NE/Prabhupada 0865 - तिमी देशको कुरा गर्छौ तर शास्त्रमा ग्रहको कुरा गरिएको छ, देशको होइन



750520 - Morning Walk - Melbourne


तिमी देशको कुरा गर्छौ तर शास्त्रमा ग्रहको कुरा गरिएको छ, देशको होइन

परमहंस: धेरै प्रकारका फुलहरु छैनन् |

प्रभुपाद: फुलको कुरा गरेको होइन | मेरो मतलब विविधता, वृक्षा र लता, बीस लाख | लक्ष​-विंशति | दश लाख भनेको एक मिलियन, र विंशति, बीस लाख |

हरि-शौरि: मैले पत्रिकामा एउटा लेख पढेको थिएँ | त्यहाँ मनुष्यको विकास सम्बन्धि एउटा पुस्तकको विज्ञापन थियो | र त्यहाँ भनिएको थियो कि यस ग्रहमा करिब बीस लाख प्रकारका जीवहरु छन् | यो वैज्ञानिकहरुको गणना हो |

प्रभुपाद: बीस लाख ? होइन | चौरासी लाख |

श्रुतकीर्ति: हजुरले भन्दै हुनुहुन्थ्यो कि पद्म-पुराणमा सबै प्रकारका जीवहरुको बारेमा बताइएको छ |

प्रभुपाद: हो |

श्रुतकीर्ति: सबै विवरण छ |

प्रभुपाद: तिनीहरुले छुट्टै बताएका छन्, कि कुल संख्या बताएका छन् ?

हरि-शौरि: अनुमान मात्र |

श्रुतकीर्ति: एउटा आकलन |

हरि-शौरि: (विराम) ...... बाँदरबाट मानिसमा विकास हुँदाको तथाकथित हराएको सम्बन्धको एउटा चित्र | तिनीहरुले मनुष्य जस्तै देखिने तर बाँदर जस्तै कुप्रो परेको जीवको एउटा चित्र दिएका छन् | र तिनीहरुले भन्दैछन् कि....

प्रभुपाद: तिनीहरुले त्यो कहाँ पाए ?

हरि-शौरि:..... यस्तो जीव लाखौं वर्ष अघि अस्तत्वमा थियो | (विराम)

अमोघ: चार लाख मानव प्रजातिमा, एउटा र अर्कोलाई भिन्न पार्ने विशेष गुण के हो ? हामीले कसरी चिन्ने ? वा के हामी सक्छौं ?

प्रभुपाद: तिमीले विविध प्रकारका मानिसहरुलाई देखेका छैनौ ?

अमोघ: देखेको छु |

प्रभुपाद: त्यसोभए, के.....

अमोघ: के यो विभाजन देश अनुसार हुन्छ वा एउटा देशमा पनि विभिन्न प्रजाति हुन्छन् ?

प्रभुपाद: तिमी देशको कुरा गर्छौ तर शास्त्रमा ग्रहको कुरा गरिएको छ, देशको होइन | तिम्रो विचार धेरै साँघुरो छ: "देश", "राष्ट्रिय" | तर शास्त्रमा..... शास्त्रमा राष्ट्रिय भन्ने कुनै कुरा छैन | त्यहाँ सम्पूर्ण ब्रह्माण्डलाई एक रुपमा लिइन्छ | त्यहाँ त्यस्तो दृष्टिकोण हुन्छ | यी साँघुरा विचारहरु, "राज्य," "राष्ट्रिय," पछि आएका हुन् | पहिलेको समयमा यस्ता कुराहरु थिएनन् | एउटा ग्रह वा ब्रह्माण्ड | जस्तै, हिजो राती ती युवती चकित भएकी थिइन् कि "कसरी यो ग्रह एउटा राजाद्वारा शासित हुन सक्छ ?" यो पहिलेको समयमा हुन्थ्यो | र सम्पूर्ण ब्रह्माण्ड एक व्यक्ति, ब्रह्माद्वारा शासित छ | कसरी शासन गर्ने भनेर थाहा हुनुपर्छ |

भक्त (१): श्रील प्रभुपाद, हामीले देख्छौं कि हरेक लोकको धन र खनिजको वितरण अनुसार त्यो एउटा शासकले नियन्त्रण गर्नुपर्छ | एउटा स्थानमा सुन हुन्छ, एउटा स्थानमा अन्न-उत्पादन हुन्छ | के हो सहि हो ?

प्रभुपाद: होइन | सबै स्थानमा सबै कुरा हुन्छ, हुन सक्छ विभिन्न मात्रामा |

हरि-शौरि: के ब्रह्माले अरु सबै देवताहरुद्वारा कार्य गर्छन्, उनीहरू विभागीय प्रमुख जस्तै हुन् ? ब्रह्माले व्यक्तिगत रुपमा हरेक कार्यको निर्देशन गर्दैनन् |

प्रभुपाद: हो, उनीहरुले कार्यभार सम्हाल्छन् | जसरी हामीकहाँ विभिन्न सेवाको लागि विभिन्न जीबीसी छन्, तसैगारी, उनीहरुले आफ्नो कार्य गर्दैछन् | यी ग्रहहरु विभिन्न देवीदेवताहरुका निवासस्थान हुन् | उनीहरुले सम्पूर्ण ब्रह्माण्डीय कार्यहरु नियन्त्रण गर्दैछन् | उनीहरुको तुलनामा मनुष्य केहि पनि होइन | हामी नियन्त्रित छौं, हामी नियन्त्रक होइनौं | त्यो तिनीहरुले बुझ्दैनन् | आधुनिक सभ्यताका मानिसहरुले बुझ्दैनन् | यद्यपि तिनीहरु नियन्त्रित छन्, तर तिनीहरुले बुझ्न सक्दैनन् | त्यो कमजोरी हो |