NE/Prabhupada 0747 - द्रौपदीले प्रार्थना गरिन्, "कृष्ण, यदि हजुर चाहनुहुन्छ भने मलाई बचाउन सक्नुहुन्छ"



Lecture on SB 1.8.24 -- Los Angeles, April 16, 1973


त कर्ण द्रौपदीको स्वयमंवर​मा अपमानित भए | स्वयमंवर​मा ......स्वयमंवर​ भनेको ठुला ठुला राजकुमारीहरु ले, धेरै नै योग्य राजकुमारी, उनीहरुले आफ्नो पति आफै छनोट गर्थे | जसरी तिम्रो देशमा, पतिको छनोट कन्या आफैले गर्छन् | यो साधारण व्यक्तिका लागी राम्रो होइन, तर जो असाधारण छन् उनीहरुलाई मात्रै हो | धेरै नै योग्यका लागी मात्रै हो, जसलाई चयन गर्न आउँछ, त्यस्ता कन्याहरुलाई सुविधा दिईएको थियो, धेरै कड़ा शर्त मा | जसरी द्रौपदीका बुवाले त्यो शर्त राख्नु भयो - छानामा माछा थियो, र एक जसले त्यो माछाको आँखामा छेडछ, नहेरिकन, तर त्यसको पानीमा त्यस्तो आकार हेरेर | त्यहाँ धेरै राजकुमार हरु थिए | र जब त्यहाँ त्यो घोसणा भयो, सबै राजकुमारहरु सामना गर्न आए | त्यो क्षत्रिय​ सिद्धान्त हो | त त्यो स्वयमंवरमा कर्ण पनि सामेल थियो | द्रौपदीलाई थाहा थियो.......द्रौपदीको उदेश्य अर्जुनलाई आफ्नो पति स्वीकार गर्नु थियो | तर उनीलाई त्यहाँ कर्ण छ भनेर थाहा थियो | यदि कर्णले त्यो कार्य गर्यो भने अर्जुन विजयी हुन सक्दैन थियो | त्यसैले उनीले " यो प्रियोगीतामा केवल क्षत्रियहरु मात्रै सामेल हुन सक्छन्" भनेर भनिन् | त्यो भनेको, कर्णलाई त्यो समयमा ऊ क्षत्रिय हु भनेर तह थिएन | ऊ कुन्तीको विवाह अघाडीकै पुत्र हुन्छ | त मानिसहरलाई थाहा थिएन | यो एक गोप्य कुरा थियो | त कर्णलाई एक सिकर्मीले सुरक्षा दिएकाले | उसलाई शुद्र भनेर भानिन्त्यो | त द्रौपदीले यसको फाइदा लिएर भनिन्, " म कुनै सिकर्मी यहाँ आएर प्रतिस्पर्धा गरेको देख्न चाहन्न , म त्यो चाहन्न |" तसर्थ कर्णलाई अनुमति भएन | त कर्णले त्यसलाई ठुलो अपमानका रुपमा लिए | अब, जब द्रौपदी खेलमा हारिन, ऊ सबै भन्दा पहिले अगी सरेको थियो | ऊ दुर्योधनको महान मित्र थियो | " अब हामी द्रौपदीको नग्न सुन्दरता हर्न चहान्छौ |" त्यस सभामा धेरै वृद्धहरु थिए | धृतराष्ट्र​ थिए, भिस्म थिए, द्रोणाचार्य​ थिए | त्यहि पनि उनीहरुले केहि विरोध जनाएनन् | " ओहो, यो के हो , तिमीहरुले एउटा नारीलाई यो सभामा नग्न बनाउन लागेका छौ ?" उनीहरुले केहि विरोध देखाएनन् | तसर्थ असत्-सभाया:, " असभ्य मानिसहरुको सभा |" असभ्य मानिसहरु स्त्रीलाई नग्न रुपमा हेर्न चाहन्छन् | तर आजकल त्यो भूषाचार भएको छ, तिमि हेर्न सक्छौ ? एक महिला, आफ्नो पति बहेक अरु कसै अघाडी पनि नग्न रुपमा बस्नु हुन्न | त्यो वैदिक संस्कृति हो | तर यी दुस्टहरु द्रौपदीलाई त्यो ठुलो सभामा नग्न रुपमा हेर्न चाहन्थे, त तिनीहरु सबै दुस्ट हुन्, असत् | सत भनेको शान्त हो, र असत् भनेको रुखो हो | त असत सभाया:, " त्यो रुखाहरु को सभामा, कृष्णले बचाउनु भयो | द्रौपदीलाई नग्न बनाइँदै थियो, उनिको सारी हटाउदै थिए , तर त्यो सारी सकिदैन थियो, कृष्णले सारी आपूर्ति गर्दै हुनुहुन्त्यो | र उनीहरु द्रौपदीलाई नग्न बनाउन खोज्दा धेरै थाके | ( हासो) र उनि कहिले पनि नग्न भैनन्, र लुगाको चांग लग्यो | उनीहरुले बुझ्थ्ये, " यो सम्भव छैन |" र द्रौपदी जो पहिले आफ्नो वस्त्र बचाउने प्रयास गर्दै गर्दै थिईन् | र उनीले के गर्न सकिन ? उनि एक शस्त्री थिईन, र त्यहाँ दुईजना पुरुष थिए | कर्ण र दुषासन​ले उनीलाई नग्न बनाउने कोसिस गर्दै थिए | त उनीले रुदै कृष्णलाई प्राथना गर्न थालिन, " मेरो इज्जत बचाऊ |" तर उनीले आफै पनि आफुलाई बचाउने कोसिस गर्दै थिईन | जब उनीले सोचीन कि " मैले आफैले आफ्नो इज्जत बचाऊन अशंभव छ," तब उनीले आफ्नो हात छोडीदिईन् | उनीले केवल आफ्नो हात माथी उठाएर प्राथना गरिन , " कृष्ण यदि तिमी मलाई बचाउन चहान्छौ भने बचाऊ |" त मेरो अवस्था यो हो | त जब सम्म हामी आफुलाई बचाउन चहान्छौ, तब त्यो धेरै राम्रो होइन | यदि तिमी केवल कृष्णको भर परेउ भने, " कृष्ण यदि तिमीले मलाई बचायौ भने ठिकै छ |" अन्यथा मलाई मार, जे तिमी चहान्छौ |" तिमी हेर ? मारोबि राखोबि—जो इच्छा तोहारा | भक्तिविनोद ठाकुर भन्नुहुन्छ, " मा तिमीमा आत्मसमर्पण हुन्छु |" मनसा, देहो, गेहो, जो किचु मोर, " मसँग जे छ, मेरो अधिकार.... र मसँग जे छ ? म सँग यो शरीर छ | मसँग यो मन छ | मसँग सानो घर छ र मेरो श्रीमती, बच्चाहरु छन् | यो मेरो अवस्था छ |" त मनसा, देहो, गेहो, जो किचु मोर | " र जब मसँग यो शरीर, मन छ , यी श्रीमती, बच्चा, घर, सबैकुरा म तपाईमा समर्पण गर्दछु |" मनसा, देहो, गेहो, जो किचु मोर, अर्पिलुन तुवा पदे, नन्द​-किशोर | कृष्णलाई नन्द - किशोर भनिन्छ | र त्यो समर्पण हो, आरक्षण होइन, पुरै समर्पण, अकिन्चन |