NE/Prabhupada 0869 - सर्वसाधारण व्यस्त मूर्ख हुन् । हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं



750629 - Conversation in Car after Morning Walk - Denver


सर्वसाधारण व्यस्त मूर्ख हुन् | हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं

प्रभुपाद:..... र व्यस्त मूर्ख अन्तिम श्रेणीको मानिस हो | वर्तमान समयमा तिनीहरु "मूर्ख व्यस्त" हुन् |

तमाल कृष्ण: तिनीहरु अल्छि मूर्ख भन्दा बेकार छन् |

प्रभुपाद: हँ ?

तमाल कृष्ण: तिनीहरु अल्छि मूर्ख भन्दा बेकार छन् |

प्रभुपाद: हो | अल्छि मूर्ख त मूर्ख हुन्छ तर ऊ अल्छि हुन्छ, उसले कुनै हानी गर्दैन | तर व्यस्त मूर्खले केवल हानी सिर्जना गर्छ | वर्तमान समयमा सर्वसाधारण व्यस्त मूर्ख हुन् | हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं | एउटा बुद्धिमान मानिस अल्छि हुनुपर्छ, अन्यथा उसले कसरी बुद्धिमानीपूर्वक कार्य गर्न सक्छ | "ठिकै छ, म विचार गरुँला |" तिमीले आशा राख्न सक्दैनौ कि बुद्धिमान मानिसले सजिलै निर्णय गर्नेछ |

तमाल कृष्ण: उसलाई अल्छि भन्न सकिन्छ, तर त्यो तम-गुण होइन |

प्रभुपाद: त्यो धीरता हो | वर्तमान समयमा "व्यस्त मूर्ख" सिर्जना गर्ने प्रवृत्ति छ | साम्यवादीहरु व्यस्त मूर्ख हुन् |