NE/Prabhupada 0874 - जो आध्यात्मिक स्तरमा विकसित भएको छ, ऊ प्रसन्नात्मा हुन्छ । ऊ प्रसन्न रहन्छ



750519 - Lecture SB - Melbourne

त्यसकारण, विद्याविनय अर्थात् अत्यन्त विद्वान् तथा भद्र शास्त्रवित्, विद्याविनयसम्पन्ने ब्राह्मणे गवि, अर्थात् एउटा गाई तथा हस्ति अर्थात् हात्ती, विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि तथा शुनि अर्थात् कुकुर – तथा श्वपाक...श्वपाक भनेको कुकुरको मासु खाने मानिस हो । संसारमा अनेक किसिमका मानिसहरू पाइन्छन् जसले विभिन्न प्रकारका मासुहरू मन पराउँछन् । तर जसले कुकुरको मासु खान्छ उसलाई अत्यन्त तल्लो स्तरको मानिन्छ । त्यसकारण, शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः (भगवद्गीता ५।१८) । जो पण्डित अर्थात् विद्वान् छ उसले सबै जनालाई एउटै स्तरमा देख्दछ । त्यो समान स्तर भनेको के हो ? त्यो होः आत्माको स्तर । उसले बाह्य शरीरलाई हेर्दैन । त्यसलाई ब्रह्म–दर्शिन भनिन्छ । पण्डिताः सम–दर्शिनः । र यदि कोही त्यो स्तरमा अवस्थित हुन्छ अर्थात्ः ब्रह्मभूतः प्रसन्नात्मा न शोचति न कांक्षति समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम् (भगवद्गीता १८।५४) । जब कसैले आत्मा–साक्षात्कार गर्दछ र ऊ शरीर होइन भन्ने जान्दछ, र ऊ जीवात्मा हो भन्ने जान्दछ भने त्यस्तो ब्रह्मभूतः मानिसका लक्षणहरू के–के हुन् ? अब, प्रसन्नात्माः ऊ तत्काल अत्यन्त प्रसन्न बन्दछ । जबसम्म हामी भौतिकता अर्थात् देहात्म–बुद्धिमा लिप्त रहन्छौँ तबसम्म हामी सधैँ चिन्तित रहन्छौँ । यो परीक्षा हो । यदि कोही चिन्तातुर छ भने ऊ भौतिक स्तरमै छ भन्ने बुझिन्छ । र जो आध्यात्मिक स्तरमा विकसित भएको छ ऊ प्रसन्नात्मा हुन्छ । ऊ प्रसन्न रहन्छ । प्रसन्नात्मा भनेको के हो ? न शोचति न कांक्षतिः उसले केही पनि चाहँदैन र यदि उसले प्राप्त गरेको कुनै वस्तु गुमाउँछ भने पनि ऊ त्यसका लागि विलाप गर्र्दैन । यत्ति हो । यो भौतिक संसारमा हामी त्यो वस्तुको पछाडि दगुरिरहेका छाँै जुन हामीसँग छैन । र यदि हामीले कुनै वस्तु प्राप्त ग¥यौँ तर त्यो हरायो भने हामी विलाप गर्न थाल्छौँ । हाम्रो दुईओटा प्रवृत्ति छः शोचन तथा आकांक्षा । सबैजना अत्यन्त महान् व्यक्ति बन्न चाहन्छन् । त्यसलाई आकांक्षा भनिन्छ । र यदि उसले आफ्नो सम्पत्ति गुमाउँदछ भने ऊ विलाप गर्न थाल्दछ । अतः यी दुई प्रवृत्तिहरू तब माात्र समाप्त हुनेछन् जब तपाईं आध्यात्मिक स्तरमा अवस्थित हुनुहुनेछ । ब्रह्मभूतः प्रसन्नात्मा न शोचति न कांक्षति समः सर्वेषु भूतेषु...(भगवद्गीता १८।५४) जबसम्म मानिसले आध्यात्मिक बोध प्राप्त गर्दैन तबसम्म उसले सबैलाई समान दृष्टिले हेर्न सक्दैन । त्यसपछि, समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम् । यसप्रकार, ब्रह्मभूतः स्थितिलाई पार गरेपछि मात्र मानिस भगवान्को वास्तविक भक्त बन्न सक्दछ । त्यसकारण, यो भक्तिमार्ग त्यति सजिलो छैन । तर भगवान् श्रीचैतन्य महाप्रभुको कृपाले हामीले यहाँ तिमीहरूको देशमा उहाँको अर्चाविग्रह स्थापना गरेका छौँ । तिमीहरू अत्यन्त सौभाग्यशाली छौ किनभने श्रीचैतन्य महाप्रभु तिमीहरूको देशमा आउनुभएको छ, सम्पूर्ण प्रकारका चिन्ताहरूबाट मुक्त हुने उपाय सिकाउनका लागि । यही नै श्रीचैतन्य महाप्रभुको अभियान हो । सबैजना चिन्ताग्रस्त छन् तर सबैजना यी सम्पूर्ण चिन्ताहरूबाट मुक्त हुन सक्दछन्, यदि उनीहरू श्रीचैतन्य महाप्रभुले निर्देश गर्नुभएको मार्गमा हिँड्दछन् भने । र श्रीचैतन्य महाप्रभुको उपदेश के छ ? यो अति सरल छ । हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम् कलौ नास्त्येव नास्त्येव नास्त्येव गतिरन्यथा (चै.च. आदिलीला १७।२१) । यो श्रीचैतन्य महाप्रभुले रच्नुभएको श्लोक होइन । यो श्लोक बृहन्नारदीय पुराणमा उल्लिखित छ । यो उपदेश त्यहाँ दिइएको छ । यो कलियुगमा मानिसहरू पतित छन् । त्यसकारण, उनीहरूलाई भक्तिको अत्यन्त सरल मार्ग दिइएको छ । तिनीहरू कुनै पनि शक्तिशाली तथा कठोर तपस्याहरू गर्न सक्दैनन् । यो सम्भव छैन । उनीहरूलाई केवल भगवान्को पवित्र नामको उच्चारण गर्ने निर्देशन दिइएको छ । यत्ति नै हो । यो जसले पनि गर्न सक्दछ । यो कठिन पनि छैन । यदि तपाई भन्नुहुन्छ कि “तपाईं भारतबाट आउनुभएको हो । तपाईंको चैतन्य महाप्रभु पनि भारतीय हुनुहुन्छ र उहाँले हरे कृष्ण मन्त्रको उच्चारण गर्ने निर्देशन दिनुभएको छ । म किन हरे कृष्णको उच्चारण गर्ने ? मेरो आफ्नै इष्टदेवता छ ।” ठीक छ, यदि तपाईंको आफ्नै भगवान् हुनुहुन्छ भने तपाईं त्यही भगवान्को नाम उच्चारण गर्नुहोस् । श्रीचैतन्य महाप्रभुले केवल कृष्णको मात्र नाम उच्चारण गर भन्नुभएको छैन । यदि भगवान्सँग तपाईंको कुनै सम्बन्ध छ भने, र यदि तपाईंलाई भगवान्को नाम र ठेगाना (हाँसो चल्छ) थाहा छ भने तपाईं उहाँको नाम जप गर्नुहोस् । दुर्भाग्यवश, तपाईं थाहा छैन कि भगवान् को होः न त तपाईंलाई उहाँको ठेगााना अथवा लीलाहरूको नै ज्ञान छ । त्यसकारण, कृष्ण नामलाई स्वीकार्नुहोस् । यहाँ स्पष्ट नाम उपलब्ध छ । र हामी तपाईंलाई उहाँको ठेगाना, पिताको नाम, माताको नाम सबै विवरण दिनेछौँ । अतः श्रीचैतन्य महाप्रभुले भन्नुभएको छ कि यदि तपाईंसँग तपाईंको आफ्नै भगवान्को नाम छ भने तपाईं त्यही नाम जप्नुहोस् । तपाईंहरूमध्ये कसैलाई भगवान्को कुनै नाम थाहा छ ? कसैलाई पनि थाहा छैन ? भक्तः यहोवा । प्रभुपादः यहोवा । ठीक छ, त्यसोभए तिमी यहोवा जप । यो श्रीचैतन्य महाप्रभुको निर्देशन हो कि यदि तपाईंलाई यो भगवान्को नाम हो भन्ने लाग्छ भने तपाईं त्यही नामको जप गर्नुहोस् । नाम्नामकारि बहुधा निजसर्वशक्तिः तत्रार्पिता नियमितः स्मरणे न कालः (चै.च. अन्त्यलीला २०।१६, शिक्षाष्टक २) । यो श्रीचैतन्य महाप्रभुको उपदेश हो कि भगवान्को पवित्र नाम पनि भगवान्जस्तै शक्तिशाली हुन्छ ।