NE/Prabhupada 0766 - केवल श्रीमद्-भागवतम् अध्ययन गरेर तिमी खुसी हुनेछौ, त्यसैले यो अभ्यास ग्रहण गर



Lecture on SB 1.13.12 -- Geneva, June 3, 1974


प्रभुपाद :(पढ्दै )" महाराज युधिष्ठिर​को पक्षमा हेर्दा, त्यहाँ उनको काकालाई पिताजी को दृस्टीकोणले हेर्न सम्भव थियो तर, तर धृतराष्ट्र​द्वारा प्रस्तुत गरिएको आदरपूर्ण सम्मान त्यति आवश्यक थिएन | उनले त्यो स्वीकार गरे किनकि उनले सोचे कि त्यहाँ कुनै अर्को उपाय थिएन | विधुर व्यक्तिगत रुपमै आए र धृतराष्ट्र​लाई अध्यात्मिक चेतना वृद्दी गर्न पहल गरे | त्यो कर्तव्य हो कि एक नित्य आत्माले वद्द आत्मालाई उद्द्वार गर्नुपर्छ र विधुर त्यसैको लागि आएका हुन् | तर अध्यात्मिक कुराहरु यस्तो आनन्ददायिक हुन्छन् कि जब धृतराष्ट्र​लाई जब सिकाईदै थियो, विधुरले परिवारको सबै जनालाई ध्यान खिचे, र सबैले उनको कुरा एकदम धैर्यका साथ श्रावन गरे | यो अध्यात्मिक सक्ष्यातगर्ने मार्ग हो | समाचार एकदम ध्यानपूर्वक सुन्नु पर्छ, र यदि एउटा सत्छ्यातकार आत्माले वोल्यो भने, यो चाहिँ वद्द जीवको ह्र्द्रयमा प्रभाव पर्छ | र निरन्तर श्रवण पछि, मानिसले आत्मासत्छ्यातकारको पूर्णताको स्थिति प्राप्त गर्न सक्छ | त्यसैले श्रवनम निकै महत्वपुर्ण छ | श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद​-सेवनम् (श्री भा ७|५|२३)| त्यसैले हाम्रो हरेक केन्द्रमा, यो तरिका लागु हुनु पर्छ | हामीसँग अहिले धेरै पुस्तकहरु छन् | मात्र हामीले अध्यन गर्यौं भने ... हाम्रो योगेस्वर प्रभु पुस्तक पढ्नमा धेरै रुची राख्नु हुन्छ | त्यसैले सबैजनाले पुस्तक पढ्नु पर्छ र अरुले सुन्नु पर्छ | त्यो निकै महत्वपुर्ण छ, स्रवनम | जति तिमीले सुन्छौ... हामीसंग धेरै पुस्तकहरु छन् | जे सुकै प्रकाशित भईसकेका छन्... जस्तै हामी एउटा श्लोक सधै वर्णन गरिरहेका छौँ | त्यसैले घटीमा... त्यहाँ धेरै श्लोकहरु छन् चांगमा, तिमी ५० वर्ष सम्म पढ्न सक्छौ | यी पुस्तकहरु प्रकाशित भैसकेको छ, तिमी अगाडी बढ्न सक्छौ | जम्मा गरिरहनु आवश्यक छैन | त्यसैले, यो प्रणाली अपनाउनु पर्छ | समयको नास नगर | जति सम्म सम्भव छ, यो अध्यात्मिक विषय सुन्न खोज, भावगवतम् याद् व्ऐष्णवानां प्रियम् (ष्B १२.१३.१८)| त्यहाँ उल्लेख छ "वैष्णवहरुको लागि श्रीमद्-भागवतम् एकदम, एकदम प्यारो हुन्छ |" वृन्दावनमा, तिमीले पाउन सक्छौ, उनीहरु सधैँ श्रीमद-भागवतम् पढ्छन् | त्यो उनीहरुको जीवन र आत्मा हो | त्यसैले हामीले ६ सेट, र अझ ... कति ? ८ सेट अझ आउँदै छ ? त्यसैले तिमीहरुसंग पर्याप्त पुस्तक भण्डार छन् | त्यसैले तिमीहरुले यो पढ्नु पर्छ | श्रवणं कीर्तनं विष्णोः (श्री भा ७।५।२३)| त्यो मुक्य कुरा हो | त्यो शुद्ध भक्ति हो | किनकि हामी २४सै घण्टा श्रवण र किर्तन गरेर बस्नसक्दैनौ; त्यसैले हामीले हाम्रो कार्यक्रम लम्याएका छौँ, कार्यक्रमको क्रियाकलापहरु, धेरै तरिकाबाट | नत्र, श्रीमद-भागवतम् धेरै राम्रो छ, यदि तिमीले यो कुनै पनि ठाउँमा अपनायौ भने, कुनै पनि अवस्थामा, मात्र श्रीमद्-भागवतम् सुनेको भरमा, तिमी खुसि हुनेछौ | त्यसैले यो प्रणाली लागु गर र आफ्नो अध्यात्मिक जीवन अझ धेरै पक्का बनाऊ |

धेरै धन्यवाद |

भक्तहरु: जय श्रील प्रभुपाद |