NE/Prabhupada 1036 - हामीभन्दा माथी सातवटा लोक छन् र तल पनि सातवटा लोक छन्



720403 - Lecture SB 01.02.05 - Melbourne


श्यामसुन्दर​ : के त्यी सात ग्रह प्रणालीहरुले के योगीका सात रंग र सात गहनालाई जनाउँछ ?

प्रभुपाद : होइन | यी सात ग्रह प्रणाली हामीभन्दा माथी छ र सात ग्रह प्रणाली तल छन् | तसर्थ यो ब्रह्माण्डलाई चतुर्दश​-भुवन​: " चौध ग्रह प्रणाली भनिन्छ |" त्यसलाई भूर्लोक​ भनिन्छ | यो भन्दा माथी भुवर्लोक​ छ | त्यो भन्दा माथी जनालोक छ | त्यो भन्दा माथी महरलोक | त्यो भन्दा माथी, सत्यलोक छ | त्यो भन्दा माथी ब्रह्मलोक, जुन उच्च ग्रह प्रणाली हो | त्यसरी नै, तल हामीसँग तल, अतल, तलातल, वितल, पाताल, रसतलहरु छन | यो सूचना हामीले वैदिक साहित्यहरुबाट पाउँछौ, चौधओटा दुनिया | हरेक ब्रह्माण्डहरु यी चौध ग्रह प्रणालीबाट बनेका छन् , र त्यहाँ असंख्य ब्रह्माण्डहरु छन् | त्यो हामीले ब्रह्म-संहिताबाट सूचना पाउँछौ | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि ( ब्र स ५|४०) | जगद्-अण्ड​-कोटि. ञगद्-अण्ड भनेको यो ब्रह्माण्ड धेरै ठुलो छ, म भन्न चहान्छु, मात्रा | जस्तै अण्ड | सबैकुरा, हरेक ग्रह एउटा अ​ण्डा जस्तो छ | यो ब्रह्माण्ड पनि अ​ण्डा जस्तै छ | र त्यहाँ धेरै धेरै धेरै लाखौ जगद- अ​ण्ड छन् | र हरेक जगद-अ​ण्डमा, कोटिषु वसुधादि-विभूति-भिन्नम्, र त्यहाँ असंख्य ग्रहहरु छन् | त यी सूचनाहरु हामीले वैदिक साहित्यबाट पाउँछौ | यदि तिमी चहान्छौ भने स्वीकार गर | यदि तिमीलाई मन पर्दैन तिमीले अस्विकार गरे हुन्छ | त्यो तिमीमा छ |