NE/Prabhupada 0838 - जब भगवान् उपस्थित हुनुहुन्न तब सबै कुरा शून्य हुन पुग्दछन्



731201 - Lecture SB 01.15.21 - Los Angeles


प्रद्युम्नः अनुवादः “मसँग त्यही गाण्डीव धनु छ, तिनै वाणहरू छन्, त्यही रथ छ, तिनै घोडाहरू छन्, र मैले यी अस्त्रहरूलाई त्यही अर्जुन भएर प्रयोग गर्दछु जसलाई सम्पूर्ण राजाहरूले आफ्नो सम्मान अर्पण गरेका थिए । तर कृष्णको अनुपस्थितिमा यी सबै सामाग्रीहरू शून्य भएका छन् । यो त खरानीमा खारिएको घिउ हवन गर्नुजस्तै हो, जादुको छडीले रुपैयाँ संकलन गर्नुजस्तै अथवा बाँझो जमिनमा बीज छर्नुजस्ते हो (श्रीमद्भागवत १।१५।२१) ।”

प्रभुपादः यो अत्यन्त महत्वपूर्ण श्लोक हो । तद् अभूद् असद ईश–रिक्तम् । जब भगवान् उपस्थित हुनुहुन्न तब सबै कुरा शून्य हुन पुग्दछन् । आधुनिक सभ्यतासँग सबै वस्तुहरू छन् तर कृष्णभावना छैन, त्यसकारण, कुनै पनि क्षणमा यो सभ्यता समाप्त हुनेछ । र यसका अनेक लक्षण देखा परिसकेका छन्....कुनै पनि क्षण यो सभ्यता समाप्त हुन सक्दछ । वर्तमान परिवेशमा यो ईश्वरहीन सभ्यता, युद्धको घोषणा हुनासाथ अमेरिका आणविक बम खसाल्न तयार छ, रसिया पनि.... आणविक बम खसाल्ने प्रथम राष्ट्र बिजेता बन्नेछ । तिनीहरूमध्ये कोही पनि बिजेता हुनेछैनन् किनभने दुवै पक्ष बम खसाल्न तयार छन् । अमेरिका पनि ध्वस्त हुनेछ र रसिया पनि ध्वस्त हुनेछ । तिनीहरूको स्थिति यस्तो छ । तपाईंले सभ्यता, विज्ञान तथा प्रविधि र अर्थव्यवस्था आदिमा उन्नति गर्न सक्नुहुन्छ, तर यदि त्यो उन्नति ईश्वरविहीन छ भने कुनै पनि क्षणमा त्यो सबै समाप्त हुनेछ । कुनै पनि क्षण त्यो समाप्त हुनेछ, रावणजस्तै । रावण तथा हिरण्यकशिपु, यी ईश्वरहीन असुरहरू थिए । रावण वैदिक ज्ञानमा अत्यन्त विद्वान् तथा भौतिक रुपले अत्यन्त शक्तिशाली व्यक्ति थियो । उसले आफ्नो राजधानी, महलहरू तथा सम्पूर्ण वस्तुहरूलाई सुनले निर्माण ग¥यो । भनिएको छ कि रावणको भाइ पृथ्वीको अर्को भागका राजा थिए । यो मेरो सुझाव हो....म यसको वैज्ञानिक प्रमाण त दिन सक्दिन । रावण सिलोन (श्रीलंका) मा बस्दथ्यो । र पृथ्वीको अर्को भागमा ब्राजिल पर्दछ । (यदि तपाईं भूमिगत मार्गबाट जानुहुुन्छ भने) र ब्राजिलमा सुनका खानीहरू पाइन्छन् । र रामायणमा भनिएको छ कि रावणको भाइ पृथ्वीको अर्को भागमा बस्दथे, र भगवान् रामचन्द्रलाई त्यही भूमिगत मार्गबाट त्यहाँ लगियो । त्यसकारण, यसलाई मध्यनजर गर्दै हामी मान्न सक्दछौँ, रावणले ब्राजिलबाट प्रशस्त मात्रामा सुन आयात गरेको थियो, अनि उसले त्यो सुनद्वारा विशाल–विशाल भवनहरूको निर्माण ग¥यो । रावण यति धेरै शक्तिशाली थियो कि उसले स्वर्ण–लंका अर्थात् “सुनले बनेको राजधानी” को निर्माण ग¥यो । जस्तै, यदि कुनै मानिस अविकसित मुलुकबाट तिमीहरूको देशमा आउँदछ भने, न्यूयोर्क अथवा अन्य कुनै पनि शहरमा आउँदछ भने विशाल–विशाल गगनचुम्बी महलहरू देखेर उनीहरू आश्चर्यचकित हुन्छन् । हुन त आजभोलि गगनचुम्बी महलहरू सर्वत्र पाइन्छन् तर प्राचीनकालमा यो अत्यन्त आश्चर्यजनक हुने गर्दथ्यो । अर्थात् हामी अत्यन्त अद्भुत वस्तुहरूको निर्माण गर्न सक्दछाँै तर हामीले रावणको उदाहरणलाई लिनु आवश्यक छ । भौतिक दृष्टिले रावण अत्यन्त विकसित थियो र उसँग पर्याप्त वैदिक ज्ञान पनि थियो, ऊ ब्राह्मण–पुत्र थियो । उसँग सबै कुरा थियो । तर उसको एउटै दोष थियोः उसले रामको कुनै पनि पर्वाह गरेन । उसको एउटै दोष यही थियो । “हे, राम के हो र ? म उसको कुनै डर मान्दिनँ । स्वर्गीय राज्यहरूमा प्रवेश पाउन कुनै पनि यज्ञ तथा कर्मकाण्डीय उत्सवहरू गरिरहनु पर्दैन ।” रावणले भन्यो, “म चन्द्रलोकसम्म जाने भ¥याङको निर्माण गर्नेछु । चन्द्रलोकमा पुग्न तिमीहरू किन यस्तो–त्यस्तो प्रयास गरिरहेका छौ ? म तिमीहरलाई चन्द्रलोक पु¥याइदिन्छु ।” स्वर्गेसरि । (?) त्यसैले, यी मानिसहरू रावणले जस्तै प्रयास गरिरहेका छन् तर वास्तवमा तिनीहरूले रावणबाट एउटा पाठ सिक्नुपर्ने होः कि रावणको ईश्वरहीनताले उसको पतन भयो । उसले सर्वस्व गुमायो । त्यसैले, अर्जुनले यो उपदेश दिनुभएको छ....अर्जुनले भन्नुभयोः सोऽहं धनुस्त इशवः । अर्जुनलाई केही जंगली गोठालाहरूले पराजित गरिदिए । अर्जुनले कृष्णका रानीहरूको संरक्षण गर्न सक्नुभएन, र ती रानीहरूलाई यी गोठालाहरूले अपहरण गरे । त्यसकारण, अर्जुन विलाप गर्दै हुनुहुन्छ, अर्जुन भन्नुहुन्छः “मसँग त्यही धनुष र वाणहरू छन् जसलाई मैले कुरुक्षेत्रको युद्ध–मैदानमा प्रयोग गरेको थिएँ, त्यतिबेला म बिजयी भएको थिएँ किनभने कृष्ण मेरो रथमा विराजमान हुनुहुन्थ्यो । यही नै मेरो बिजयको कारण थियो । आज पनि मसँग त्यही धनुष र वाणहरू थिए जसद्वारा मैले कुरुक्षेत्रको युद्ध लडेको थिएँ, तर आज यहाँ कृष्ण हुनुहुन्न । त्यसकारण, सबै व्यर्थ भयो । ” ईश–रिक्त, असद् अभूत । असत् भन्नाले केही पनि नगर्ने अर्थात् अस्तित्व नै नभएको वस्तु भन्ने बुझिन्छ । “त्यसकाण, मेरा धनुष र वाणहरू त्यही हुन् तर अहिले ती सबै व्यर्थ भएका छन् । हामीले यो शिक्षा लिनुपर्दछ कि भगवान्बिना, आत्माबिना, मेरो मतलब, यो भौतिक ऐश्वर्यको कुनै पनि मूल्य हुँदैन ।