NE/Prabhupada 0946 - यो तथाकथित भ्रामिक खुसीको लागि हामी एउटा शरीरबाट अर्को शरीरमा स्थानान्तरित हुन्छौं



720831 - Lecture - New Vrindaban, USA


बद्ध जीवन भनेको हामी एउटा भौतिक शरीर स्वीकार्छौं, जुन धेरै प्रकारले बद्ध छ | जस्तै शरीरमा छ प्रकारका परिवर्तनहरु हुन्छन् | यो जन्मिन्छ | शरीर जन्मिन्छ, जीव होइन | यो निश्चित मितीमा जन्मिन्छ, यो केहि समयको लागि रहन्छ, यो हुर्किन्छ, यसले बच्चा जन्माउँछ, अनि शरीर क्षीण हुन्छ र अन्तिममा नाश हुन्छ | छ प्रकारका परिवर्तनहरु | यी पाँच प्रकारका परिवर्तनहरुमात्र होइन तर विभिन्न पिडाहरु पनि छन् | तिनीहरुलाई त्रिताप भनिन्छ: शरीरको कारण हुने, मनको कारण हुने, अरु जीवको कारण हुने, प्राकृतिक विपत्तिको कारण हुने | र सबै कुराको सारांश चार सिद्धान्तमा दिइएको छ, जन्म, मृत्यु, बुढ्यौली र रोग | यो हाम्रा बद्ध जीवन हो | जीवनका यी परिस्थितिबाट निस्किन, यदि हामीले आफ्नो भागवत चेतना वा कृष्ण चेतना पुनर्जागृत गर्छौं, वा भगवान चेतना, तपाईले जे भन्नुहुन्छ, जब हामीले "कृष्ण" भन्छौं, हामीले भगवानको बारेमा भनिरहेका हुन्छौं | भागवत चेतना, कृष्ण चेतना वा हाम्रो मौलिक चेतना | जस्तै, हामी सबजनालाई याद छ कि "म फलानो-फलानो सज्जनको पुत्र हुँ | फलानो-फलानो सज्जन मेरो पिता हुनुहुन्छ |" आफ्नो पिता र उहाँसँगको सम्बन्ध याद गर्नु स्वव्हाविक हो | र साधारण व्यापारमा पनि, आचरण यो हुन्छ कि यदि कसैले आफ्नो परिचय खुलाउँछ भने उसले आफ्नी पिताको नाम दिनुपर्छ | भारतमा यो धेरै जरुरि छ, र पिताको नाम सबैको अन्तिम नाम हुन्छ | जब हामीले आफ्ना परम-पिता कृष्णलाई बिर्सिन्छौँ र हामी स्वतन्त्रतापूर्वक बाँच्न चाहन्छौं..... स्वतन्त्रपूर्वक भनेको जब हामी आफ्नो इच्छा अनुसार जीवन भोग गर्न चाहन्छौं | त्यसलाई तथाकथित स्वतन्त्रता भनिन्छ | तर त्यस्तो स्वतन्त्रताले हामी कहिल्यै खुसी हुँदैनौं, त्यसैले हामी तथाकथित भ्रामिक खुसीको लागि एउटा शरीरबाट अर्को शरीरमा स्थानान्तरित हुन्छौं | किनकि निश्चित शरीरमा खुसीको निश्चित सुविधा हुन्छ | जस्तै हामी सबजना आकाशमा उड्न चाहन्छौं | तर हामी मानव भएको कारण हामीसँग पखेटा छैन र हामी उड्न सक्दैनौं | तर पंक्षीहरु पशु भए तापनि सजिलै उड्न सक्छन् | यस प्रकार, यदि तपाईले विश्लेषणात्मक अध्ययन गर्नुहुन्छ भने हरेक शरीरको निश्चित सुविधा हुन्छ, जब अरुसँग हुँदैन | तर हामी जीवनको सम्पूर्ण सुविधा चाहन्छौं | त्यो हाम्रो झुकाव हो |