NE/Prabhupada 1007 - जहाँसम्म कृष्ण भावनाको कुरा छ, हामी समान रुपमा वितरण गर्छौं



750713 - Conversation B - Philadelphia


स्याण्डी निक्सन : यहाँ अर्को कुरा छ यो श्लोकक | यहाँ अर्को त्यस्तै छ त्यो श्लोकको | तपाईं महिलाको मोक्षको बारेमा के सोच्नुहुन्छ ? (हाँस्दै)

जयतिर्थ : उनी महिलाको मोक्षको बारेमा बुझ्न चाहन्छिन् | हाम्रो महिलाप्रति कस्तो सोचाई छ ?

प्रभुपाद : त्यो म वर्णन गर्न चाहन्न .....(हाँस्दै) तिनीहरु ... तिमीले सोध्यौ, म त्यो वर्णन गर्छु, हेर त, कति मुर्ख हो कि महिलाहरु पुरुषबाट ठगिन्छन् | हेर त ?

महिला भक्त : श्रील प्रभुपाद सबैलाई मोक्ष दिदैँ हुनुहुन्छ जसले हरेकृष्ण जप्छ |

प्रभुपाद : तिनिहरुले त्यो दिईसके ... तिम्रो देशमा, तिनीहरुले तिमीहरुलाई स्वतन्त्र दिईसके | स्वतन्त्रता भनेको उत्ति अधिकार हो, होइन र ? महिला र पुरुषले उत्तिकै अधिकार पाएका छन् |

स्याण्डी निक्सन : तिनीहरु यहि देशमा कोशिस गर्दै छन् |

प्रभुपाद : ठिकै छ, प्रयास गर्दै छन् | तर तिमीहरु महिलाहरु, यो देख्न सक्दैनौ, कि यो उत्ति अधिकार भनेको महिलालाई ठगि गरेको हो भनेर | अब म प्रस्टसँग भन्छु कि महिला र पुरुष भेटेका छन् | अब तिनीहरु प्रेमी भएका छन् | अनि तिनीहरु मैथुन गर्छन् , र महिला गर्भवती हुन्छिन्, र केटा भागेर जान्छ | त्यो आइमाइले, अब बच्चाको हेरचाह गर्नुपर्ने हुन्छ, र सरकारसँग भिक माग्नु पर्छ कि,"मलाई पैसा देउ |" यो स्वतन्त्रता हो | के तिमी मान्छौ कि यो स्वतन्त्रता हो भनेर ? कि, त्यो मान्छेले महिलालाई गर्भवती गराउँछ र केहि कर्तव्य विना भाग्छ , र महिलाले त्यो बच्चा त्याग्न सक्दैन, ऊ पालनपोषण गर्छे, सरकारसँग अथवा त्यो बच्चा मार्न खोज्छे ? तिमिलाई लाग्छ कि यो राम्रो स्वतन्त्र हो ? तिम्रो के छ उत्तर ?

यान्नी ज्याकसन् : बच्चा मर्नु अथवा नमार्नु ? त्यो सोध्ने प्रश्न हो र ?

प्रभुपाद : हो, तिनीहरु अहिले मार्दै छन्, गर्भपतन |

रविन्द्र-स्वरुप : उसलाई त्यो तरिकाको स्वतन्त्र बुझ्न मन छ |

यान्नी ज्याकसन : एउटा बच्चाको लागि ?

रविन्द्र-स्वरूप : एउटा महिलाको लागि |

प्रभुपाद : महिलाको लागि |

रविन्द्र-स्वरुप : यो मोक्ष हो | उसको एउटा केटासँग सम्बन्ध थियो, ऊ गर्भवती भई | केटाले छोडेर गयो | अनि उसले बच्चाको लागि सरकारसँग माग्नुपर्ने हुन्छ ...

प्रभुपाद : अथवा मार्नुपर्छ |

रविन्द्र-स्वरूप : अथवा उसले त्यो बच्चा मर्छे | त्यसैले त्यो राम्रो हो कि नराम्रो हो ?

यान्नी ज्याकसन् : उसलाई त्यो विकल्पको अवसर छ ...

प्रभुपाद : त्यसको मतलब, त्यो चौतिंस ग्रामको तौल | तिमी आफ्नै छोरा मार्नको लागि विकल्प रोज्यौ | के त्यो राम्रो रोजाई हो ? स्याण्डी निक्सन : त्यो एकदम नराम्रो पापकर्म हो जुन तिमीले गर्दै छौ |

जयतिर्थ : उसको बुद्धि ठुलो हुँदै छ | (हाँस्दै) प्रभुपाद : तिमलाई लाग्छ कि यो राम्रो काम हो ? हँ ?

यान्नी ज्याक्सन : मलाई लाग्छ कि यो धेरै गाह्रो प्रश्न हो |

प्रभुपाद : त्यसैले म भन्छु कि तिनीहरु स्वतन्त्रको नाममा तिमीलाई ठगिरहेछन् | त्यो तिमीले बुझ्न सक्दैनौ | त्यसैले चौतिंस ग्राम | तिनीहरु तिमिलाई ठगिरहेछन्, र तिमी आफुलाई स्वतन्त्र भन्छौ |

स्याण्डी निक्सन : तिनीहरु, स्वतन्त्रसँगै कर्तव्य पनि आउँछ भन्ने कुरा बिर्सिन्छन् | तिनीहरु छोडेर जान्छन् |

प्रभुपाद: हो, तिनीहरुले जिम्मेवारीको मतलब गर्दैनन् | तिनिहरु आनन्द लिएर छोडेर जान्छन् | र महिलाले त्यो जिम्वेवार लिनुपर्ने हुन्छ, कि त्यो बच्चालाई मार्ने अथवा पालन गर्ने, मागेर | तिमीलाई लाग्छ कि मागेर खाने राम्रो काम हो भनेर ? भारतमा, त्यहाँ गरिबी भएपनि, तिनीहरु स्वतन्त्र हुन चाहँदैनन् | तिनीहरु पतिको छत्रछायाँमा बस्छन् , र पतिले सबै जिम्वेवार लिन्छन् | त्यसैले उसलाई न त त्यो बच्चा मार्नुपर्छ न नै त्यो बच्चालाई पालन गर्नुपर्ने हुन्छ | त्यसैले कुन चाहिँ स्वतन्त्रता हो ? पतिको छत्रछायाँमा बस्ने स्वतन्त्रता कि सबैले मोज मस्ती गरेर बस्ने स्वतन्त्रता ?

स्याण्डी निक्सन : त्यो स्वतन्त्रता होइन | त्यो स्वतन्त्रता होइन |

प्रभुपाद : त्यसैले त्यहाँ स्वतन्त्रता छैन ; तैपनि तिनीहरु सोच्छन् कि तिनीहरु स्वतन्त्र छन् भनेर | त्यो भनेको कुनै बहानामा, पुरुषहरु महिलालाई ठगिरहेका छन्, त्यत्ति हो | त्यसैले स्वतन्त्रको नाममा, तिनीहरु अरुबाट ठगिन तयार हुन चाहन्छन् | त्यो अवस्था हो |

स्याण्डी निक्सन : त्यै कुरा गर्दा, महिलाले कृष्णलाई ...

प्रभुपाद : हामीलाई त्यस्तो भिन्नता छैन |

स्याण्डी निक्सन : होइन भिन्नता ...

प्रभुपाद : हामी दुवै महिला र पुरुषलाई कृष्ण चेतना दिन्छौँ | हामी त्यस्तो भिन्नता राख्दैनौ | तर तिनीहरुलाई यो पुरुष शोषणबाट बचाउनको लागि, हामी यो कुरा सिकाउँदै छौँ "तिमी यसो गर | तिमी त्यसो गर | तिमि बिहे गर | घरजम गर | एक्लै नहिँड | " हामी तिनीहरुलाई त्यस्तै सिकाउँछौँ | तर जहाँसम्म कृष्ण चेतनाको कुरो छ, हामी त्यो समान दिन्छौँ | त्यहाँ त्यस्तो कुरा छैन कि "ओहो तिमी महिला हौ, त्यसैले तिमी थोरै बुद्धि भएको कारणले तिमी आउन पाउँदैनौ |" हामी त्यसो भन्दैनौ | हामी महिला, पुरुष, गरिब, धनि, सबैलाई स्वागत गर्छौं, किनकि त्यो स्तरमा सबै समान हुन्छन् | विध्या-विनय​-सम्पन्ने ब्राह्मणे गवि हस्तिनि शुनि च्ऐव श्वपाके च पण्डिताः सम​-दर्शिनः (भा गी ५|१८)| हामी कोसैलाई पनि ईन्कार गर्दैनौ | त्यो समानता हो |