NE/Prabhupada 0783 - यस भौतिक जगतमा हामी रमाउने भाव लिएर आएका छौं । तसर्थ हामी पतित छौं



Lecture on BG 1.21-22 -- London, July 18, 1973


यहाँ, कृष्णलाई अच्युत भनेर भनिन्छ | च्युत भनेको पतित, र अच्युत भनेको पतित नहुनु | जसरी हामी धेरै पतित छौ | हामी पतित जीव हौ | हामी यो भौतिक दुनियामा रमाउने भाव लिएर आएका हुन्छौ | त्यसैले हामी पतित छौ | यदि एकले आफ्नो स्थानलाई राम्रोसँग चिन्यो भने , ऊ पतित हुदैन | नभए ऊ तुच्छ हुन्छ | त्यो पतित स्थिति हो | यो भौतिक जगतमा भएका सबै प्राणीहरु, ब्रह्मा देखि तल कमिलासम्म, सबै पतित हुन्, बद्ध पतित आत्माहरु | उनीहरु किन पतित छन् त ? कृष्ण भुलिय जीव भोग वञ्छ करे | पाशते माया तारे जापटिया धरे | ( प्रेम - विवारता ) पतित भनेको प्राणीहरु भौतिक शक्तिको पकडमा हुनु भने बुझिन्छ | यसलाई पतित भनिन्छ | जसरी जब एउटा मानिस, प्रहरीको पकडमा हुन्छ, बुझ्न सकिन्छ कि ऊ एउटा अपराधी हो, ऊ पतित हो | ऊ राम्रो नागरिक हुनुबाट गिरेको छ | त्यसरीनै, हामी कृष्णका अंशहरु हौ | ममैवांशो जीव​-भुत ( भ गी १५|७) | अंश भएकाले, हाम्रो स्थान भनेको कृष्णसँग बस्नु हो | जसरी यो मेरो औला हो, मेरो शरीरको अंश | यो औला शरीरसँग जोडिएको हुनुपर्छ | जब यो काटिएर फालिन्छ, चाहे त्यो औला हो , त्यसको त्यति महत्व हुदैन जुन पहिले शरीरसँग जोडिएको अवस्थामा थियो | त्यसरी नै जो भगवनको सेवामा संलग्न छैन, ऊ पतित हो | यो निस्कर्ष हो | तर कृष्ण पतित हुनुहुन्न | यदि कृष्ण....किनकि उहाँ हामीलाई फेरी लिन आउनुहुन्छ | यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत​ अभ्युत्थानम अधर्मस्य तदात्मानं सृजाम्य अहम् ( भ गी ४|७) कृष्ण भन्नुहुन्छ " जब त्यहाँ दुस्टहरु सिर्जना हुन्छन्, म भन्न चाहान्छु, प्राणीको निविक कर्तव्यहरु |" धर्मस्य ग्लानिर भवति | हामीले धर्मलाई अनुवाद गर्दैनौ | धर्मलाई अंग्रेजी शब्दकोषमा " एक प्रकारको आस्था |" आस्था परिवर्तन हुनसक्छ, तर धर्म परिवर्तन हुन सक्दैन | यदि यो परिवर्तन भएको छ भने, यसलाई बनावटी भन्न सकिन्छ | जसरि पानी | त्यो तरल पदार्थ हो, सबैलाई थाहा छ | तर कहिले काही पानी धेरै कडा हुन्छ, धेरै, बरफ | त्यो पानीको बास्तविक अवश्था होइन | बनावटी तरिकाले, धेरै चिसो वातावरणमा पानी ठोस पदार्थ हुन्छ | तर वास्तविक अवस्था भनेको तरलनै हुन्छ | त्यसैले यदिहामी भगवानको सेवाबाट विमुक्त हुन्छौ , त्यो पनि अस्वाभाविक हुन्छ | अस्वाभाविक | वास्तविक अवस्था भनेको हामी भगवानको सेवामा संलग्न हुनुपर्छ | त्यो हाम्रो वास्ताविक अवस्था हो | तसर्थ वैष्णव कवि भन्नुहुन्छ कृष्ण भुलिय जीव भोग वञ्छ करे ( प्रेम विवारता )| जब प्राणीले कृष्णलाई भुल्छ, कृष्णको अवस्थालाई भुल्छ.... कृष्णको अवस्था......कृष्ण भन्नुहुन्छ, भोक्तारं यज्ञ​-तपसां सर्व - लोक -महेश्वरम् ( भ गी ५|२९) " म मालिक हु, म भोक्ता हु |" यो कृष्णको स्थान हो | ऊ त्यो स्थानबाट कहिले पनि तल खस्दैन | कृष्ण भोक्ता हुनुहुन्छ | उहाँले त्यो अवस्था सधै राख्नुहुन्छ | उहाँ कहिले पनि पतित हुनुहुन्न | उहाँ कहिले पनि तलको स्तरमा आउनु हुन्न | त्यो सम्भव छैन | यदि तिमीले कृष्णलाई तल्लो स्तरमा ल्याउने कोसिस गर्यौ भने तिमिले हार खाने छौ | आनंदको पत्र बन्नु भनेको कृष्णलाई अघाडी राख्नु हो, म इन्द्रिय तृप्तिको फाइदा लिन चाहन्छु | त्यो हाम्रो अस्वाभाविक स्थिति हो | कृष्णले कहिले नि स्वीकार गर्नुहुदैन | कृष्णलाई कहिले नि आनंद लिने पात्र बनाउन सकिदैन | उहाँ सधै भोक्ता हुनुहुन्छ | उहाँ सधै मालिक हुनुहुन्छ | कृष्ण भुलिया जीव भनेको जब हामीले उहाँको स्तरलाई बिर्सिन्छौ कि उहाँ परम भोक्ता हुनुहुन्छ, उहाँ परम मालिक हुनुहुन्छ.... यसलाई विस्मृति भनिन्छ | जब म सोच्छु " मा भोक्ता हु, म मालिक हु, "त्यो अवस्था भनेको पतित अवस्था हुन्छ | कृष्ण भुलिय जीव भोग वञ्छ करे ( प्रेम - विवारता ) | जब हामी... त्यहाँ....जापटिया धरे, माया, तुरुन्तै मायाले कबज़ा गर्छ |