NE/Prabhupada 1029 - हाम्रो धर्मले वैराग्य भन्दैन । हाम्रो धर्मले भगवानलाई प्रेम गर्न सिकाउँछ



740625 - Arrival - Melbourne


पत्रकार: ( विराम )....भगवानको विशेष दास |

प्रभुपाद : म सधै नै भगवानको दास हु, यो बुझ्न तिमीमा निर्भर छ, त्यति हो | म सधै भगवानको दास हु, तर त्यो बुझ्न तिमीमा निर्भर छ |

पत्रकार : के तपाईलाई थाहा छ यो सम्प्रदायले वर्षमा कति धन बनाउँछ ?

प्रभुपाद: हामीले यो दुनियाको पुरै धन खर्च गर्न सक्छौ | (हाँसो)

भक्तहरु: हरिबोल !

प्रभुपाद: दुर्भाग्य बस, तिमीहरुले हामीलाई धन दिदैनौ |

भक्त : हरिबोल ( हाँसो )

पत्रकार: के......तपाई कसरी खर्च गर्नुहुन्छ श्रदय?

प्रभुपाद : हामीले अहिलेको समयमा आठ लाख डलर प्रति महिना खर्च गर्दै छौ |

पत्रकार: के मा खर्च गर्नुहुन्छ, श्रदय ?

प्रभुपाद: विश्वभर यो प्रचारमा | र हामीले हाम्रो पुस्तकहरु विक्री गरेका छौ, चालिस हजार डलरभन्दा कम होइन |

पत्रकार: के तपाईलाई काम गर्न मनलाग्छ ?

प्रभुपाद : लाग्छ | त्यसमा के छ ?

मधुद्विष​ : उनि हामीलाई काम गर्न मनलाग्छ कि लाग्दैन भनेर जान्न चहान्छिन् |

प्रभुपाद: हामी काम गर्दै छौ, तिमीहरु भन्दा धेरै- चौबिसौ घण्टा यो बुढो उमेरमा म पुरै दुनिया भर यात्रा गर्दै छौ |

भक्त : हरिबोल !

पत्रकार: तर के तपाईको धेरै धन मागेर हुदैन ?

प्रभुपाद : होइन होइन | पहिला तिमी सुन | काम- तिमीहरु हामी भन्दा धेरै काम गर्न सक्दैनौ, किनकि म एक बुढो मनिस हु, ७९ वर्षको र म सधै यात्रा गर्दै हुन्छु, यो दुनियाभरि बर्षको दुई वा तिन चोटी | तिमी त्यति काम गर्न सक्दैनौ |

भक्तहरु: हरिबोल ! प्रभुपाद |

मधुद्विष​ : अब केवल एउटा प्रस्नमात्रै सोध्नु होला | हुन्छ |

पत्रकार: श्राद्धय, तपाईको धर्म धेरै तितिक्षावाद छ | के तपाई मेलबोर्नमा सन्यासी जसरी बस्नुभएको छ त ? हामीलाई भनिएको थियो तपाईलाई रोल्स रॉयसमा लागिएको थियो |

प्रभुपाद : हाम्रो धर्मले तितिक्षावाद भन्दैन | हाम्रो धर्मले भगवानलाई माया गर्न सिकाउछ | तिमीले यो वस्त्रमा भगवानलाई माया गर्न सक्छौ | त्यहाँ केहि हानी छैन |

पत्रकार : तर यो स्वयंको अस्वीकार गर्ने धर्म हो, होइन ?"

प्रभुपाद: यसले स्वयंलाई अस्विकार गर्न भन्दैन | हामीले सबैकुरा प्रयोग गरेका छौ, किन स्वयं- अस्विकार गर्नु ? हामी केवल जे चाहिन्छ त्यहि प्रयोग गर्छौ, त्यति हो |

पत्रकार : तर तपाईले रोल्स रोयस र यस्तो महँगो घर जुन तपाई बस्दै हुनुहुन्छ यस्तो फस्ने कुरा तपाईले कसरी पुस्टि गर्नुहुन्छ ?

प्रभुपाद : होइन, हामीलाई रोल्स रॉयस चाहिदैन, हामी हिड्न सक्छौ | तर यदि तिमीले रोल्स रॉयस दियौ भने, मलाई केहि आपत्ति छैन |

पत्रकार: के तपाई अलि सानो गाडीमा यात्रा गर्न राम्रो हुदैन थियो, थोरै अभिमानी गाडीमा ?

प्रभुपाद: किन ? यदि तिमीले मलाई चड्न रोल्स रॉयस दियौ भने, म किन अश्विकार गर्नु ? यो तिमी प्रति मेरो अनुग्रह हो, म स्वीकार गर्छु |

पत्रकार: श्रद्धय, तपाईले यो हरे कृष्ण अभियान अमेरिकामा कसरी सुरु गर्नुभयो यसको बारेमा संक्षिप्त रुपमा भन्नुहुन्छ |

प्रभुपाद : खैर, अहिले पुरै दुनिया हरे कृष्ण जप गर्दै छ | तिमी जहाँ जान्छौ उनीहरुले हरे कृष्ण जप गर्छन् |