NE/Prabhupada 0835 - आधुनिक राजनीतिज्ञहरू कुकुर र सुँगुर जस्तै कठोर परिश्रम गर्नको लागिकर्ममा जोड दिन्छन्



Lecture on SB 5.5.33 -- Vrndavana, November 20, 1976


प्रभुपादः त्यक्त्वा देहं पुनर्जन्म नैति (भगवद्गीता ४।९) । जसले कृष्णलाई तत्वपूर्वक बुझेको छ, ऊ तत्काल मुक्त पुरुष बन्दछ । ऊ आध्यात्मिक जगतमा प्रवेश पाउन योग्य हुन्छ । त्यक्त्वा देहं पुनर्जन्म नैति । पुनर्जन्म.... कृष्णलाई नबुझ्ने मानिसले बारम्बार जन्म लिइरहनुपर्ने छ । निवर्तन्ते मृत्युसंसार वत्र्मनि (भगवद्गीता ९।३) । जबसम्म तपाईं कृष्णलाई बुझ्नुहुन्न – हरिं बिना नमृतिं तरन्ति – तपाईं जन्म, मृत्यु, वृद्धावस्था तथा रोगबाट बच्न सक्नुहुन्न । यो सम्भव छैन । र यदि तपाईं वास्तवमै आफ्नो जीवनलाई सफल बनाउन चाहनुहुन्छ भने तपाईंले कृष्णलाई बुझ्ने प्रयास गर्नैपर्दछ । यही नै कृष्णभावनामृत अभियान हो । त्यसपछि, तपाईंको जीवन सफल हुनेछ । र कृष्णलाई बुझ्नका लागि अन्य उपायहरूले कुनै पनि काम गर्नेछैन । कृष्णले भन्नुभएको छ, भक्त्या मां अभिजानाति (भगवद्गीता १८।५५) । कृष्णले कहिल्यै पनि भन्नुभएन “मलाई यौगिक पद्धति अथवा कर्म अथवा ज्ञानद्वारा जान्न सकिन्छ ।” आधुनिक राजनीतिज्ञहरू कर्ममा जोड दिन्छन् । किनभने तिनीहरू कुकुर र सुँगुरले जस्तै कठोर परिश्रम गर्न चाहन्छन् । तिनीहरू विचार गर्दछन् कर्मयोग....कर्मयोग ठीक छ तर कर्मीहरू सबै मूढ हुन् । केवल इन्द्रियतृप्तिका लागि दिनरात कठोर परिश्रम गरिरहने मानिसहरू कुकुर र सुँगुरभन्दा असल हुँदैनन् । तिनीहरू असल होइनन् । तर कर्मयोग भनेको फरक कुरा हो । कर्मयोग भनेको केही कुरा उत्पादन गर्नका लागि आसक्त रहेर केही न केही कर्म गरिरहनु हो । त्यसकारण, कृष्णले भन्नुभयो “हो, तिमीले गर्न सक्छौ, तर,” यत्करोषि यज्जुहोषि यदश्नासि यत्तपस्यसि कुरुष्व तद मद्.....(भगवद्गीता ९।२७), “सम्पूर्ण प्रतिफलहरू तिमीले मलाई अर्पण गर्नुपर्दछ ।” अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः, स संन्यासी...(भगवद्गीता ६।१) । त्यसकारण, आफ्ना कर्महरूको फल आफूले स्वीकार नगर्ने मानिसलाई संन्यासी भनिन्छ । मानौँ, तिमीले कमाउँछौ....तिमी व्यापारी हौ, तिमीले दुई लाख रुपैयाँ कमाएका छौ—तिमीले त्यो कृष्णलाई दिनुपर्दछ । अनाश्रितः कर्मफलम् । नत्र, यी दुई लाख रुपैयाँले तिमी के गर्नेछौ ? यदि तिमी त्यसलाई स्वीकार गर्दैनौ भने के तिमी त्यसलाई फ्याँक्नेछौ ? “होइन, म किन त्यो पैसालाई फ्याँक्ने ? त्यो पैसालाई कृष्णको सेवामा उपयोग गर्नुपर्दछ ।” त्यसकारण, तिनीहरूलाई... यो भौतिक संसारमा मानिसहरू धन आर्जन गर्नका लागि अत्यन्त व्यग्र छन् । हामीले व्यावहारिक रुपमा पश्चिमी मुलुकहरूमा विशेष रुपले यो देख्न सक्छौँ । तर यदि तिनीहरूले आफ्नो आम्दानीलाई कृष्णभावनामृत अभियानलाई अघि बढाउनका लागि प्रयोग गरे भने, तिनीहरूको धन अब आणविक बमको निर्माणमा प्रयोग हुनेछैन । नत्र, त्यो धन आणविक बम निर्माण गर्ने कार्यमा प्रयोग हुनेछ । म तिम्रो टाउको भाँच्नेछु र तिमी मेरो टाउको भाँच्नेछौ । हामी दुवैजना समाप्त हुनेछौँ ।

धेरै धेरै धन्यवाद ।

भक्तहरूः जय प्रभुपाद ।