NE/Prabhupada 0928 - केवल कृष्णप्रतिको अहैतुकी प्रेम बढाऊ । त्यो जीवनको पूर्णता हो



730423 - Lecture SB 01.08.31 - Los Angeles


प्रभुपाद: सबजनालाई थाहा छ कि मनको गति कति छ | एक सेकेन्डको दश-हजारौं भागमा पनि तिमी लाखौं मील टाढा जान सक्छौ | मनको गति धेरै द्रुत छ | तिमी यहाँ बस्दैछौ र तिमीले लाखौं मील पर कुनिया कुरा देख्यौ भने तिमी तत्काल........ तिम्रो मन तत्काल जान सक्छ | यी दुई उदाहरणहरु दिइएको छ | तिनीहरु कति वैज्ञानिक छन् हेर्न सक्छौ | यी धुर्तहरुले भन्छन् कि अतितमा विकसित मन वा विकसित वैज्ञानिकहरु थिएनन् | तब यी शब्दहरु कहाँबाट आए ? हावाको गति, मनको गति | जबसम्म कुनै अनुसन्धान भएको थिएन, कुनै ज्ञान थिएन, यी पुस्तकहरु कसरी लेखिएक थिए ? पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि मनसः (ब्र स ५|३४) | र द्रुत गतिका विमानहरु कसरी उत्पादित हुन्छन् ? मुनि-पुङ्गवानाम् | महान वैज्ञानिकहरु र महान विचारकहरुद्वारा | उनीहरुद्वारा उत्पादित | के त्यो पूर्णता हो ? होइन | ऽप्यस्ति यत् प्रपद​-सीम्न्य् अविचिन्त्य​-तत्त्वे | तब पनि तिमी यो सृष्टिलाई बुझ्न असक्षम हुन्छौ | यदि तिमी यति विकसित छौ कि तिमी यो गतिमा कुद्न सक्छौ र यदि तिमी महान वैज्ञानिक वा दार्शनिक हौ भने पनि तिमी उही स्थानमा रहन्छौ, केहि बुझ्दैनौ | त्यसो भए हामीले कृष्णलाई कसरी बुझ्न सक्छौं ? कृष्णले यी साबि कुराहरु सिर्जना गर्नुभएको छ | यदि तिमीले कृष्णद्वारा सिर्जित कुराहरु बुझ्न सक्दैनौ भने तिमीले कृष्णलाई कसरी बुझ्छौ ? त्यो थोरै पनि सम्भव छैन | तसर्थ भक्तहरुको लागि यस वृन्दावन अवास्थाको मन नै पूर्णता हो | उनीहरु कृष्णलाई बुझ्न वास्ता गर्दैनन् | उनीहरु कुनै सर्त बिना कृष्णलाई प्रेम गर्न चाहन्छन् | "कृष्ण भगवान हुनुभएको कारण, म प्रेम गर्छु....." उनीहरुको मनासिक्तात त्यस्तो छैन | कृष्ण वृन्दावनमा भगवानको रुपमा प्रकट हुनुहुन्न | उहाँ त्यहाँ साधारण ग्वाल्बालको रुपमा हुनुहुन्छ | तर केहि समयमा उहाँले प्रमाणित गर्नुहुन्छ कि उहाँ सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ | तर तिनीहरु यो कुरा जान्न चाहँदैनन् | वृन्दावन बाहिर...... जस्तै कुन्तीदेवी | कुन्तीदेवी वृन्दावनवासी होइनन् | उनी हस्तिनापुरकी वासिन्दा हुन्, कुन वृन्दावन बाहिर छ | बाहिरका भक्तहरु, जो वृन्दावन बाहिर छन्, उनीहरु देख्छन् कि वृन्दावनवासीहरु कति महान छन् | तर वृन्दावनवासीहरुलाई मतलब छैन कि कृष्ण कति महान हुनुहुन्छ | त्यो भिन्नता छ | हाम्रो एकमात्र कार्य कृष्णलाई प्रेम गर्नु हो | तिमी कृष्णलाई जति धेरै प्रेम गर्छौ, तिमी त्यति नै पूर्ण हुन्छौ | कृष्ण वा उहाँको सृष्टि बुझ्नु जरुरि छैन | यी कुराहरु वर्णित छन् | कृष्णले स्वयं भगवद गीतामा वर्णन गर्नुभएको छ | कृष्णलाई बुझ्न धेरै कष्ट नगर | त्यो सम्भव छैन | केवल कृष्णप्रतिको अहैतुकी प्रेम बढाऊ | त्यो जीवनको पूर्णता हो |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: हरे कृष्ण, जय !