले कंश र लडाकुहरुलाई मार्नु भयो र फेरी, उँहाहरु द्वारका गएर धेरै दानवहरुलाई मार्नु पर्थ्यो | तर उँहाहरुको वाल्यपन जीवन, सोह्र वर्ष सम्म, उँहाहरु वृन्दावनमै हुनुन्थ्यो , खुसीको जीवन, प्रेममय | त्यो हो परित्राणाय साधूनां (भा गि ४|८)| साधुहरु, भक्तहरु, उनीहरु सधैं कृष्ण र बलराम अनि उँहाको पार्षद हेर्न लालायित हुन्छन् | उँहाहरु सधैं विरहको पिडामा हुनुहुन्थ्यो | उँहाहरुलाई जीवनको उद्द्वार को लागि, कृष्ण बलरामले आफ्नो बच्पनको लिला वृन्दावनमा बिताउनु भयो | र वृन्दावनबाट, मथुरा हुँदै द्वारका र आरु ठाउँहरु, त्यो चै विनाशाय च दुष्कृताम् गर्नको लागि, मार्नको लागि | त्यसैले उँहाहरुको दुइटा व्यापार थियो | एउटा चाहिँ भक्तको रक्षा र अर्को चै दानवहरुको वद गर्नको लागि | निश्चय नै, कृष्ण र बलराम, उँहाहरु परम सत्य हुनुहुन्छ | त्यहाँ प्रेम र हत्या केहि अन्तर छैन | तिनीहरु.. सत्य | जो मारिए, तिमीले बुज्यौ, तिनीहरु पनि यो भौतिक संजालबाट मुक्ति पाए | र ति दुइ दाजुभाई फेरी अवतरित भएका छन्, श्री कृष्ण चैतन्य र नित्यानन्दको रुपमा | सअहोदित्औ: एक पछि अर्को गरेर, उनीहरु देखा परे | यो हैन कि, एउटा आएर आर्को नआएको | हैन | उँहाहरु दुबैजना, सहोदित्औ | र उनिहरुलाई सुर्य र चंद्रमा संग तुलना गरिएको छ | सुर्य र चन्द्रमाको कर्तब्य भनेको अँध्यारो हटाउने हो | सुर्य दिउँसो लाग्छ, र चन्द्रमा रातमा लाग्छ | तर यो सुर्य चन्द्र, यति राम्रो चन्द्र र सुर्य, चित्र्औ, उनीहरु संगै देखापरे | तर उनीहरुको काम एउटै छ, तमो-नुद्औ | काम भनेको अँध्यारोलाई हटाउनु हो, किनकि हामी अँध्यारोमा छौँ | हामी, जो पनि यो भौतिक संसारमा छन्, ऊ अन्धकारमा छ | अँध्यारो भनेको लापरवाही, ज्ञान नभएको | तिनीहरु प्राय पशु हुन् | "किन तिनीहरु पशु हुन्, एकदम सभ्य मनिस, एकदम राम्रोसंग सुसज्जित भएका र विश्वविध्यालय स्तरको पढाई भएका ? तिनीहरु किन अँध्यारोमा छन् ?" हो, तिनीहरु अँध्यारोमा छन् | " के छ प्रमाण ?" प्रमाण यो हो कि तिनीहरु कृष्णभावनामृत छैन | यो हो प्रमाण | त्यो हो तिनीहरुको अन्ध्यरोपन | जोसलाई सोध, एक एक गरेर, त्यो.. सोध, तिनीहरुलाई, के थाहा छ कृष्णको बारेमा | सबैजाना लापरबाही छन्, अँध्यारो | त्यसैले त्यहि हो प्रमाण | यो कसरी प्रमाण भयो ? अब कृष्ण भन्नुहुन्छ | हामीले भनेको हैनौं: कृष्ण भन्नु हुन्छ | उँहा कसरी भन्नुहुन्छ | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः, माययापहृत​-ज्ञाना (भा गि ७|१५)| आपहृत​-ज्ञाना भनेको अन्धकार हो | तिनीहरुले विश्वविद्यालयको प्रमाण पत्र पाए पनि, तिनीहरु सभ्य कहलिन्छन्, र भौतिक तरिकाले प्रगति भएको देखिन्छन् | तर माययापहृत​-ज्ञाना | तिनीहरुको प्रमाण पत्र ... किनकि तिनीहरु कृष्ण को हो भनेर राम्रोसंग जान्दैनन् | र कृष्णको शरण पर्दैनन्, जुन कुरा कृष्ण आफैले घोसना गर्नुहुन्छ | सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​... (भा गी १८|६६)| किनकि यी धुर्त र मुर्खहरु, तिनीहरु अँध्यारोमा छन्- तिनीहरुलाई थाहा छैन कि जीवनको उदश्य क हो भनेर - कृष्ण एकदम दयामय हुनुहुन्छ कि, उँहा भन्दै हुनुहुन्छ कि | सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​ | यो हो सिद्धान्त | तर तिनीहरु अझसम्म पनि सुरु गर्दैनन् | किन ? नराधमाः किनकि मानवजातिमा सबैभन्दा तल्लो स्तरको,नराधमा | तिनीहरु कसरी नराधमा भए ? अहिले,दुष्कृतिन​,सधैं पापमय कार्य गरिरहने | पापमय जीवन भनेको क हो ? अवैध स्त्रिसंग, मंशाहार, नशा सेवन र जुवावाडी | किनकि तिनीहरु येस्तै कुरामा आशक्त छन्, दुष्कृतिन र नराधम​, जो मानव जातिको सबैभन्दा तल्लो स्तरको हो | र ज पनि ज्ञान तिनीहरु पाईरहेका छन्, तथाकथित शिक्षा, त्यो मिथ्य ज्ञान हो, माययापहृत​-ज्ञाना | यस्तो छ अवस्था |