NE/Prabhupada 1077 - भगवान पूर्ण हुनु भएकोले, उहको नाम र वहाँमा केही अन्तर छैन



660219-20 - Lecture BG Introduction - New York

श्रीमद्द्भग्वतम्लाई भास्यो भनिएको छ भास्यो यम ब्रह्मा - सुत्रानम यो वेदान्त सुत्रको मुल सार हो। त्यसैले यो सबै शास्त्र, हामीले हाम्रो बिचार , तद्-भव-भावितह सदा। सदा तद्-भाव-भावितह (भा गीता ८।६ )। जो सधैं व्य्स्त हुन्छ ... जसरी भौतिक बादी सधैं भौतिक साहित्यहरुको अध्ययनमा व्य्स्त हुन्छन्, जस्त्यै पत्रपत्रीका, काल्पनिक साहित्य इत्यदी र बैज्ञानीक वा दर्शन शास्त्र विभिन्न विचारका यी सबै कुराहरू । त्यसै गरी, यदी हामीले हाम्रो पढाइको क्षमता वैदिक साहित्यमा लगाएम् जसरी व्यासदेव निर्देशन् गर्नु भएको छ, त्यसपछी मृत्युको समयमा हामीलाई भगवानको सम्झना एकदम सम्भव छ । त्यो प्रभु आफैले सुझाव गर्नुभएको तरिका हो। सुझाव हैन, यो तथ्य हो । नास्ती अत्र सम्शय (भा गीता ८।५)। निसन्ध्य। यो बारेमा कुनै शंका छैन । तस्मात, त्यसैले भगवानले सुझाव दिनु भएको हो, तस्मात सर्वेसु, कालेसु, माम् अनुस्मर युध्य च् (भा गीता ८।७)। उहाँले अर्जुनलाई माम् अनुस्मर युध्य च् भनेर सल्लाह दिनु भएको छ । उहाँले भन्नु हुन्नकि " तिमी बस मलाई सम्झि राख अनी आफ्नो वर्तमान पेशागत कर्तव्य परित्याग गर। नाइ । त्यो सुझाव होइन । प्रभुले अव्यावहारिक कुरा कहिल्यै सुझाव गर्नुहुन्न । यो भौतिक दुनिया , यो शरीर कायम राख्न हरेकले काम गर्नै पर्छ । कर्म सामाजिक व्यवस्थाको चार गुनमा बिबाजित छ: ब्राह्म्ण , छत्रिय , वैस्य र सुद्र । समाज को बौद्धिक वर्गहरु , फरक तरिकामा काम गर्दछन, र समाज को प्रशासक वर्ग , तिनीहरू पनि फरक तरिकामा काम गर्दछन् । व्यपारिक समाज, फलदायी समाज, तिनीहरू पनि , फरक तरिकामा काम गर्द छन् । र कर्मिक वर्ग पनि विभिन्न तरिकामा काम गर्दछन् । मानव समाजमा, कित कर्मी वा व्यापारी, वा राजनीतिज्ञ, प्रशासक, या साहित्यिक वर्गका उच्च तहको, वैज्ञानिक , अनुसन्धान कर्ता, सबैको केही काममा लागेका हुन्छन्, र एक ले काम गर्नुनै पर्दछ , अस्तित्वको लागि सङ्घर्ष गर्नु पर्छ । त्यसैले भगवानले भन्नु भएको छ "तिमीले आफ्नो पेशा परित्याग गर्नु पर्ने छैन , तर एकै समयमा तिमीले सम्झना गर्न सक्दछौ " । माम अनुस्मर (भा गीता ८।७) त्यस्ले तिमीलाई मृत्युको समयमा मलाई सम्झना गर्नमा मदत गर्नेछ । यदी तिमीले सधैं मलाई सम्झन अभ्यास आफ्नो अस्तित्वको संघर्ष संग गरेको छैन भने । यो सम्भव छैन । सोही कुरा भगवान चैतन्यद्वारा निर्देशिक छ ( चै. च १७।३१) किर्तनिय सदा हरी । एकले सधैं प्रभुको नाम जप गर्न अभ्यास गर्नुपर्छ । प्रभु र प्रभुको नाम विभिन्न छैन । त्यसैले यहाँ भगवान श्री कृष्णले अर्जुन्लाई निर्देशन दिनु भएको छ कि माम अनुस्मर (भा गीता ८।७). " तिमी बस मलाई सम्झ," र भगवान चैतन्यको निर्देशन " तिमीले सधैं भगवान श्री कृष्णको नाम जप " यहाँ भगवान श्री कृष्णले भन्नुभएको छ " तिमी सधैं मलाई सम्झ वा कृष्णलाई " र भगवान चैतन्यले भन्नु भएको छ , " तिमी सधैं भगवान कृष्णको नाम जप" त्यसैले भगवान श्री कृष्ण र वहाँको नाम म केही अन्तर छैन निरपेक्ष स्थितिमा एउटा कुरा र अर्को बीच कुनै भिन्नता छ । त्यो निरपेक्ष स्थिति छ । त्यसैले भगवान निरपेक्ष हुनुभएकोले, उहाँको नाम र उहाँ बीच कुनै भिन्नता छैन । त्यसैले हामीले यस्तै अभ्यास गर्नुपर्दछ । तस्मात सर्वेसु कालेसु (भा गीता ८।७). सधैं , चौबिस घण्टा , हामी आफ्नो जीवनको गतिविधिहरुलाई यसरी आकार गर्नुपर्दछ जसरी हामीले चौबिसै घण्टा उहाँको सम्झना गर्न सक्छम् । यो कसरी सम्भव छ ? हो, यो सम्भव छ । यो सम्भव छ । एक उदाहरण यहाँ सम्बन्धित आचार्य दिनुभएको छ अनि त्यो उदाहरण के हो? भनिएको छ कि एक महिला जो अर्को मानिस संलग्न छिन् यदपी आफ्नो पती हुँदा पनि , उु अझै अर्को मानिस सँग संलग्न छिन् अनि यस किसिमको संलग्न कडा हुन्छ । यस्लाई पराकिय रस भनिन्छ या त पुरुष वा स्त्रीको मामला मा । यदी मानिसमा आफ्नो पत्नी बाहेक अर्को स्त्रीमा संलग्नता छ , वा एक महिलामा पतिको आफ्नो बाहेक अर्को मानिसमा संलग्नता छ भने त्यो संलग्नता निकैनै बलियो त हुन्छ । त्यो संलग्नता निकैनै बलियो हुन्छ । त्यसैले आचार्यहरुले यो उदाहरण खराब चरित्रको स्त्रीको रूपमा दिनु हुन्छ जो अर्काको पतिसँग आसक्त छीन्, उु सधैं एकै समयमा सोछिन्, उनको पती नजरमा उु परिवारको मामिलामाधेरै व्यस्त छिन देखिन्छ त्यसैले उनको पतिले उनको चरित्रमा शङ्का गर्ने छैनन् । त्यसैले जसरी उनी सधैं आफ्नो प्रेमी सँग रातमा भेट्ने सम्झना गर्छिन, घरेलू काम राम्रो सँग गरे बाबजुद, त्यसैगरी एकले सर्वोच्च पति, श्री कृष्णलाई सम्झनु पर्दछ , आफ्नो भौतिक कार्य राम्रो सँग गरे बाबजुद पनि । यो सम्भव छ । यस्लाई मज्बूत प्रेमको आवसक छ ।