NE/Prabhupada 1030 - मानव जीवन भगवानलाई बुझ्नको लागि हो । यो मानव जीवनको एकमात्र कर्तव्य हो



740628 - Lecture at St. Pascal's Franciscan Seminary - Melbourne

वैदिक साहित्यमा भनिएको छ अत: श्री-कृष्ण​-नामादि | कृष्ण भगवानको नाम हो | त भनिएको छ कृष्णको नाम, कृष्णको रुप, कृष्णको विशेषताहरु, कृष्णको लिलाहरु..... अत: श्री-कृष्ण​-नामादि नामबाट सुरु हुन्छ | त अत: श्री-कृष्ण​-नामादि न भवेद ग्राह्यम इन्द्रियैह् ( चै च मध्य १७|१३६) | इन्द्रिय भनेको इन्द्रियहरु | हामीले कृष्णको हुनुहुन्छ बुझ्न सक्दैनौ - उहाँको नाम, उहाँको रुप, उहाँको विशेषताहरु, उहाँको लिलाहरु..... हामीहरु यी लंठ भौतिक इन्द्रियहरुबाट बुझ्न सक्दैनौ | तब कसरी बुझ्न सकिन्छ ? आखिर, यो मनुष्य जीवन भनेको भगवानलाई बुझ्न हो | यो नै मनुष्य जीवनको एक मात्रै कार्य हो | यो प्रकृति, भौतिक प्रकृतिले हामीलाई यो मनुष्य जीवन पाउँने मौका दिन्छिन् | यो जीवनको सुविधा, यो जीवनको रुप हामीले केवल भगवानलाई बुझ्न पाएका हौ | अरु रुप जस्तै - कुकुर, बिरालो, रुख र अरु धेरै कुराहरु, त्यहाँ ८,४००,००० प्रकारका जीवनका रुपहरु छन्- अरु रुपमा भगवानको बारेमा बुझ्न सम्भव छैन | यदि हामीले तिम्रो देशको सबै कुकुरहरुलाई बोलायौ भने, " यहाँ आउँ, हामी भगवानको बारेमा कुरा गरौ," नै, त्यहाँ बुझ्नसक्ने सम्भावना नै हुदैन | तर यो मानव जीवनमा सम्भावना हुन्छ | भारतमा वा अमेरिकामा वा ऑस्ट्रेलियामा हुनुमा फरक पर्दैन | कुनै मनुष्य, यदि उसले प्रयत्न गर्छ र शास्त्र अध्ययन गर्छ भने- बाईबल, भगवाद-गीता, भागवतम् जुनसुकै - त्यसपछि उसले भगवानलाई बुझ्छ |