NE/Prabhupada 0785 - यदि तानाशाह आध्यात्मिक रुपमा योग्य छ भने तानाशाही राम्रो हुन्छ



Press Conference at Airport -- July 28, 1975, Dallas


प्रभुपाद: तिमीले भौतिक तरिकाले धेरै उन्नति गर्न सक्छौ, तर यदि तिमीले कृष्ण चेतना वा भगवान चेतना पालन गरेनौ भने, यो सबै भौतिक उन्नति सुन्य बराबर हुनजान्छ | कोहि पनि सन्तुष्ट हुदैनन् | तसर्थ, यो कृष्ण भावानाम्रित आन्दोलन धेरै गंभीरता साथ लिनुपर्छ | यो भौतिक अनादाका लागि अमेरिकन उपलब्दीको परिष्करण हो | तब मानिसहरु खुसी हुन्छन् | अमेरिका अहिले नै दुनियाको अगुवा छ | उनीहरु पहिलो श्रेणीका अगुवा हुन्छन् | यो दुनियानै लाभान्वित हुनेछन् | र तिमि पनि लाभान्वित हुनेछौ , र मेरो प्रयास पनि सफल हुनेछ | आफुलाई सुन्य अवस्थामा नराख | त्यो एउटालाई लिऊ | र त्यो धेरै राम्रो हुन्छ | जसरी....तिमीले धेरै सजिलो तरिकाले बुझ्न सक्छौ | यो जीवन, धेरै महत्वपूर्ण मानिस, तर यदि त्यहाँ आत्मा छैन भने, यो सुन्य नै हुन्छ | त्यसको केहि अर्थ हुदैन | जतिसुकै ठुलो मानिस भएपनि, जब शरीरबाट आत्मा बाहिर जान्छ, त्यो केवल पद्धार्थको थुप्रो हो, यसको कुनै मूल्य छैन | तिमीले जे पनि हेर्न सक्छौ - यो यन्त्र, त्यो यन्त्र, जुनसुकै यन्त्र - यदि कोहि, कोहि अध्यात्मिक प्राणी, कोहि प्राणीले यसको सामना गरेको छैन भने, त्यसको के महत्व ? कुनै अर्थ छैन | तसर्थ, सबै तिर यो अध्यात्मिक चेतना हुनपर्छ | अन्यथा यो सुन्य हुन्छ |

महिला संवाद-दाता : मसँग एउटा प्रस्न छ | भारतको राजनीतिक अवस्था कस्तो छ ? तपाईको गान्धीप्रति के धारणा के छ ....?

प्रभुपाद: वास्तवमा, हामीलाई राजनीतिको केहि चासो छैन | तर हाम्रो प्रस्ताव - चाहे राजनीति, सामाजिक, अर्थशास्त्र वा दर्शन, जे पनि - कृष्ण बिना, यो सबै सुन्य हुन्छ | जहाँ गान्धीको कुरा छ, उनि अध्यात्मिक समझमा केहि झुकाव राख्नुहुन्छ | वास्तवमा यदि उनि अध्यात्मिक हिसाबले उन्नति गर्नुहुन्छ भने, यो आपातकालीन अवस्थामा सुधार हुन्छ | अन्यथा.....र यो जनताको लोक - तन्त्रप्रति आफ्नो धारणा हो | त्यसैले लोक - तन्त्र धेरै लावदाई छैन | जहाँपनि जहिले पनि.....तिम्रो राज्यमा पनि, तिमीले श्रीमान निकशनलाई भोट दियौ , तर तिमी ऊ देखि सन्तुस्ट भएनौ | त्यो भनेको लोक - तन्त्र, सामान्य मानिस कसैलाई चयन गर्छन्, र फेरी उनीहरु उसलाई तल ल्याउन खोज्छन्, किन ? जब उसलाई छानिएको थियो, त्यो एउटा गल्ति थियो | त्यसैले वैदिक सभ्यता अनुसार, त्यहाँ लोक - तन्त्र भन्ने कुरानै हुदैन थियो | त्यहाँ राजतन्त्र थियो, तर राजतन्त्र भनेको राजा धेरैनै अध्यात्मिक तरिकाले अग्रसर हुन्त्ये | राजाहरुलाई राजर्षी भानित्यो, भनेको राजा, र त्यहि बेला पुण्य मानिस | हामीसँग यसको अर्को उदाहरण छ - गान्धी | जब उहाँ राजनीतिक अगुवा हुनुहुन्त्यो, उहाँ व्यवहारिक तानाशाह थिए, किनकि उहाँ एक नैतिक चरित्रको मानिस हुनुहुन्त्यो , मानिसहरुले उहाँलाई, तानाशाह सुइकर गर्नुहुन्त्यो | त्यसैले तानाशाह धेरै राम्रो हो, तर तानाशाह अध्यात्मिक तरिकाले धेरै योग्य हुन्त्ये | त्यो वैदिक निर्णय हो | कुरुक्षेत्रको युद्ध भयो किनभने भगवान कृष्ण राजर्षी युधिस्थिरलाई राजा बनाउन चाहनुहुन्त्यो | त्यसैले राजा भगवानको प्रतिनिधि हुनु जरुरि थियो | त्यसैले उहाँ एक धार्मिक मानिस थिए | त्यसैले यो सफल हुन्छ |