NE/Prabhupada 1060 - जब सम्म जस्ले भए पनि भगवत गीतालाई बिनम्र भावले लिदैन...



660219-20 - Lecture BG Introduction - New York

सर्बम् यताद्रिताम् मान्य (गीता १०-१४) ' म स्वीकार गर्छु, हजुरले जे प्रबचन दिनु भयो ति सबै सत्य हुन भन्ने मलाई बिस्वाश छ। हजुर, भगवान पुरुषोत्तम श्रीकृष्ण, हजुरको बिषयमा बुझिसक्नु अत्यन्त मुस्किल छ। त्यसै कारणले देवताहरूले पनि हजुरलाई बुझ्न सक्दैनन। तपाईलाई देवीदेवताहरूले पनि बुझ्न असमर्थ हुन्छन। यस्को मतलब भगवान पुरूषोत्तम श्रीकृष्ण, मानव जाती भन्दा अग्रणीय ब्यक्तित्वहरुले पनि बुझ्न सकिने हुनुँहुन्न। अन्त भक्त नभईकन कसरि मानव जातीले भगवान श्रीकृष्णलाई बुझ्न सक्छन? यसै कारण भगवत गीतालाई भक्तिभावका साथ ग्रहण गर्नु पर्दछ। भगवान श्रीकृष्णको बराबरिमा या एउटै दर्जामा आफुँलाई लिने बिचार गर्नु हुँदैन। अर्थात श्रीकृष्ण कुनै एक माहान व्यक्ति हुँन या सामान्य पुरुष भनेर कसैले सोच्नु ठिक हुँदैन। हुँदैन। भगवान श्रीकृष्ण पुरुषोत्तम हुनुहुन्छ। यसै गरि, भगवत गीताकै बक्तब्यको आधारमा अर्थात अर्जुनको भनाई अनुसारले पनि शिद्वान्तिक रुपले भए पनि, जस्ले भगवत गीतालाई बुझ्ने प्रयास गर्दछ, त्यस्ले सहित हामी सबैले भगवान पुरूषोत्तम श्रीकृष्णलाई भगवान हुँनहुन्छ भनि मान्नु पर्दछ, र अनि शरणागत भावमा स्वीकार्नु पर्दछ। जब सम्म मानिसहरूले भगवत गीतालाई बिनम्र भावले सुन्दै ग्रहण गर्दैन, तब सम्म भगवत गीता बुझ्न अत्यान्त कठीन हुनेछ कारण यो माहान रहस्य हो। यसो हुँदा, हामीहरुले यस भगवत गीतामा, हामीले भगवत गीता के होलान भनि सर्भेक्षण गर्न सक्दछौ, भगवत गीता यो भौतिक अवस्थाको अज्ञान्ताबाट मानिसहरुलाई उदार गर्नका निम्ति हो। मानिहरु प्रत्येक केहि न केहि कष्टमा हुन्छन। कुरुक्षेत्रको युद्धमा लाडाई गर्नु पर्ने कष्टमा अर्जुन पनि परेका थिए। यसै हुँदा ऊनी श्रीकृष्णको शरणमा परे, र यहि कारणले भगवत गीताको प्रवचन भएको हो। यसै गरी अर्जुन मात्र होईन कि, हामीहरू सबै सधै भरि भौतिक अवस्थाको तनावमा परिरहेको पाईन्छ। असत् ग्रहात् । हामीहरुको यो अस्तित्व, अनिस्तत्व बाताबरणको परिवेसमा रहनु परेको अवस्था छ। वास्तवमा हामी अनिस्तत्व होईनौ। हामीहरू सबैको अस्तित्व सनातन हो, तर कुनै कारणले हामीहरूलाई असत अवस्थमा पुर्याईएको हो। असत भनेको जस्को अस्तित्व छैन। बिभुन्न मानव जातीहरू मध्ये आफु को हुँ भनेर आफ्नो अवस्थाको बारेमा , मलाई किन यस्तो दुःखमय कठिन परिस्थितिमा लगाईएको हो भनेर सोच्न लागेका छन। म किनँ दुखःमा परे? भनेर किन मेरो अवस्ता यस्तो भयो भनेर जब मानिसहरुले सोच्दछन, मलाई दुखः चाहिएको छैन भनेर। यी दुखः मेटाउने कोसिश मैले कति गर्दा पनि भएन, सबै निर्रथक भए'। यस्तो आफ्नो अवस्थाको बारेमा सोच्ने भावना नआए सम्म त्यस्लाई खास मानिस भनिदैन। मानवतापन जब ऊस्ले आफ्नो मनमा यस्तो सोध्ने चेतना आएपछि मात्र सुरु हुन्छ। ब्रह्मशुत्रमा यस्तो किसिमको सोधपुछ गर्नुलाई ब्रह्म जिज्ञासा भनिन्छ। अथतो ब्रम्ह जिज्ञसा। मनमा यस्तो चिन्तन नआए समम मानिसहरुको प्रत्येक कृयकलापहरू बिफल भएको मानिन्छ। जस्ले आफ्नो मनमा यस्को जिज्ञासा जगाएको छ, 'म' के हुँ, म म किन दुखः भोगिरहेको हुँ? काहाँ बाट आएँ। मरे पछी म काहाँ गईरहेको हुँन्छु' यस्तो जागृति भए पछि, यस्तो चिन्तन सभ्य मानिसको मनमा मात्र उत्पन्न हुन्छ। यस्को जागृत भएको मानिस मात्र भगवत गीता बुझ्नका लागि उचित बिध्यार्थी बन्दछ। अनि उ श्रद्धावान भऐको हुनु पर्दछ। श्रद्धावान। उस्को भगवान श्रीकृष्ण प्रति अटुट श्रद्धा हुनुँ पर्दछ। यस्तै मानिस, योग्य मानिस अर्जुन हुँन।