NE/Prabhupada 0866 - सबै कुरा मर्नेछन्-सबै वृक्षहरु, रुखहरु, पशुहरु, सबै



750520 - Morning Walk - Melbourne


सबै कुरा मर्नेछन्-सबै वृक्षहरु, रुखहरु, पशुहरु, सबै |

हरि-शौरि: श्रील प्रभुपाद, यदि मानव जीवन देवताहरुको जीवनको तुलनामा तुच्छ हुन्छ भने किन देवताहरुले पनि यो मानव जीवन चाहन्छन् ?

प्रभुपाद: किनकि मानव जीवनमा भगवानको अनुभूति गर्ने धेरै राम्रो अवसर हुन्छ | जस्तै, पाश्चात्य मुलुक र भारत बीचको भिन्नता | भारतमा भागवत-साक्षात्कार शिघ्र हुन्छ | वातावरण धेरै राम्रो छ | यो ग्रह भागवत-साक्षात्कारको लागि धेरै राम्रो छ र यसको लागि भारत सर्वोत्तम स्थान हो |

हरि-शौरि: हाम्रा मन्दिरहरुमा पनि उही वातावरण हुन्छ ?

प्रभुपाद: हो |

हरि-शौरि: भारतका पवित्र-स्थल समान शक्तिशाली ?

प्रभुपाद: हो | तिमीले यो ग्रहमा जहाँ पनि उक्त शक्ति सिर्जना गर्न सक्छौ |

भक्त: श्रील प्रभुपाद, हजुरले हिजो भन्दै हुनुहुन्थ्यो कि वर्षाद्वारा सबै राम्रो कुरा आउँछ र वर्षा यज्ञद्वारा आउँछ | यो ग्रहमा सबजना मांस-भक्षक छन् वा यो मुलुकमा सबजना पाप गर्दैछन् |

प्रभुपाद: त्यसैले वर्षा घट्दैछ | तिमी जति पापी हुन्छौ, वर्षा त्यति नै घट्छ |

भक्त: यो अहिले घट्दैछ |

प्रभुपाद: हो | र अन्त्यमा वर्षा बन्द हुनेछ | तब यो ग्रहमा आगो लाग्नेछ | त्यो प्रलयको सुरुवात हो | सबै कुरा मर्नेछन्-सबै वृक्षहरु, रुखहरु, पशुहरु, सबै | उक्त आगोले सबै कुरालाई खरानी बनाइदिनेछ | त्यसपछि वर्षा हुनेछ र खरानी पानीमा मिसिनेछ र सारा ब्रह्माण्ड सकिनेछ |

भक्त (२): श्रील प्रभुपाद मैले यो पनि पढेको थिएँ कि महाराज युधिष्ठिरको समयमा रातीमात्र वर्षा हुन्थ्यो | के यो सत्य हो ?

प्रभुपाद: राती ?

भक्त (२): रातीमात्र वर्षा हुन्थ्यो ताकी....

प्रभुपाद: होइन | कसले भन्यो राती ?

श्रुतकीर्ति: कृष्ण पुस्तकमा भनिएको छ कि राती वर्षा हुन्थ्यो |

भक्त (२): ताकी दिनमा मानिसहरुको गतिविधिलाई कुनै असर नपरोस् |

प्रभुपाद: हो, त्यसरी हुन्थ्यो | यदि राती वर्षा भएर दिनमा सूर्य हुन्छन् भने जमिन उत्पादनको लागि धेरै मलिलो बन्छ | हो | बङ्गालमा एउटा भनाइ छ कि, दिने जल रात्रे तारा सेइ जन्मे सुख धारा (?) | यदि दिनमा भारी वर्षा भएर रातमा ताराहरु देखिन्छन् भने तिमीले बुझ्नुपर्छ कि भविष्यमा वर्षाको कमी हुनेछ | भविष्यमा वर्षा तथा अन्नको कमी हुनेछ सर्वोत्तम अवस्था भनेको रातमा भारी वर्षा हुनुपर्छ र दिनमा सूर्य | तब जमिन धेरै मलिलो हुनेछ |