NE/Prabhupada 1012 - सुन्ने र दोहोर्याउने, सुन्ने र दोहोर्याउने । तिमीले केहि उत्पादन गर्नु पर्दैन



750620c - Arrival - Los Angeles


प्रभुपाद : .... लगाव, सम्भावना छ | प्राकृतिकरुपमा म कसैलाई प्रेम गर्न चाहन्छु | त्यो अप्राकृतिक हो | जब त्यो प्रेम कृष्णको लागि गरिन्छ, त्यो पूर्ण हो | मायावादीहरु, तिनीहरु दिक्क छन् , त्यसैले तिनीहरु त्यो प्रेम शून्यमा विलिन गराउन चाहन्छन् | तिनीहरु गोपीसँगको कृष्णको प्रेम बुझ्न सक्दैनन् | तिनीहरु त्यो भौतिक तत्वको अर्को पाटो हो भन्ने सोच्छन् ... ओहो, कस्तो छौ तिमी, हयाग्रिवा प्रभु ? कस्तो छौ तिमी ? तिमी राम्रो देखिन्छौ | तिमी राम्रो देखिन्छौ, नयाँ वृन्दावनमा देखेको भन्दा चम्किलो देखिन्छौ | तिमीसँग कृष्णलाई सेवा गर्ने धेरै सिपहरु छ | सबैले पाएका छन् | त्यो म भन्दै छु | हामीले त्यो उपयोग गर्नुपर्छ | धेरै पहिले जब मैले तिमीलाई भेटेँ, मैले तिमीलाई यो सच्याउन आग्रह गरेँ | त्यो हाम्रो व्यक टु गडहेड पत्रिकाको सुरुवात थियो | ऊ राम्रो टाईपर हो | तिमीलाई थाहा छ ? (हाँसो) मलाई लाग्छ कि ऊ हामी मध्यको उत्तम व्यक्ति हो | ऊ एकदम चाँडो र राम्रोसँग टाइप गर्न सक्छ | मलाई लाग्छ कि हाम्रो यो समूहमा हयाग्रिव प्रभु र सत्स्वरुप महाराज धेरै राम्रो टाइपर हुन् | र जयद्वैत, मलाई लाग्छ कि तिमी पनि छौ, हैन ?

जयाद्वैत: हो |

प्रभुपाद : तिमी एक राम्रो टाइप गर्ने व्यक्ति हौ ? (हाँसो) त्यसैले किन तिमिहरुले बलि-मर्दानको लेख प्रकाशित गर्दैनौ ?

जयाद्वैत: बलि- मर्दनको लेख |

प्रभुपाद : हो |

जयाद्वैत: हामी कुरिरहेका छौँ | हामी पक्का थियानौ कि त्यो प्रकाशित गर्ने कि नगर्ने भनेर |

प्रभुपाद : उसले सोच्यो , चित्त बुझेन | उसले प्रकाशित गर्यो | उसले राम्रोसँग लेखेको छ |

जयाद्वैत: उसले राम्रोसँग लेखेको छ ? प्रभुपाद : हो,

जयाद्वैत : हामी त्यो प्रकाशित गर्न सक्छौँ ?

प्रभुपाद : हो हामीले गर्नुपर्छ ... हो .... के हो त्यो ?

ब्रह्मानन्द : "भ्रम र सत्य ", दुई निबन्ध ...

प्रभुपाद : उसले त्यो निकै राम्रोसँग प्रस्तुत गरेको छ | त्यसैले हामीले हाम्रो भक्ताहरुलई उत्साह दिनुपर्छ |

जयद्वैत : त्यो प्रकाशित गर्ने |

प्रभुपाद : हो | र हाम्रो भक्तहरु, हाम्रो सबै भक्तहरुले लेख्नुपर्छ | नत्र हामीले कसरी भन्न सक्छौँ कि उसले त्यो सिद्धान्त बुझ्यो भनेर ? लेख्ने भनेको श्रवणं कीर्तनम् | श्रवणं भनेको गुरुबाट सुन्ने हो, र फेरी त्यहि दोहोर्याउने हो | यो हाम्रो कार्य हो, श्रवणं कीर्तनम् बिष्णु(श्री भा ७..२३), बिष्णुको बारेमा, अरु राजनीतिक व्यक्ति अथवा अन्य व्यक्तिलाई होइन | श्रवणं कीर्तनम् विष्णु, कृष्णको अथवा विष्णुको | त्यसैले त्यो सफलता हो | सुन र दोहोर्याउ, सुन र फेरी दोहोर्याउ | तिमीले केहि आविस्कार गर्नुपर्दैन | हामी मध्ये कोहि पनि यदि तिमीले मैले भागवतमा भनेको कुरा दोहोर्यायौ भने, तिमि राम्रो प्रचारक बन्न सक्छौ | म के गर्दै छु ? म त्यहि कुरा गर्दै छु, त्यहि कुरा लेख्दै छु, कि आधुनिक मानिसले त्यो बुझ्न सकुन | नत्र हामी त्यहि कुरा दोहोर्याउदै छौँ | तिनीहरु पनि त्यहि कुरा दोहोर्याउँदै छन्, इन्द्रिय तृप्ति | पुनः पुनश् चर्वित​-चर्वणानाम् (श्री भा ७|५|३०)| तर किनकि यो भौतिक हो, तिनीहरु खुसि पाइरहेका छैनन् | तर अध्यात्मिक वस्तु, हामी हरे कृष्ण माहामन्त्र दोहोर्याउदै छौँ, र पनि हामी दिव्य आनन्द पाउँछौ | हामी के गर्दै छौँ ? त्यहि "हरे कृष्ण, हरे कृष्ण |" त्यसैले त्यो तरिका त्यहि हो, तर विषय तत्व फरक छ | त्यसैले किन तिमी प्रकाशित गर्दैनौ ? र अहिले सबै ठुला मान्छेहरु यहाँ छन् | किन हाम्रो पुस्तक थन्किरहेको छ ? किन ? यहाँ सम्पादकहरु पनि छन् | मलाई लग्दैन कि त्यहाँ केहि कमि छ भनेर |

रामेश्वर : अहिले त्यहाँ केहि कमि छैन |

प्रभुपाद : हँ ? तर पहिला त्यहाँ कमि थियो ?(रोकिन्छ)

रामेश्वर : यदि हामीलाई तुरुन्तै पुस्तक प्रकाशित गर्नु छ भने, तिनीहरु अमेरिकामा प्रिन्ट हुनुपर्छ, नयाँ पुस्तकहरु |

प्रभुपाद : र त्यो फेरी प्रिन्ट त्यहाँ गर्ने | रामेश्वर : हो, हामीले त्यो गर्न सक्छौ |

प्रभुपाद : त्यसैले किन तिनीहरुलाई केहि पुस्तक नदिने ?

रामेश्वर : हामीले तिनीहरुलाई जापानमा यो बर्ष धेरै काम दिएका छौँ |

प्रभुपाद : हो, हो | हामीले तिनिहरुलाई राम्रो व्योवहार देखाउनु पर्छ | तिनीहरुले हामीलाई सुरुमा मदत गरेका थिए | हो | मैले तिनीहरुलाई मात्र $५,००० दिएको थिएँ सुरुमा, र मैले ५२,००० को अर्डर दिएको थिएँ, तर तिनीहरुले त्यो गर्दिए | तिनीहरुसँग पैसा छ | तिनीहरु विश्वस्त थिए कि हामीले तिनीहरुलाई ठग्दैनौ भनेर | त्यसैले हाम्रो सम्बन्ध धेरै राम्रो छ | त्यसैले यसलाई जोगाईराख्न (रोकिएर ) ...केटि, त्यो जापनिज, तिनीहरुलाई हाम्रो प्रकाशित मन परेछ |

रामेश्वर : केटि | मुल​-प्रकृति |

प्रभुपाद : हँ ?

रामेश्वर : त्यो केटि जो तिमीलाई हवाईमा हेरिरहेकी थिईन, मुल​-प्रकृति |

प्रभुपाद : हो | ऊ साह्रै उत्साहित थिईन | मुल​-प्रकृति | यदुबर प्रभु खोइ ? कहाँ हुनुहुन्छ ?

जयतिर्थ : ऊ यहिँ छ |

प्रभुपाद : ओहो | तिमी अहिले राम्रो महशुस गर्दै छौ ?

यदुबर : हो | म अहिले धेरै प्रगति गरेको छु |

प्रभुपाद : त्यो राम्रो हो | त्यसैले सबैले राम्रो महशुस गरिरहेका छन् ?

भक्तहरु : हो |

प्रभुपाद : तिमी पनि राम्रो महशुस गर्दै छौ ?

विशाखा : अहिले म नी राम्रो महशुस गर्दै छु |

प्रभुपाद : हँ ?

विशाखा : अहिले म राम्रो छु |

प्रभुपाद : (हाँस्दै) त्यो राम्रो हो |