NE/Prabhupada 0877 - यदि तिमीहरू आदर्श छैनौ भने नयाँ केन्द्र खोल्नु व्यर्थ हुनेछ



750519 - Lecture SB - Melbourne


मधुद्विषः एउटा कुकुरको मासु खाने मानिस प्रथम श्रेणीको मानिस बन्न सम्भव हुन्छ र ?

प्रभुपादः अवश्य । आफ्नो जिब्रोलाई यी दुई कर्ममा लगाऊः हरे कृष्ण मन्त्रको उच्चारण गर र प्रसाद खाऊ । त्यसपछि, तिमीले कुकुरको मासु खान भुल्नेछौ । (हाँसो चल्छ) यसमा कुनै पनि अपवाद छैन । सबैजना कृष्णभावनाभावित बन्न सक्छन् यदि उनीहरू पालन गर्दछन् भने, सुरुवातमा, यी दुई नियमहरूः हरे कृष्ण मन्त्रको उच्चारण गर्नुहोस् र प्रसाद लिनुहोस् । यत्ति नै पर्याप्त छ । परीक्षा गर्नुहोस् । परीक्षण गरी हेर्नुहोस् । मन्दिर यहीँ छ । हामी निमन्त्रणा गरिरहेका छौँ । यहाँ आउनुहोस् । र यी दुईओटा काम गर्नुहोस् । अनि हाम्रो मधुद्विष महाराज तपाईंलाई प्रसाद वितरण गर्न तथा नाचगान गर्ने अवसर दिन तयार हुनुहुन्छ । यत्ति नै हो । कठिनाई के छ ? तपाईंले यसका लागि केही पनि तिर्नुपर्दैन । यसमा कुनै नोक्सानी छैन । र यसमा तपाईंलाई फाइदा छ भने तपाईं किन प्रयास गर्नुहुन्न ?

मधुद्विषः श्रील प्रभुपाद, यहाँ आएर हरे कृष्ण मन्त्रको कीर्तन गर्नु तथा प्रसाद लिनु किन आवश्यक छ ?

प्रभुपादः केवल...किनभने यहाँ केन्द्र छ । सबै कुराहरू राम्ररी सम्पन्न गरिँदैछ । तपाईंले सिक्नुहुनेछ । जस्तै, केही सिक्नका लागि तपाईं विद्यालय अथवा कलेजमा जानुपर्दछ । त्यसैगरी, यदि तपाईंलाई आध्यात्मिक जीवनको शिक्षा लिनु छ भने, तिनीहरू यहाँ आउनेछन् र अवलोकन गर्नेछन् कि मानिसहरू यहाँ आदर्श जीवन बिताइरहेका छन् । त्यसकारण, तिमीहरू आदर्श बन्नुपर्दछ । यदि तिमीहरू आदर्श छैनौ भने केन्द्र खोल्नु व्यर्थ हुनेछ । तिमीहरूले आदर्श व्यवहार गर्यौ भने तिनीहरू आउनेछन्, हेर्नेछन् र सिक्नेछन् । यदि तिमी कुनै विद्यालयमा जान्छौ तर त्यहाँका प्राध्यापकहरू बदमाश छन् भने तिमीले त्यहाँ के सिक्नेछौ ? यो दुईतर्फी अर्थात् पारस्पारिक हुनुपर्दछ । तिमीहरूले पनि प्राध्यापक अर्थात् शिक्षकको भूमिका खेल्नुपर्नेछ । तिमीहरूको जीवन आदर्श हुनुपर्दछ । तब मात्र तिनीहरू आउनेछन्, हेर्नेछन् र सिक्नेछन् ।

माताजीः श्रील प्रभुपाद, यदि राजाहरूलाई सम्पूर्ण ब्रह्माण्डको शासन गर्ने प्रशिक्षण दिइन्थ्यो भने, के यसको अर्थ यो ब्रह्माण्डका सम्पूर्ण लोकहरू हो अथवा केवल यो पृथ्वी ?

मधुद्विषः उहाँ आश्चर्यचकित हुनुभएको छ किनभने एउटै राजाले सम्पूर्ण संसारमाथि शासन गर्न कसरी सम्भव हुन सक्छ त ? यस्तो लाग्दछ कि यो अत्यन्त कठिन छ । आजभोलि हामीसँग अनेक नेताहरू छन् तर तिनीहरू राम्ररी व्यवस्थापन गर्न सक्दैनन्...

प्रभुपादः त्यसलाई भुलिदेऊ । तिमी आफूले शासन गर्न सक्दैनौ भन्दैमा अरुले पनि सक्दैनन् भनेर तिमी किन सोचिरहेका छौ ? तिमी आफअनुसार सोचिरहेका छौ । तर त्यस्ता राजाहरू छन् । त्यो सम्भव छ । अतः त्यो हाम्रो कर्मक्षेत्र होइन । यो त अन्य मानिसहरू तथा राजनैतिक व्यक्तिको कर्मक्षेत्र हो...तर ... हाम्रो कर्तव्य होः यही जीवनमा आफ्नो आध्यात्मिक स्थितिलाई सुधार्नु । यदि तिमीले सम्पूर्ण विश्वको शासन गर्दैनौ भने पनि केही फरक पर्दैन । त्यति हुँदाहुँदै पनि तिमी यो संसारमाथि शासन गर्न किन व्यग्र छौ ? यो हाम्रो दायित्व होइन । तिमीले हरे कृष्ण मन्त्रको उच्चारण गर अनि प्रसाद खाऊ । (हाँसो चल्छ)