NE/Prabhupada 0892 - यदि तिमीले उपदेशहरू पालन गरेनौ भने तिमी कसरी शाश्वत सेवक रहिरहन सक्छौ ?



750522 - Lecture SB 06.01.01-2 - Melbourne


प्रभुपादः अँ ।

भक्तः किनभने हजुर यहाँ हुनुहुन्छ र अन्य सम्पूर्ण भक्तहरू हजुरका शिष्यहरू छन्, श्रील प्रभुपाद, शाश्वत शिष्यहरू, शाश्वत सेवकहरू । तर हामीले अर्को जीवनमा पनि यही भौतिक संसारमा जन्म लिनुपर्यो भने के हुन्छ ? हामी कसरी हजुरको प्रत्यक्ष सेवा गर्न सक्षम हुनेछौँ ?

प्रभुपादः हो । यदि तिमी यही भौतिक संसारमा रह्यौ भने पनि... यदि तिमीले आफ्नो आध्यात्मिक जीवनलाई पूर्ण गरेका छैनौ भने तिमीले राम्रो जन्म प्राप्त गर्नेछौ । शुचीनां श्रीमतां गेहे योगभ्रष्टोः सञ्जायते (भगवद्गीता ६।४१)ः “कृष्णभावनामृतलाई पूर्ण गर्न असफल रहेको भक्तलाई पुनः अर्को अवसर प्रदान गरिन्छ उसलाई एउटा अत्यन्त कुलीन परिवारमा अथवा असल र शुद्ध ब्राह्मण परिवारमा जन्म लिने अवसर प्राप्त हुन्छ, उसलाई एउटा अत्यन्त कुलीन परिवारमा अथवा असल र शुद्ध ब्राह्मण परिवारमा जन्म लिने अवसर प्राप्त हुन्छ |

भक्तः के यसको अर्थ अर्को गुरुसँग दीक्षा लिने भन्ने हो अथवा ऊ हजुरकै शाश्वत शिष्य रहिरहन्छ ?

मधुद्विषः उहाँको प्रश्न होः जब हामीले हजुरसँग दीक्षा लियौँ, हामीले बुझ्यौँ कि हामी हजुरको शाश्वत सेवक बन्यौँ ।

प्रभुपादः हो ।

मधुद्विषःतर यदि हामीले पुनः अर्को जन्म लिनुपर्यो भने...

प्रभुपादः तर यदि तिमीले शाश्वत रूपमै उपदेशको पालना गर्दछौ भने... र यदि तिमी उपदेशबाट पतित भयौ भने तिमी कसरी शाश्वत सेवक रहिरहन सक्छौ ? तिमी त्यो स्तरमा रहिरहनुपर्दछ । त्यसपछि, तिमी शाश्वत रूपमै सुरक्षित रहन सक्दछौ । यदि तिमी त्यो स्तरबाट पतित हुन्छौ भने त्यो तिम्रो गल्ती हो । जस्तै, हामी सबै वैकुण्ठलोकमा थियौँ । तर हामीले यो भौतिक संसारको आनन्द लिन इच्छा गर्यौँ । हामी जय र बिजयजस्तै वैकुण्ठबाट पतित भएका हौँ । अब हामी पुनः वैकुण्ठ फर्कने प्रयास गरिरहेका छौँ । अतः हामी भन्दछौँ, “भगवद्धाम फर्क ।” अतः सबै कुरा...प्रकृया यहाँ छ । यदि तिमीले यो प्रकृया अपनाउँछौ भने तिमी भगवद्धाम फर्कनेछौ । तर यदि तिमी पतित भयौ भने त्यो हाम्रो गल्ती हो । त्यसकारण, हाम्रो जीवन तपस्याका लागि हो, भगवान् ऋषभदेवको उपदेश यही हो, हामीले हाम्रो जीवनलाई कुकुर तथा सुँगुरको जीवनजस्तै अर्थहीन बनाउनुहुँदैन । हाम्रो जीवनलाई तपस्याका लागि उपयोग गर्नुपर्दछ, आफ्नो स्वरूपलाई बुझ्नका लागि उपयोग गर्नुपर्दछ । तपो पुत्रका येन शुद्धयेद् सत्व (श्रीमद्भागवत ५।५।१) । जीवनको उद्देश्य यही हो । हामीले हाम्रो अस्तित्वलाई शुद्ध बनाउनुपर्दछ । वर्तमान समयमा हाम्रो अस्तित्व अशुद्ध छ । अतः हामी जन्म, मृत्यु, वृद्धावस्था तथा रोगको शिकार बनेका छौँ । र जब हामीले आफूलाई शुद्ध बनाउँछौँ तब हामी भौतिक प्रकृतिका यी चार नियमहरूको शिकार बन्नुपर्दैन ।

धेरै धेरै धन्यवाद । हरे कृष्ण ।

भक्तहरूः हरे कृष्ण, जय !