NE/Prabhupada 0763 - यदि कोहि दक्ष शिष्य छ भने ऊ गुरु बन्नेछ, तर किन यो अपरिपक्व प्रयास



Conversation -- May 30, 1976, Honolulu


प्रभुपाद :गुरु बन्नको लागि सम्भांवना त्यहाँ हुन्छ | तर ... हामी सबै सबै गुरु हुनुपर्छ | तर किन अयोग्य प्रयास ? त्यो मेरो प्रश्न हो | सबैजना गुरु बन्न योग्य छ यदि ऊ उत्तम शिष्य भयो भने, तर किन अयोग्य प्रयास हुँदै छ ? गुरु भनेको यो होइन कि, अनुकरण गर्ने | जब कोहि योग्य हुन्छ, ऊ आफै गुरु बन्न योग्य हुन्छ | यसको लागि उत्तर के हो ? त्यहाँ गुरु बन्नको लागि केहि प्रयास हुदै छ | म तिमीहरुलाई भविस्यमा गुरु बन्नको लागि प्रशिक्षण गर्दैछु | र कृष्ण भावनामृत आन्दोलनको, यो सम्पति र सबैकुराहरु, म यो लग्दिँन |तिनीहरु जहाँ छन्, त्यहिँ हुनेछन् | यसको लागि एकदम परिपक्क उपचार चाहिँन्छ | तर त्यहाँ तुरुन्तै गुरु बन्न प्रयत्न हुदै छ | म ठिक छु कि छुईन ? हँ ? हामी पनि गुरु जस्तै गरी भूमिका निभाउँदै छौँ, मेरा गुरुभईहरु, उनीहरु नि त्यहि गर्दै छन् | तर हामीले कहिले पनि हाम्रो गुरुको पालामा गुरु बन्ने प्रयास गरेनौँ | यो वैष्णव सभ्यता होइन | यो अपरिपक्क तरिका हो | अनि यो होइन कि हामीले भौतिक प्रयासबाट गुरु बन्न सक्छौँ | गुरु, भौतिक तरिकाबाट बन्न पाईँदैन | आमार आज्ञाय गुरु हञा (चै च अध्य ७।१२८): "मेरो आदेश पालन गर र गुरु बन |" यो हैन कि तिमी यत्तिकै गुरु बन्ने | आमार आज्ञाय गुरु हञा तार​ऽ एइ देश यारे देख​, तारे कह "कृष्ण​"-उपदेश (चै चअध्य ७|१२८) हँ ? तिमीले परम्परा प्रकृया पालना गर्नु पर्छ, प्रक्रिया | त्यो हो गुरु | यो होइन कि म आफै गुरु बन्ने | होइन | त्यो गुरु होइन | गुरु भनेको त्यो हो जोसले आफ्नो गुरुको आदेश कडासाथ पालना गर्छ | ऊ गुरु बन्न सक्छ | नत्र भने त्यो बिग्रिन्छ | भौतिक प्रयास राम्रो हुदैन |