NE/Prabhupada 0980 - हामी भौतिक समृद्धिद्वारा खुसी हुन सक्दैनौं, यो तथ्य हो



720905 - Lecture SB 01.02.06 - New Vrindaban, USA

प्रद्युम्न: अनुवाद: "सम्पूर्ण मानवताको सर्वोच्च कर्तव्य वा धर्म त्यो हो जसबाट मानिसहरु भगवानको प्रेममय भक्तिमा संग्लग्न हुन सक्छन् | आत्माको पूर्ण सन्तुष्टिको निमित्त त्यस्तो भक्ति अहैतुकी र निरन्तर हुनुपर्छ |

प्रभुपाद: स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे अहैतुक्य् अप्रतिहता ययात्मा सुप्रसीदति (श्री भा १|२|६) सबजना सन्तुष्टि, अत्यन्तिक्षु खोज्दैछन् | सबजना सर्वोच्च खुसीको लागि संघर्ष गर्दैछन् | तर यो भौतिक जगतमा, तिनीहरु सोच्दैछन् कि भौतिक सम्पत्तिद्वारा सन्तुष्ट हुन सकिन्छ तर त्यो तथ्य होइन | उदाहरणको लागि तिम्रो देशमा पर्याप्त भौतिक ऐश्वर्य छ तर अझै पनि त्यहाँ सन्तुष्टि छैन | भौतिक आनन्दको सारा व्यवस्था पश्चात पनि, पर्याप्त भोजन, पर्याप्त...... राम्रो घर, गाडी, सडक, र यौन स्वतन्त्रताको धेरै राम्रो व्यवस्था र रक्षाको पनि राम्रो व्यवस्था- सबै पूर्ण छ- तर पनि मानिसहरु असन्तुष्ट छन्, भ्रमित छन्, र युवावर्गहरु हिप्पीमा परिणत हुँदैछन्, विरोध गर्छन्, असन्तुष्ट छन् किनकि तिनीहरु खुसी छैनन् | मैले धेरै पटक उदाहरण दिइसकें कि लस एन्जलसमा, जब म बेवर्ली हिलमा प्रातः कालिन भ्रमण गर्थें, धेरै सम्माननीय घरबाट आएका धेरै हिप्पीहरु हुन्थे | यस्तो लाग्थ्यो कि उसका पितासँग धेरै राम्रो गाडी पनि छ तर उसको पहिरन भने हिप्पीको जस्तो हुन्थ्यो | तथाकथित भौतिक व्यवस्थाको विरुद्ध तिनीहरु विरोध गर्छन्, तिनीहरुलाई मन पर्दैन | वास्तवमा हामी भौतिक समृद्धिद्वारा खुसी हुन सक्दैनौं, यो तथ्य हो | यो पनि श्रीमद भागवतममा वर्णित छ | प्रह्लाद महाराजले आफ्नो नास्तिक पितालाई भन्छन्..... उनको पिता हिरण्यकशिपु थियो | हिरण्य भनेको सुन र कशिपु भनेको मुलायम ओच्छ्यान | त्यो भौतिक सभ्यता हो | तिनीहरु धेरै मुलायम ओच्छ्यान र ओच्छ्यानमा सङ्गी चाहन्छन्, र बैंकमा पर्याप्त धनराशी चाहन्छन् | त्यो हिरण्यकशिपुको अर्को अर्थ हो | ऊ पनि खुसी थिएन | हिरण्यकशिपु खुसी थिएन- कम्तिमा ऊ खुसी थिएन कि उसको पुत्र प्रह्लाद भगवानको भक्त बन्दै थिए कुन उसलाई मन परेको थिएन | त्यसैले उसले आफ्नो पुत्रलाई सोध्यो कि "तिमीले कसरी यस्तो अनुभव गर्दैछौ ? तिमी सानो बालक छौ, तिमी कसरी यति धेरै आराम अनुभव गर्दैछौ, मेरो सम्पूर्ण धम्कि पश्चात पनि | तिम्रो वास्तविक सम्पत्ति के हो ?" उनले जवाफ दिए "मेरो प्रिय पिता, न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१) | मूर्ख मानिसहरु लाई थाहा छैन कि तिनीहरुको खुसीको अन्तिम लक्ष्य भगवान विष्णु हुनुहुन्छ |" गुराशया ये बहिर्-अर्थ​-मानिनः (श्री भा ७|५|३१) | दुराशया, दुर्, आशाको विरुद्ध आशा, तिनीहरु कहिल्यै पुरा नहुने कुराको आशा गर्दैछन् | त्यो के हो ? दुराशया ये बहिर्-अर्थ​-मानिनः |