NE/Prabhupada 0091 - तपाई यहाँ नाङ्गो उभिनुहोस्



Morning Walk -- July 16, 1975, San Francisco


धर्माध्यक्ष: आजकल तिनीहरुले वास्तवमा आफ्नो गल्ति बुझेका छन् र तिनीहरु मृत्युबारे अझ धेरै पढिरहेका छन्, मानिसलाई मृत्युको लागि अझ तयार बनाउने प्रयास गर्दैछन् | तर तिनीहरुले मानिसलाई केवल यो भन्न सक्छन् कि,"यो स्वीकार |" तिनीहरु केवल यो भन्न सक्छन् कि ,"तिमी मर्ने वाला छौ | त्यसैले यसलाई खुसीसाथ स्वीकार |"

प्रभुपाद: तर मलाई मर्ने इच्छा छैन | म किन खुसी हुने ? तिमी धूर्त, तिमी भन्छौ," खुसी होऊ |" (हाँसो चल्छ) "खुसीसाथ, तिमी झुन्डिऊ |" वकिलले भन्छ ,"केहि छैन | तपाईले मुद्दा हार्नुभयो | अब खुसीसाथ् झुन्डिनुहोस् |" (हाँसो चल्छ)

धर्माध्यक्ष: त्यो त वास्तवमा आधुनिक मनोविज्ञानको लक्ष्य हो, मानिसलाई यो तथ्यसँग समायोजित गर्ने कि तिनीहरु यो भौतिक जगतमा बस्नुपर्छ, र यदि तपाईसँग यो भौतिक जगत् छाड्ने कुनै इच्छा छ भने तिनीहरुले तपाईलाई पागल भन्छन् | "होइन, होइन | अब तपाईले यो भौतिक स्थितिसँग पुनः अझ बढी समायोजन गर्नुपर्छ |"

बहुलाश्व: तिनीहरु जीवनका निराशा स्वीकार्न सिकाउँछन् | तिनीहरु सिकाउँछन् कि तपाईले जीवनका सम्पूर्ण निराशा स्वीकार्नुपर्छ |

प्रभुपाद: किन निराशा ? तपाई त ठुला ठुला वैज्ञानिक हुनुहुन्छ | तपाई समाधान गर्न सक्नुहुन्न ?

धर्माध्यक्ष: तिनीहरुले समाधान गर्न सक्दैनन् किनकि तिनीहरुसँग पनि उही समस्याहरु छन् |

प्रभुपाद: उही तर्क,"खुसीसाथ फाँसी लिऊ |" त्यति हो | जब कुनै गाह्रो विषय आउँछ, तिनीहरुले हार मान्छन् | र तिनीहरु केहि बेकार विषयमा सोच्न थाल्छन् | त्यति हो | यो हो तिनीहरुको शिक्षा | शिक्षा भनेको अत्यन्तिक-दु:ख-निवृत्ति, सबै दु:खको समाधान | त्यो शिक्षा हो, यो होइन कि कुनै हदसम्म आएपछि, "होइन, तपाई खुसीसँग मर्न सक्नुहुन्छ |" र दु:ख के हो ? त्यो कृष्णले प्रस्तुत गर्नुभएको छ: जन्म मृत्यु जरा व्याधि दु:ख दोषानु..... (भ गी १३।९ ) | यी हुन् तपाईका दु:खहरु | यसको समाधान गर्ने प्रयास गर्नुहोस् | र त्यो तिनीहरु सावधानीपूर्वक नकारीरहेछन् | तिनीहरु मृत्यु रोक्न सक्दैनन्,न जन्म, न बुढ्यौली, न रोग | र जीवनको,जन्म र मृयुको, छोटो अवधिमा तिनीहरु ठुला-ठुला घरहरु बनाउँदैछन्, र अर्को पटक ऊ त्यस घर भित्र मुसा बन्नेछ | (हाँसो चल्छ) प्रकृति | तपाईले प्रकृतिको नियम नकार्न सक्नुहुन्न | जसरी तपाईले मृत्यु नकार्न सक्नुहुन्न, त्यसैगरी, प्रकृतिले तपाईलाई अर्को शरीर दिन्छिन् | यो विश्वविद्यालयमा रुख बन्नुहोस् | पाँच हजार वर्षसम्म उभिरहनुहोस् | तपाईसँग नाङ्गो बन्ने इच्छा थियो | अब कसैले रोक्दैन | तपाई यहाँ नाङ्गो उभिनुहोस् |