NE/Prabhupada 1066 - बुध्दि कम्ति भएका मानिसहरुले चै परम सत्य भगवानलाई निर्विशेषको रुपमा मान्दछन



660219-20 - Lecture BG Introduction - New York

वास्तवमा सबैथोकको केन्द्रबिन्दु, श्रृजनाको केन्द्रबिन्दु, मतलब मनोरञ्जनको केन्द्रबिन्दु परमेश्वर भगवान हुनुहुन्छ। अनि जीवहरूचै त केवल सेवक मात्र हुँन। सहमत भईदिदा मात्र तिनिहरूले मनोरञ्जन पाउछन। यस्को सम्बन्ध चैं मालिक र सेवकको जस्तै हो। मालिक सन्तु्ष्ट हुँदा मात्र सेवकपनि पुरै सन्तुष्ट हुँदछ। सेवकहरू त यस्मै आफै आँफ सन्तुष्ट हुन्छन। यहि हो नियम। यसै हुनाले भगवानलाई सन्तुष्ट गराउनु पर्दछ, यध्यपि यो भौतिक संसारका सुविधाहरूको सृजना गर्न र मजा लिने आशय भएता पनि। मानिसरहरुमा यस्तो आशय हुँनु स्वाभाविक हो किनभने भगवानमा यस्तो यथावत हुन्छ। भगवानले सृजना गर्नु भयो, भगवानले दृश्य संसारको सृजना गर्नु भएको हो। यसै कारण हामीहरूले भगवत गीतामा, पु्र्ण रुपमा पाउन सक्दछौ कि, पुर्णता अन्तर्गत परम नियन्त्रक, नियन्त्रित जीवहरू, दृश्य जगत शास्वत समय, कृयकलापहरु, यो सबै बिषयमा ब्याख्या गरिएको छ। यो सबै कुल मिलाएर चै परम सत्य मानिन्छ। यो परम पूर्ण, या परम सत्य, पूर्ण पुरुषोत्तम भगवान श्री कृष्ण हुनुँ हुन्छ। । जस्तै कि मैले सम्झाएँ कि, सारा अभिव्यक्तित्व उनको विभिन्न शक्तिहरुका फलस्वरूप हो। अन्ततोगत्व यहि हो सम्पुर्णता। निर्विशेष ब्रह्मका बिषयमा पनि भगवद्- गीतामा उल्लेख गरिईएको छ। जाहाँ सम्म कि निर्विशेष ब्रह्म पनि पुर्ण परम पुरुष कैअधीनमा छन । ब्रह्मणो हि प्रतिष्ठाहम् (भगवत गीता १४-२७) निर्विशेष ब्रह्म पनि । यहो हो। ब्रह्म-सुत्रमा निर्विशेष ब्रह्मको बिषयमा धेरै व्याख्या सुर्यको किरणको रूपमा गरिएको छ। जस्तै सुर्यको किरण हुन्छ, सुर्य ग्रह, त्यस्तै गरि निर्विशेष ब्रह्म पनि प्रभामय किरणको समुह हो। भगवान का । यसै कारणले निर्विशेष ब्रह्मलाई पूर्ण ब्रह्मको अपूर्ण अनुभूति मानिएको छ। अनि यसै गरि परमात्माको धारणा यस्तै हो ।यस बिषयमा पनि समझाईएको छ, पुरुषोत्तम-योग शिर्शकमा। जब हमि पुरुषोत्म-योगको अध्याय पढ़्ने छौ, तब त्यहाँ देखा पर्जाने छ कि भगवान पुरुषोत्तम, निर्विशेष ब्रह्म या परमात्माको आंँशिक अनुभूति भन्दा बढि हो । र नै भगवानलाई सच्चिदानन्द विग्रह कहिएको छ (ब्र स ५-१) । ब्रह्मसंहिताको शुभारम्भनै यस प्रकारले भएको छ। ईश्वर: परम: कृष्ण: सच्चिदानन्द विग्रह: । अनादिरादिर्गोविन्द: सर्वकारणकारणम् (ब्र स ५१-) । गोविंद, कृष्ण, सबै कारणहरूका कारण हुनुँ हुन्छ ।यस हो अादि कारण । अन्त भगवान सत् चित् अानन्द् विग्रह: हुनुहुन्छ। निर्विशेष ब्रह्म उनका सत् (शाश्वत) स्वरूपको अनुभूति हो। और परमात्मा सत् चित् (शाश्वत -ज्ञान) को अनुभूति हो । त्यसर्थ, भगवान श्रीकृष्ण समस्त दिव्य स्वरुपहरूकाअनुभूति हुनुँ हुन्छ। जस्तै सत् चित् अानन्द, को पुर्ण विग्रह माँ। विग्रहको अर्थ हो रूप । विग्रहको अर्थ हो रूप । अव्यक्तं व्यक्तिम् अापन्नम् मन्यन्ते माम् अबुद्धय: ( भगवत गीता ७-२४) अल्पज्ञानी मानिसहरुले परम सत्यलाई निर्विशेषको रुपमा मान्दछन।, तर वहाँ हुनुहुन्छ- दिव्य पुरुष। यस्को पुष्टि समस्त वैदिक ग्रंथहरुमा गरिईएको छ। नित्यो नित्यानां चेतनशचेतनानाम् (कठोपनिषद २ः२-१३) । जस्तो प्रकाले हामी सबै जीव हौ, अनि हामीहरू सबैको आ-आफ्नै ब्यष्टि सत्ता छ, सोहि प्रकारले परम सत्य पनि वास्तवमा ब्याक्तित्व हुनुँ। तर भगवानको अनुभुति उहाँकै पुर्ण स्वारुपको समस्त दिब्य लक्षणहरूको अनुभुति हो। जैस्तै सत् चित् अानन्द, पुर्ण विग्रह हुनुहुन्छ। विग्रहको अर्थ हो रूप । अतएव पुर्णता रूपविहीन ( निराकार ) हुँदै होईन। यदि उहाँ निराकार हुनुँ हुन्छभने या उहाँ कुनै न कुनै अन्य वस्तुको तुलनामा कम्ति मात्रमा हुनँभने त पुर्ण भनिनेनै थिएन। जो पुर्ण हुनुँहुन्छ, उसलाई हाम्रा लागि अनुभवगम्य र अनुभवातीत सबै वस्तुहरुले परिपक्व हुनुँ पर्दछ। यसो नभए पुर्ण कहलाउन सक्दैन। सम्पुर्ण भगवानमा अपार शक्तिहरू हुन्छन । परास्य शक्तिर्विविधैव श्रूयते (चै च मध्य १३-६५)(चै च मध्य १३-६५) । इसको पनि व्याख्या भगवद्- गीतामा गरिएको छ कुन प्रकारले उहाँ अाफ्नो विभिन्न शक्तिहरू द्वारा कार्यशील हुनुँ हुन्छ भनेर । यो दृश्य जगत, या भौतिक जगत जस्मा हामी रहेका छौ, ,यो पनि स्वयं पुर्ण छ किनभने पुर्णं इदं (श्री ईशोपनिषद) ति चौबीस तत्वहरुको, सांख्य दर्शन को अनुसारले चौबीस तत्वहरू जसबाट यो नश्वर ब्रह्माण्डको निर्माण भएको छ, यो ब्रह्मांडको पालन तथा धारणका लागि अपेक्षित संसाधनहरुको पूर्णतया समन्वित छ। बाहिरबाट कसैको प्रयासको आवश्यकता ब्रह्माण्डको पालनाका लागि चाहिदैन। यो सृष्टिको आफ्नै निजी नियत काल छ, जस्को निर्धारण परमेश्वर को शक्ति द्वारा भईरहेको छ। अनि जब यो काल पुर्ण भईसक्छ तब उस पुर्ण व्यवस्था बाट यस क्षणभंगुर सृष्टिको विनास हुँदछ।