NE/Prabhupada 0839 - बाल्यावस्थामा प्रदुषित नभएको समयमा नै हामी भागवत धर्ममा प्रशिक्षित हुनुपर्छ



751203 - Lecture SB 07.06.02 - Vrndavana


प्रभुपादः त्यसकारण, लीन हने (अद्वैतवादको) कुनै प्रश्न छैन । यो अद्वैतवाद वास्तवमा गलत हो । सबैको अलग–अलग अस्तित्व हुनै पर्दछ । तब मात्र आनन्द सम्भव हुन्छ । एउटा मित्रले आफ्नो मित्रलाई प्रेम गर्दछ र अन्य मित्रहरूले आपसमा प्रेमको आदानप्रदान गर्दछन् । यही नै आनन्द हो, यो होइन कि “तिमी मेरा मित्र हौ र म तिम्रो मित्र हुँ । हामी एउटै बनौँ ।” त्यो सम्भव छैन र त्यो आनन्द पनि होइन । त्यसकारण, मायावादीहरू जो परमसत्यमा लीन हुन चाहन्छन्, तिनीहरू वास्तविक आनन्द के हो, जान्दैनन् । तिनीहरू कृत्रिम रुपले लीन हुन चाहन्छन् । त्यो आनन्द होइन । येऽन्येऽरविन्दाक्ष विमुक्तमानिनस्त्व्यास्त–भावादविशुद्धबुद्धयः (श्रीमद्भागवतम् १०।२।३२) । मायावादीहरू विचार गर्दछन् कि “अब मैले ब्रह्मको अनुभूति गरेको छु । म ब्रह्म अर्थात् आत्मा हुँ । त्यसकारण, यो शरीर समाप्त हुनासाथ म परमात्मासँग एक हुनेछु ।” भनिएको छः गताकाश पोटाकाश । तर त्यो वास्तविक आनन्द होइन । येऽन्येऽरविन्दाक्ष विमुक्तमानिनः । उनीहरू विचार गर्दछन्, “अब म मुक्त भएको छु । म परमसत्यसँग एक भएको छु ।” तर वास्तवमा उसको त्यो सोचाइ कृत्रिम हो । येऽन्येऽरविन्दाक्ष विमुक्तमानिनः त्व्यस्तभावात् अविशुद्धबुद्धयः ।। किनभने तिनीहरूले पूर्ण रुपमा आनन्दित हुने सही तरिका जानेका हँुदैनन्, त्यसकारण, तिनीहरू अविशुद्धबुद्धयः हुन्छन् । तिनीहरूको चेतना अझै पनि शुद्ध भएको हुँदैन । तिनीहरूको बुद्धि अशुद्ध तथा भौतिक हुन्छ । आरुह्य कृच्छ्रेण परं पदं ततः पतन्ति अधः अनादृतयुष्मद्–अंघ्रयः (श्रीमद्भागवतम् १०।२।३२) । त्यसकारण, तपाईंले मायावादी संन्यासीहरू भेट्नुहुनेछ, तिनीहरू समाजसेवा गर्नका लागि पुनः संसारमा फर्किन्छन् । पशुहरूको सेवा गर्न, यसको सेवा गर्न, त्यसको सेवा गर्न, राष्ट्र र समाजको सेवा गर्न उनीहरू फर्कन्छन् । यो मायावाद हो । अविशुद्ध–बुद्धयः । ऊ सेवक तथा सेव्यको उच्च स्थितिमा टिक्न सकेन । सर्वोच्च भगवान् सेव्य हुनुहुन्छ र हामी सेवक हौँ । र हामीले त्यो सेव्यको स्थिति प्राप्त गर्न नसकेको कारणले.... मेरो स्वरुप भनेको सेवा गर्नु हो । तर मैले कृष्णको सेवा गर्न चाहिनँ । मैले उहाँमा लीन हुने इच्छा गरेँ । त्यसकारण, कृष्णको सेवा गर्नुको विपरीत म पुनः समाजसेवा गर्नका लागि फर्कन्छु । समुदाय, राष्ट्र इत्यादि । सेवालाई अस्वीकार गर्न सकिँदैन । तर अविशुद्धबुद्धयः, राम्रोसँग प्रशिक्षण नपाएर अझै मन अशुद्ध अवस्थामा भएकोले उनीहहरू कृष्णको सेवा गर्नुको विपरीत, उसँग सेवा गर्ने तीव्र लालसा हुन्छ र निराकार र निर्विशेष भएको कारणले, कृष्णबिना उसले कसको सेवा गर्ने ? उसको सेवा गर्ने प्रवृत्तिलाई कसरी सदुपयोग गर्ने ? त्यसकारण, तिनीहरू पुनः फर्कन्छन्—समाज, राष्ट्र.... एकपटक तिनीहरूले परित्याग गरेपछि ब्रह्म सत्यं जगत् मिथ्याः “यी सबै मिथ्या हुन् ।” तर तिनीहरू जान्दैनन् कि वास्तवमा सेवा गर्नु भनेको वास्तविक आनन्दमय जीवन हो । उनीहरू यो जान्दैनन् । आरुह्य कृच्छ«ेण परं पदं ततः पतन्ति अधः (श्रीमद्भागवतम् १०।२।३२) त्यसकारण, तिनीहरू पतित हुन्छन् र पुनः भौतिक गतिविधिहरूमा संलग्न हुन्छन् । त्यसकारण, जीवनसम्बन्धी धारणा अस्पष्ट नभएकोले यस्ता घटनाहरू घट्दछन् । प्रल्हाद महाराजको चरित्र हेर्नुहोस् । त्यसकारण, जीवनको अस्पष्ट धारण, कसरी भगवान् श्रीकृष्णको सेवा गर्नु हो, यसलाई भागवत धर्म भनिन्छ । बालबच्चाहरूलाई यो ज्ञान दिनु आवश्यक छ । नत्र, बालबच्चाहरू अनेक किसिमका अर्थहीन काममा लागे भने अत्यन्त कठिन हुनेछ उसलाई यस्तो कुलतबाट छुटाएर पुनः कृष्णको सेवामा स्थापित गर्न हामी बाल्यावस्थामा प्रदूषित भएका हुँदैनौं । त्यसकारण, हामी त्यही समयदेखि नै भागवत धर्ममा प्रशिक्षित हुनुपर्दछ । प्रल्हाद महाराजको शिक्षा पनि यही नै होः कौमार आचरेत् प्राज्ञो धर्मान् भागवतान् इह दुर्लभं मानुष....(श्रीमद्भागवतम् ७।६।१) । हामी सेवा गरिरहेका छौँ । चराचुरुंगीहरू पनि सेवा गरिरहेका छन् । चराचुरुंगीहरूको पनि साना–साना बचेराहरू हुन्छन् । तिनीहरू चारा टिप्छन् र अत्यन्त कठोर परिश्रम गरी चारालाई बचेराको मुखसम्म ल्याउँदछन्, र सानासाना बचेराहरू चिर्बिराउँछन्, “आमा, आमा, मलाई दिनुहोस्, मलाई दिनुहोस्” र चारा खान्छन् । त्यहाँ सेवा छ । त्यहाँ सेवा छ । यो नसोच्नुहोस् कि सेवाबिना कोही बसिरहेको छ । सबैजना सेवा गरिरहेका छन्.... एउटा मानिस दिनरात कठोर परिश्रम गरिरहन्छ । किन ? आफ्नो परिवार, बालबच्चा तथा श्रीमतीलाई सेवा प्रदान गर्नका लागि । सेवा चलिरहेको छ, तर उसलाई थाहा छैन कि कसको सेवा गर्नुपर्ने हो । त्यसकारण, कृष्ण भन्नुहुन्छः सर्वधर्मान् परित्यज्य मामेकं शरणं ब्रज (भगवद्गीता १८।६६): “मेरो सेवा गर । तिमी सुखी हुनेछौ ।” यही नै दर्शन हो, भागवत धर्म हो ।

धेरै धेरै धन्यवाद ।

भक्तहरूः जय श्रील प्रभुपाद ।