NE/Prabhupada 0867 - हामी शाश्वत हौं र आफ्नो गतिविधिहरुको लागि जिम्मेवार छौं । यो ज्ञान हो


Provided ID could not be validated.


750520 - Morning Walk - Melbourne


हामी शाश्वत हौं र आफ्नो गतिविधिहरुको लागि जिम्मेवार छौं | त्यो ज्ञान हो |

हरि-शौरि: के मौसममा अनियमितता र....

प्रभुपाद: त्यसको कारण पाप हो, अनियमितता |

हरि-शौरि: यदि हामीले कृष्ण भावनामृत अभियानलाई अझै फैलाउँछौं भने.....

प्रभुपाद: तब यो नियमित हुनेछ | यो प्रकृतिको दण्ड हो | तिमी पापको मतलब नगर्न सक्छौ, तर त्यो अभिलिखित हुन्छ | त्यो मूर्खता हो | "मलाई भगवानको मतलब छैन, भविष्यमा के हुनेछ मतलब छैन," त्यो मूर्खता हो | तल्लो ग्रहमा, तिनीहरु त्यस्तो हुन्छन् | यो ग्रहमा पनि | पाश्चात्य मुलुकमा धेरै स्थानहरु छन्: "केहिको मतलब छैन, पाप के हो, भविष्यमा के हुनेछ | अहिले रमाइलो गरौँ, त्यति हो |" त्यो तिनीहरुको सिद्धान्त हो | "अहिले रमाइलो गरौँ, त्यति हो |" भौतिकवादी दृष्टिकोण त्यस्तो हुन्छ | तिनीहरुलाई थाहा छैन कि हामी शाश्वत हौं र आफ्नो गतिविधिहरुको लागि जिम्मेवार छौं | त्यो ज्ञान हो | तर तिनीहरुसँग कुनै ज्ञान छैन | तिनीहरु केवल रमाइलो गर्न चाहन्छन् | तिनीहरु मृत्युको पनि मतलब गर्दैनन् | केवल इन्द्रियतृप्ति | त्यति हो | त्यसलाई दानव जीवन भनिन्छ | वैज्ञानिकहरु विविधताको विवरण दिन्छन् | तिनीहरु विविधतालाई स्वीकार्छन् | किन विविध प्रकारका जीवनहरु छन् ?

हरि-शौरि: तिनीहरु केवल अनुमान गर्दैछन् | तिनीहरुले भन्दैथिए कि हालको खोज र परिक्षण.....

प्रभुपाद: त्यो ठिक छ |

हरि-शौरि:..... तिनीहरुले अनुमान गरेका छन् |

प्रभुपाद: किन विविधता छ ?

अमोघ: तिनीहरु भन्छन् कि सुरुवातमा केवल एउटा जीवकोष थियो र विशेष परिस्थितिमा एक प्रकारका जीवहरु बाँच्थे र अर्को प्रकारका जीवहरु मर्थे | यी सब विविधताहरुको कारण विभिन्न परिस्थिति हो |

प्रभुपाद: त्यो कसको कारणले भएको हो ? कसले व्यवस्थापन गर्यो ?

अमोघ: तिनीहरु...... दुर्घटनावश |

प्रभुपाद: त्यो नचाहिने कुरा हो | केहि पनि दुर्घटनावश हुँदैन | त्यो नचाहिने कुरा हो | कुनै व्यवस्थापन हुनुपर्छ | दुर्घटनावश के भएको छ ? यी रुखहरुको पालन-पोषण कसले गरिरहेको छ ? धेरै कुराहरु छन् | केहि पनि दुर्घटनावश हुँदैन | तिमीले कारण देख्न सक्दैनौ | यदि दुर्घटनावश कुनै मानिस धनी बन्छ भने तिमी धनी बन्न कठिन संघर्ष किन गर्दैछौ ? किन तिम्रो गाडी दिन-रात, यहाँ-त्यहाँ चलिरहेको छ ? किन तिमी प्रयास गर्दैछौ ? दुर्घटनावश पैसा आउँछ, चुप लागेर बसे हुन्छ | किन तिनीहरु त्यसो गर्दैनन् ? यदि दुर्घटना हुन्छ भने दुर्घटना हुन देऊ र त्यसपछि म धनी हुनेछु | किन तिनीहरु प्रयास गर्छन् ? किन तिनीहरु विद्यालय जान्छन् ? दुर्घटनावश एम.ए., पी.एच.डी हुँदा भइहाल्छ | त्यो सबै धूर्तता हो, केवल नचाहिने विचार | नचाहिने विचार | यदि कार्यहरु दुर्घटनावश हुँदैछन् भने किन तिमी प्रयास गर्दैछौ ? के जवाफ छ ?

अमोघ: हामीले प्रयास गर्नुपर्छ- तर हामीले भन्न सक्दैनौं कि भविष्यमा के हुनेछ | त्यसैले हामीले प्रयास गर्दा दुर्घटनावश नतिजा प्राप्त हुन्छ | जस्तै, विद्यालयमा हामीले प्रयास गर्नुपर्छ तर हुन सक्छ भोली हाम्रो स्तरोन्नति हुनेछ |

प्रभुपाद: यदि तिमी दुर्घटनामा विश्वास गर्छौ भने तिमीले कुनै पनि कार्यको लागि प्रयास गर्नुपर्दैन | केहि पनि दुर्घटनावश हुँदैन |

हरि-शौरी: के हामीले भन्न सक्दैनौं कि मानिसको गतिविधिको कारण विभिन्न परिस्थितिहरु उत्पन्न हुन्छन् ? मैले चिनेको एउटा व्यक्तिले मलाई पत्र लेखेको थियो र....

प्रभुपाद: गतिविधि र भगवानको अनुमति- दुई कुरा | पाँच कारणहरु छन्: गतिविधि, स्थान, शक्तिको मात्रा र अन्त्यमा भगवानको अनुमति | तब कार्यहरु सम्पन्न हुन्छन् | अन्यथा दुर्घटनाको कुनै प्रश्न उठ्दैन |