NE/Prabhupada 0993 - यो पक्का गर कि ऊ भोजन नभएर भोको बसेको छैन । यो आध्यात्मिक साम्यवाद हो



730407 - Lecture SB 01.14.43 - New York


अनुवाद: "के तिमीले ती वृद्ध पुरुष र बालकको ख्याल राखेका छैनौ जो तिमीसँग भोजन गर्न लायक छन् ? के तिमीले उनीहरुलाई त्यागेर आफ्नो भोजन एक्लै लिएका छौ ? के तिमीले घृणित मानिले निर्लज्ज गल्ति गरेका छौ ?"

प्रभुपाद: त "के तिमीले ती वृद्ध पुरुष र बालकको ख्याल राखेका छैनौ जो तिमीसँग भोजन गर्न लायक छन् ?" यो वैदिक संस्कृति हो | जब भोजन वितरण गर्नुपर्छ, पहिलो प्राथमिकता बच्चाहरुलाई दिनुपर्छ | हामीलाई याद छ, हामी अहिले अठासी वर्ष भए पनि, जब हामी चार, पाँच वर्षीय बच्चा थियौं, हामीलाई याद छ | तिमीहरुमध्ये कसैले देखेको होला कि (अस्पष्ट), कोहि छ ? तिमीले देखेको छौ | पहिलो भोजन बच्चको लागि हुन्छ | कहिलेकाही म थोरै जिद्दी हुन्थें,"हुँदैन, म बस्दिनँ, म वरिष्ठ व्यक्तिसँग लिन्छु |" तर त्यस्तो चलन थियो | सर्वप्रथम बच्चालाई राम्ररी खुवाउनुपर्छ, अनि ब्राह्मणहरुलाई अनि बच्चालाई अनि वृद्ध व्यक्तिलाई | परिवारमा बच्चाहरु र वृद्ध व्यक्तिहरु..... केवल महाराज युधिष्ठिर​लाई हेर कि उनी धृतराष्ट्रको ख्याल राख्न कति उत्सुक थिए | उनले युधिष्ठिर​ महाराजको जीवनभरि शत्रुओ भूमिका खेले तापनि वृद्ध मानिसको ख्याल राख्नु परिवारको सदस्यको दायित्व हुन्छ | आफ्ना कान्छा भाई विदुरले गाली गरेपछि जब धृतराष्ट्रले घर छाडे, "मेरो प्रिय दाजु, हजुर अझै पनि पारिवारिक जीवनप्रति आसक्त हुनुहुन्छ, तपाईलाई कुनै लाज छैन | तपाईले ऊबाट आफ्नो भोजन लिंदै हुनुहुन्छ जसलाई तपाईले आफ्नो शत्रु मान्नुहुन्थ्यो | तपाई उनीहरुलाई सुरुवातदेखि मार्न चाहनुहुन्थ्यो | तपाईले उनीहरुको घरमा आगो लगाइदिनुभयो | तपाईले उनीहरुलाई वनवास पठाउनुभयो | तपाईले उनीहरुको जीवन विरुद्ध षड्यन्त्र रच्नुभयो र अहिले सबै सकिएको छ, तपाईका सम्पूर्ण पुत्र, नाति, ज्वाइँ, दाजुभाई, पिता, काका......," मेरो मतलब भिष्म उनको काका थिए | सम्पूर्ण परिवार | कुरुक्षेत्रको युद्धभूमिमा यी पाँच दाजु-भाई बाहेक सबै मारिए | युधिष्ठिर​, भीम​, अर्जुन​, नकुल​, सहदेव​ | सबै पुरुष सदस्यहरु मारिएका थिए | एकमात्र बाँकी सन्तति महाराज परीक्षित थिए | उनी आफ्नी आमाको गर्भमा थिए | र उनका पिता, अर्जुनका पिता, अभिमन्यु मरे | उनी सोह्र वर्षका थिए | भाग्यवश उनकी पत्नी गर्भवती थिइन् | अन्यथा कुरु वंश समाप्त भएको थियो | उनले गालि गरे कि "तपाई अझै पनि यहाँ बस्दै हुनुहुन्छ, कुकुर जसरी केवल एक मुठ्ठी भोजनको लागि | तपाईलाई लाज छैन, मेरो प्रिय दाजु |" उनले यसलाई धेरै गम्भिरतापूर्वक लिए,"हो, मेरो भाई, तिमीले ठिक भन्दैछौ | म के गरूँ त ?" "तत्काल बाहिर निस्कनुहोस् |" "तत्काल बाहिर निस्कनुहोस् | र जङ्गलमा जानुहोस् |" उनी सहमत भए र उनी जङ्गल गए | महाराज युधिष्ठिर​ बिहान सबेरै आउने गर्थे, स्नान गरेर आराधना गरेपछि किनकि उनको पनिलो दायित्व भनेको वृद्ध-मानिसको हेर्देख गर्नु हुन्थ्यो | "मेरो प्रिय काका, तपाईलाई सन्चो छ ? सबै ठिक छ ?" र उनलाई खुसी बनाउन केहि सबै गफ गर्ने थिए | यो पारिवारिक सदस्यको दायित्व हो- बच्चाको ख्याल राख्ने, वृद्ध मानिसको ख्याल राख्ने, घरको एउटा छेपारो, घरको सर्पोको पनि ख्याल राख्ने | यो उपदेश हामीले श्रीमद भागवतममा पाउँछौं, गृहस्थ, ऊ कति जिम्मेवार हुन्छ | त्यहाँ भनिएको छ कि एउटा सर्पो भए पनि..... कसैले पनि सर्पोको ख्याल राख्न सक्दैन | सबजना मार्न चाहन्छन् र कोहि पनि सर्पोलाई मारेर दु:खी हुँदैन | प्रह्लाद महाराजले भने कि, मोदेत साधुर् अपि वृश्चिक​-सर्प​-हत्या (श्री भा ७|९|१४) | उनले भने कि "मेरा पिता सर्पो जस्तै थिए, वृश्चिक, बिच्छु | सर्पो वा बिच्छुलाई मारेर कोहि पनि दु:खी हुँदैन | त्यसैले मेरो प्रभु, हजुर क्रोधित नहुनुहोस् | अब सबै कुरा समाप्त भएको छ, मेरा पिता समाप्त हुनुभएको छ |" त्यस्तो थियो | तर पनि शास्त्रमा भनिएको छ कि तिम्रो घरमा सर्पो भए पनि यो हेर्नुपर्छ कि ऊ भोको छैन | यो अध्यात्मिक साम्यवाद हो | तिनीहरु अहिले साम्यवाद पछि लागेका छन् तर तिनीहरुलाई थाहा छैन कि साम्यवाद के हो | सबजनाको ख्याल राखिनेछ | त्यो साम्यवाद हो, वास्तविक साम्यवाद | कोहि पनि भोको हुनुहुन्न | राज्यमा कसैलाई पनि कुनै कमी हुनुहुन्न | त्यो साम्यवाद हो |