NE/Prabhupada 1034 - मृत्यु भनेको सात महिनाको लागि सुत्नु । त्यति हो । त्यो मृत्यु हो



720403 - Lecture SB 01.02.05 - Melbourne


म, तिमी, हामी सबैजना, हामीलाई जन्म र मृत्युको समयमा समस्या हुन्छ | जन्म र मृत्यु | हामी जीव हौ, हामी आत्मा हौ | जन्म र मृत्यु शरीरको हुन्छ | शरीरको जन्म हुन्छ र शरीर परास्त हुन्छ | मृत्यु भनेको सात महिनाको लागी सुत्नु हो | त्यति हो | त्यो मृत्यु हो | आत्मा भनेको..... जब यो शरीर जीवनको लागी अयोग्य हुन्छ, आत्माले शरीरलाई छोड्छ | र वरिष्ठ व्यवस्थाले आत्मालाई फेरी कुनै प्रकारको आमाको कोखमा राखिन्छ, र आत्माले त्यसप्रकारको शरीर पाउँछ | सात महिनासम्म आत्मा अचेत अवस्थामा हुन्छ | र जब शरीरको विकाश हुन्छ, फेरी चेतना आउँछ र त्यो बच्चा कोखबाट आउँन खोज्छ र चल्छ | हरेक आमासँग त्यो अनुभव हुन्छ, त्यो बच्चा सात महिनाको अवस्थामा कसरी चल्छ | त यो ठुलो विज्ञान हो,, कसरी आत्मा, जीवआत्मा यो भौतिक शरीरको सम्पर्कमा आउँछ, र ऊ कसरी एक शरीरबाट अर्कोमा जान्छ | उदाहर्ण यहाँ दिएको छ, जसरी वासांसि जीर्णानि यथा विहाय ( भ गी २|२२) | हामीहरु....जसरी वस्त्रहरु, हाम्रा शर्ट र कोट धेरै पुरानो हुन्छ, हामीले त्यसलाई त्याग्छौ र अर्को शर्ट र कोट स्वीकार गर्छौ..... त्यसरी नै, म, तिमी, हामी सबै, आत्मा हौ | हामीलाई एक प्रकारको शरीर र शर्ट र कोट भौतिक प्रकृतिको व्यवस्था अनुसार पाउँछौ | प्रकृते: क्रियमाणानि गुणे: कर्माणि सर्वश:​ ( भ गी ३|२७) | त्यो विशेषको शरीर हामीलाई दिईएको हुन्छ जुन विशेष जीवन स्तरको लागी हुन्छ | जसरी तिमी, यूरोपियन, अमेरिकन, आस्ट्रेलियन, तिमीले केहि विशेष शरीर पाएका छौ, र तिमीले मौका पाएका छौ, एउटा विशेष जीवन स्तरमा बाँच्न | जस्तै यदि कोहि भारतीय तिम्रो युरोप, अमेरिकन, आस्ट्रेलियन सहर, जस्तै तिम्रो मेलबोर्न सहरमा आउँछन् .... मैले केवल मेरा शिष्यहरुसँग बोलेको थिए, " यदि कोहि भारतीय आयो भने, उनीहरु यो जीवन स्तर देखेर अस्चार्य मान्छन् |"