NE/Prabhupada 1056 - कृष्ण भावनामृत अभियान शरीर, मन र बुद्धिभन्दा माथि आध्यात्मिक स्तरमा छ



750522 - Conversation B - Melbourne


प्रभुपाद: भारतमा अझै पनि यदि कसैको बगैंचामा राम्रो फुल हुन्छ र यदि तिमी जान्छौ, "महाशय, म भगवानको आराधना गर्न तपाईको बगैंचाबाट केहि फुल टिप्न चाहन्छु," "हुन्छ, तिमीले लिन सक्छौ |" उनीहरु धेरै खुसी हुनेछन् |

रेमन्ड लोपेज: यस मानिसको जीविकोपार्जन ती फुलहरुमा निर्भर...... मलाई लाग्छ, दुर्भाग्यवश उसको लागि आफ्नो सम्पत्ति बढी महत्वपूर्ण थियो |

व्याली स्ट्रोब्स: यो हास्यास्पद कथा हो | यस पछाडी पनि हास्यास्पद घटना घट्छ, ती फुलहरु उद्यान चलाउने दुई मानिसहरुले लिएका थिए | र हामीले उनीहरुलाई घर फर्काउन आवेदन दिनुपरेको थियो | तर त्यस आवेदन पेस हुनुभन्दा अगाडी, ती युवाहरुलाई यहाँ बाहिर भएको जस्तै विशेष बिरुवाको लागि सिसाको घर चाहिएको थियो |

श्रुतकीर्ति: तुलसी |

व्याली स्ट्रोब्स: र उनीहरुलाई सिसाको घरको बारेमा केहि थाहा थिएन | उनीहरु शहरमा घुम्दै थिए र एउटाले भने,"हामी जाऔं र सिसाको घरको बारेमा केहि पत्ता लगाऔं | ओहो, त्यहाँ एउटा राम्रो उद्यान छ |" (हाँसो) उनीहरु गाडीमा घुम्छन् | भक्त गाडी बाहिर निस्किएर भन्छन्," "माफ गर्नुहोला, महाशय तर हामी सिसाको घर सम्बन्धि इच्छुक छौं |" त्यस उद्यानको मालिकले भन्यो "कृपया मेरो जमिनबाट बाहिर निस्किऊ |" उनी उद्यान परेछ | (हाँसो) त्यस स्थानमा करिब दुई सय उद्यान थिए | उनीहरुले उही उद्यान छानेछन् |

प्रभुपाद: तर यदि मानिसहरु भागवत चेतनामा अवस्थित हुन्थे भने उनीहरुले माफ गरिदिन्थे, "ओहो, उनीहरु भगवानको सेवाको निमित्त यहाँ आएका छन् | ठिकै छ, तिमीहरु लैजाऊ |" तसर्थ प्रथम कार्य भनेको मानिसलाई भागवत चेतनामा अवस्थित गराउनु हो | तब सबै कुराको व्यवस्था हुन्छ | यस्यास्ति भक्तिः... भागवतमा एउटा श्लोक छ: यस्यास्ति भक्तिर् भगवत्य् अकिञ्चना सर्वैर् गुणैस् तत्र समासते सुराः हराव् अभक्तस्य कुतो महद्-गुणा मनोरथेनासति धावतो बहिः (श्री भा ५|१८|१२) | यसको अर्थ भनेको "जुन भक्त भागवत चेतनामा अवस्थित छ, ऊसँग सम्पूर्ण राम्रा गुणहरु हुन्छन् |" हामीले मान्ने राम्रा गुणहरु ऊसँग हुन्छन् | र त्यसैगरी, जो भगवानको भक्त छैन, ऊसँग कुनै राम्रो गुण हुँदैन किनकि ऊ मानसिक स्तरमा रहन्छ | विभिन्न स्तरहरु छन् | साधारणतया, शारीरिक अवधारणा व्याप्त हुन्छ "म यो शरीर हुँ | तसर्थ मेरो कर्तव्य न्द्रियतृप्ति गर्नु हो |" यो शारीरिक अवधारणा हो | र अर्को किसिमका छन् जसले सोच्छन्,"म यो शरीर होइन | म मन हुँ |" तिनीहरु दार्शनिक, चिन्तकहरु जस्तै मानसिक कल्पनामा रमाउँछन् | र त्यो भन्दा माथि योग अभ्यास गर्ने बुद्धिमान वर्गका मानिसहरु हुन्छन् | र आध्यात्मिक स्तर भनेको त्योभन्दा माथि हुन्छ | सर्वप्रथम शारीरिक अवधारणा, स्थूल, अनि मानसिक, अनि बौद्धिक, अनि आध्यात्मिक | यस कृष्ण भावनामृत अभियान आध्यात्मिक स्तरमा छ, शरीर, मन र बुद्धिभन्दा माथि | तर वास्तवमा, हामी त्यस स्तरमा पुग्नुपर्छ किनकि हामी आत्मा हौँ, हामी न यो शरीर हौँ, न यो मन, न यो बुद्धि | जो आध्यात्मिक चेतनाको स्तरमा अवस्थित हुन्छन्, उनीहरुसँग सबै कुरा हुन्छ- बुद्धि, मनको उचित प्रयोग, शरीरको उचित प्रयोग | जस्तै एउटा धनाढ्यसँग सम्पूर्ण निम्न-स्तरको सम्पत्ति हुन्छ | दश रुपैंया वा सय रुपैंया वा सय पाउण्ड- ऊसँग सबै हुन्छ | त्यसैगरी, यदि हामीले मानिसहरुलाई भागवत चेतनाको अटरमा ल्याउने प्रयास गर्छौं भने ऊसँग अरु सम्पूर्ण सम्पत्ति हुन्छ: कसरी शरीरको ख्याल राख्ने, कसरी मनको प्रयोग गर्ने, कसरी बुद्धि प्रयोग गर्ने, सबै | तर यो सम्भव छैन कि सबजना भागवत चेतनामा अवस्थित हुनुपर्छ | त्यो सम्भव छैन किनकि विभिन्न स्तरहरु छन् | तर समाजमा कम्तिमा एक वर्गको मानिस भागवत चेतनाको आदर्श स्तरमा अवस्थित हुनुपर्छ | जस्तै हाम्रो दैनिक जीवनको लागि हामीलाई वकिल, इन्जिनियर, चिकित्सक र अन्य विभिन्न मानिसहरु चाहिन्छन्; त्यसैगरी, समाजमा पूर्णतः भागवत चेतनामा अवस्थित आदर्श वर्गका मानिसहरु पनि हुनुपर्छ | त्यो आवश्यक छ |