NE/Prabhupada 1023 - यदि भगवान सर्वशक्तिमान हुनुहुन्छ भने तिमी किन उहाँ आउन सक्नुहुन्न भनेर शंका गर्छौ ?



730408 - Lecture SB 01.14.44 - New York


भगवान दुईटा कार्यको लागि आउनुहुन्छ : भक्तहरुको रक्षा गर्न र दनावको अन्त्य गर्न | त्यसैले दानावहरु मार्न, उहाँलाई आईराख्नुपर्दैन | उहाँसँग असिमित शक्ति छ | मात्रै उहाँको इशाराद्वारा, जो कोहि पनि मारिन सक्छन् | त्यहाँ पर्याप्त शक्ति छ, दुर्गादेवी | तर उहाँ आफ्नो भक्तहरुको लागि आउनुहुन्छ, उहाँ धेरै चिन्तित हुनुहुन्छ | ऊ सधैँ परमेश्वरको सुरक्षाको आशा गरेर बसिरहेको हुन्छ | त्यसैले किनकि उहाँलाई भक्तहरुले देख्नेबित्तिकै आनन्द मान्छन् , त्यसैले उहाँ आउनुहुन्छ | त्यो (अस्पस्ट) | किनकि भक्तहरु सधै विरहमा हुन्छन्, मात्रै उनीहरुलाई आनन्द दिनको लागि, भगवानको अवतार आउनुहुन्छ | प्रलय​-पयोधि जले धृतवान् असि वेदम् (श्री दशावतार ष्तोत्र १)| धेरै अवतार आएर भक्तहरुलाई आनन्द प्रदान गर्नुहुन्छ | नत्र उहाँको केहि कार्य छैन | त्यहाँ भारतमा, त्यहाँ केहि हिन्दुको समूह छ, तिनीहरुलाई त्यसो भनियो, तर वस्तवमा तिनीहरु आर्य-समाजका हुन् | आर्य-समाज | आर्य सामाजको धारमा भनेको ,"भगवान किन आउनुपर्छ ?" उहाँ धेरै महान हुनुहुन्छ ; किन उहाँ यहाँ आउनुपर्छ ?" अवतर, तिनीहरु त्यो पत्याउदैनन् | मुस्लिमहरुपनि, तिनीहरु त्यो विश्वास गर्दैनन्, अवतार | तिनिहरुपनि त्यहि कुरा राख्छन्, कि "किन भगवानलाई आउनुपर्यो ?" किन उहाँलाई मानव भएर जन्म लिनुपर्छ ?" तर तिनीहरुलाई थाहा छैन, न तिनीहरु त्यसको उत्तर दिन सक्छन्, "किन भगवान आउनुहुन्न ?" तिनीहरु भन्छन् कि भगवान आउन सक्नुहुन्न | तर यदि मैले प्रश्न राखेँ भने :"किन भगवान आउनसक्नु हुन्न ?"त्यसको उत्तर के हो ? यदी भगवान सबै भन्दा शक्तिमान हुनुहुन्छ भने, तिमी किन उहाँको शक्तिलाइ मान्दैनौ कि उहाँ आउन सक्नुहुन्न भनेर ? कस्तो खालको भगवान हो उहाँ? भगवानले तपाइलाई नियन्त्रण गर्दैछ कि तपैले भगवानलाई? त्यसैले, यो भेद हो भगवान प्रेमी र दानव बीच | दानवले सोच्न सक्दैन | उनीहरुले सोचछन् कि "त्यहाँ कुना भगवानहरु हुन सक्लान | उनि पुथक, निराकार होलान |" किनभने उसले आफ्नो रुपको अनुभव सिमित मात्रामा गर्छ | त्यसैले मायावादी दर्शन शास्त्रीहरु भन्छन जब भगवान आउनुहुन्छ, उहाँको पहिचान हुँदैन र उहाँले मायाको रुप लिनु हुन्छ | यसलाई मायावादी भनिन्छ | uइहरु भगवानमा विश्वास नै गर्दैनन् | सुन्यवाद | निर्विसेसा-सुन्यावादी | त्यसमध्ये कोहि निर्विसेसा हुन्छन: "हो, भगवान हुनुहुन्छ, तर उहाँको रुप छैन |" र मायावादी... दुवै मायावादी, सुन्यावादी हुन् | बुद्धिस्ट र संकरितेसहरु, उनीहरु भगवानमा बिश्वास गर्दैनन् | तर हामी, वैस्नावा, हामीलाई थाहा छ कि नास्तिकहरु छलमा पर्दैछन् | सम्मोहाया सुर-द्विसम(श्री भा १.३.२४) | भगवान बुद्ध नस्तिकहरुलाई छल गर्न आउनुभयो | नास्तिकहरु भगवानमा विश्वास गर्दैनन्, त्यसैले भगवान बुद्ध भन्नुहुन्छ,"हो, तपाई सहि हुनुहुन्छ |" भगवान हुनुहुन्न | तर कृपया मेरो वचनमा ध्यान देऊ |" तर उहाँ भगवान हुनुहुन्छ | यो छल थियो | "तपाई भगवानमा विश्वास गर्नुहुन्न, तर ममा विश्वास गर्नुस |" "हो, महासय, म विश्वास गर्छु |" र हामीलाइ थाहा छ कि उहाँ भगवान हुनुहुन्छ भनेर |(हाँसो ) केशव धृत​-बुद्ध​-शरीर जय जगदीश हरे (गीता गोविन्द​, श्री दशावतार स्तोत्र ९) | केवल हेर्नुस (अस्पष्ट) |