NE/Prabhupada 0938 - येशु ख्रिस्टको कुनै गल्ति थिएन । भगवानको बारेमा प्रचार गर्नु नै उनको एकमात्र गल्ति थियो



730425 - Lecture SB 01.08.33 - Los Angeles


प्रभुपाद: एउटा वर्गका मानिसहरु छन् जसलाई असुर भनिन्छ | तिनीहरु सुर​-द्विषाम् | तिनीहरु सधैं भक्तप्रति ईर्ष्या गर्छन् | तिनीहरुलाई राक्षस भनिन्छ | जस्तै प्रह्लाद महाराज र उनका पिता हिरण्यकशिपु | हिरण्यकशिपु प्रह्लाद महाराजको पिता थियो तर प्रह्लाद महाराज भक्त भएको कारण ऊ इर्ष्यालु भयो | राक्षसहरुको प्रकृति यस्तो हुन्छ | यति इर्ष्यालु कि ऊ आफ्नो पुत्रलाई मार्न पनि तयार थियो | एकमात्र गल्ति भनेको ती बालकले हरे कृष्ण जप्दै थिए | त्यो उनको गल्ति थियो | पिताले सहन सकेन....... तसर्थ तिनीहरुलाई सुर-द्विषाम् भनिन्छ, सधैं भक्तहरुको इर्ष्या गर्ने | राक्षस भनेको सधैं भक्तहरुको ईर्ष्या गर्ने | यो भौतिक जगत यति बेकार स्थान हो कि...... तिमीसँग धेरै राम्रो उदाहरण छ | जस्तै येशु ख्रिस्ट | उनको गल्ति के थियो ? तर सुर-द्विषाम्, इर्ष्यालु मानिसहरुले उनलाई मारे | र यदि हामीले येशु ख्रिस्टको विश्लेषण गर्छौं भने उनको कुनै गल्ति थिएन | एकमात्र गल्ति भनेको उनले भगवानको बारेमा प्रचार गर्दै थिए | तर उनले धेरै शत्रु पाए | उनलाई निर्ममतापूर्वक सुलीमा चढाइएको थियो | तिमीले सधैं यस्तो पाउनेछौ, सुर-द्विषाम् | कृष्ण यी सबै सुर-द्विषामलाई मार्न आउनुहुन्छ | तसर्थ वधाय च सुर​-द्विषाम् | यी इर्ष्यालु मानिसहरु मारिन्छन् | तर यो मार्ने प्रक्रिया कृष्णको अनुपस्थितिमा पनि हुन सक्छ | किनकि धेरै प्राकृतिक शक्ति, युद्ध, महामारी, भोकमरीजस्ता माध्यम छन् | जे पनि | केवल कार्यरत हुनुपर्छ | लाखौं मानिसहरु मर्छन् | यी धुर्तहरुलाई मार्न कृष्णलाई यहाँ आउन आवश्यक छैन | तिनीहरुलाई केवल कृष्णको निर्देशनमा प्रकृतिको नियमद्वारा मार्न सकिन्छ | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः (भ गी ३|२७) | सृष्टि-स्थिति-प्रलय​-साधन​-शक्तिर् एका (ब्र स ५|४४) | प्रकृतिसँग यति शक्ति छ कि यिनले सिर्जना गर्न सक्छिन्, यिनले पालन गर्न सक्छिन्, यिनले विनाश गर्न सक्छिन्, सबै गर्न सक्छिन् | प्रकृति धेरै शक्तिशाली छिन् | सृष्टि-स्थिति-प्रलय | सृष्टि भनेको सिर्जना, स्थिति भनेको पालन र प्रलय भनेको विनाश | प्रकृतिले यी तीन कार्य गर्न सक्छिन् | जस्तै यो भौतिक सृष्टि प्राकृतिक छ | यसको पालन हुँदैछ | प्रकृतिको कृपाले हामीले सूर्यको प्रकास प्राप्त गर्दैछौं, हामीले हावा प्राप्त गर्दैछौं, हामीले वर्षा प्राप्त गर्दैछौं र आफ्नो भोजन उमार्दैछौँ, राम्ररी खाँदैछौं, राम्ररी बढ्दैछौं | यो पालन पनि प्रकृतिले गर्दैछिन् | तर कुनै पनि समयमा सबै कुरा एउटा बलवान हुरीले समाप्त हुन सक्छ | प्रकृति यति शक्तिशाली छिन् | त्यसैले यी दानवहरुलाइ मार्न प्रकृति पहिल्यै छिन् | अवश्य पनि, प्रकृति कृष्णको निर्देशन अन्तर्गत कार्यरत छिन् | मयाध्यक्षेण प्रकृतिः सूयते स​-चराचरम् (भ गी ९|१०) | यदि कृष्णले यी दानवहरु मर्नुपर्छ भन्नुहुन्छ भने प्रकृतिको एक चुट्कीले एउटा बलवान हुरीले लाखौंलाई मार्न सक्छ | त्यो प्रयोजनको लागि कृष्ण आउनुहुन्न | तर यहाँ भनिए अनुसार कृष्ण आउनुको कारण याचित | कृष्ण वसुदेव र देवकी जस्ता भक्तको अनुरोधको कारण आउनुहुन्छ | त्यो उहाँको अवतरणको कारण हो | र उही समयमा यहाँ आउँदा उहाँले यो पनि देखाउनुहुन्छ कि "जो मप्रति ईर्ष्या राख्छ, म तिनीहरुलाई मार्छु |" अवश्य पनि, उहाँले मार्नु र पालन गर्नु उही कुरा हो | उहाँ परम हुनुहुन्छ | कृष्णले जसलाई मार्नुहुन्छ, उसले तत्काल मुक्ति प्राप्त गर्छ, जुन कुरा प्राप्त गर्न लाखौं वर्ष लाग्छ | मानिस भन्ने गर्छन् कि कृष्ण यो प्रयोजन वा त्यो प्रयोजनको लागि आउनुहुन्छ तर वास्तवमा कृष्ण भक्तको लाभको निमित्त आउनुहुन्छ, क्षेमाय​ | क्षेमाय​को अर्थ के हो ? पालनको निमित्त ? भक्त: "कल्याणको निमित्त |" प्रभुपाद: कल्याणको निमित्त | भक्तहरुको कल्याणको निमित्त | उहाँले सधैं भक्तको कल्याण देख्न चाहनुहुन्छ | तसर्थ कुन्तीको यस उपदेश अनुसार हामीले सधैं भक्त बन्ने प्रयास गर्नुपर्छ | तब हामीमा सम्पूर्ण राम्रा गुणहरु आउनेछन् | यस्यास्ति भक्तिर् भगवत्य् अकिञ्चना सर्वैर् गुणैस् तत्र समासते सुराः (श्री भा ५|१८|१२) | यदि तिमीले केवल आफ्नो प्राकृतिक भक्ति विकास गर्छौ...... हामीसँग प्राकृतिक रुपमा भक्ति छ | जस्तै पिता र पुत्रबीच प्राकृतिक स्नेह हुन्छ | माता-पिताप्रति पुत्रको प्राकृतिक भक्ति हुन्छ | त्यसैगरी, हामीसँग पनि आफ्नो प्राकृतिक भक्ति छ | जब हामी वास्तवमा खतरामा हुन्छौं, तब वैज्ञानिकहरु पनि भगवानलाई प्रार्थना गर्छन् | तर जब तिनीहरु खतरामा हुँदैनन्, तब तिनीहरु भगवानलाई नकार्छन् | तसर्थ यी धुर्तहरुलाई भगवानको अस्तित्व प्रमाणित गर्न खतरा पनि हुनुपर्छ | त्यो प्राकृतिक हो | जीवेर स्वरूप हय नित्य​-कृष्ण​-दास (चै च मध्य २०|१०८-१०९) | यो हाम्रो प्राकृतिक...... कृत्रिम रुपमा हामी भगवानलाई नकार्न प्रयासरत छौं | "भगवान मृत हुनुहुन्छ, भगवान हुनुहुँदैन, म भगवान हुँ, यो भगवान, त्यो भगवान |" यो धुर्तता हामीले त्याग्नुपर्छ | तब हामीले कृष्णबाट सुरक्षा प्राप्त गर्न सक्नेछौं |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: जय प्रभुपाद, हरिबोल !