NE/Prabhupada 0422 - महा-मन्त्रको जप गर्दा दश अपराधहरुबाट बच्नुपर्छ- ६ देखि १०



Lecture & Initiation -- Seattle, October 20, 1968


प्रभुपाद: अनि ?

मधुद्विष: "छ: जपको बलमा पाप गर्नु |"​

प्रभुपाद: अब यो दीक्षा, आजको दिनदेखि तिम्रो खाता, अतितको जीवन, सम्पूर्ण पापको समायोजन भएको छ | समाप्त | यो सकिएको छ | अब, तिमीले हरे कृष्ण जपेर आफ्ना पाप समाप्त गर्न सक्छौ, त्यसको मतलब यो होइन कि तिमीले दोहोर्याउने छौ: "ओहो, म पाप गर्नेछु र म जप्नेछु | यसको समायोजन हुनेछ | खाता शुन्य हुनेछ |" होइन | त्यस्तो होइन | त्यो अपराध नगर | जे गरिसक्यौ, त्यो सकियो | अरु हुँदैन | अब शुद्ध जीवन हुनुपर्छ | अवैध सम्बन्ध नराख्ने, नशा नगर्ने, जुवा नखेल्ने र मासु नखाने | अब समाप्त | यो होइन कि "ओहो, म हरे कृष्ण जप्दैछु | म होटल गएर थोरै मासु खानुपर्यो |" होइन | तब यो ठुलो पाप हुनेछ | त्यसो नगर | तब हरे कृष्ण जपको नतिजा निस्कनेछैन, यदि तिमीले अपराध गर्छौ | अर्को ?

मधुद्विष​: "सात: अश्रद्धालु मानिसलाई भगवान नामको उपदेश दिनु |"

प्रभुपाद: अश्रद्धालु, जसको श्रद्धा छैन, कि भगवान र उहाँको नाम परम छन् | जस्तै यस भौतिक जगतमा, नाम र व्यक्ति भिन्न हुन्छन् | मानौं तिम्रो नाम श्रीमान् जोन हो | यदि मैले "जोन, जोन, जोन" जप्छु, जोन सय मील टाढा हुनसक्छ | कुनै प्रतिक्रिया हुँदैन | तर भगवानको पवित्र नाम, भगवान सर्वत्र उपस्थित हुनुहुन्छ | जस्तै टेलिभिजन | टेलिभिजनको तरंग कुनै एउटा स्थानमा छाडिन्छ | यदि तिमीसँग यन्त्र छ, तत्काल तिम्रो कोठामा त्यस चित्र हुन्छ | यदि भौतिक रुपमा यो सम्भव हुन सक्छ, अध्यात्मिक कृष्णको नाममा कति सम्भावना हुनसक्छ ? तत्काल तिमी कृष्णको नाम जप, त्यो भनेको कृष्ण तत्काल तिम्रो जिब्रोमा हुनुहुन्छ | त्यो के हो ?

मधुद्विष: सात ? "अश्रद्धालु मानिसलाई पवित्र भगवान नामको उपदेश दिनु |"

प्रभुपाद: त्यसैले, जसमा कुनै श्रद्धा छैन कि पवित्र भगवान नाम र भगवान स्वयं उनी हुनुहुन्छ, कुनै भिन्नता छैन, उसलाई भगवानको महिमाको बारेमा उपदेश दिनुहुँदैन | उसलाई बुझ्न उपदेश दिन सकिन्छ तर यदी ऊ बुझ्न असक्षम छ, तब उसलाई दीक्षा दिनुहुँदैन वा उसलाई बुझ्न केहि समय चाहिन्छ | तर तिमीले सधैं स्मरण गर्नुपर्छ कि नाम चिन्तामणिः कृष्णश् च्ऐतन्य​-रस​-विग्रहः: (चै च मध्य १७|१३३) कृष्ण र कृष्णको नाम अभिन्न छन् | जब तिमी हरे कृष्ण जप्छौ, त्यो भनेको कृष्ण तिम्रो जिब्रोमा नाच्दै हुनुहुन्छ | तिमि त्यस प्रकारले सावधान हुनुपर्छ | जस्तै यदि कृष्ण...... जसरी तिमी आफ्ना गुरुलाई उहाँ उपस्थित हुने बित्तिकै सम्मान प्रकट गर्छौ, त्यसैले यदि कृष्ण तिम्रो जिब्रोमा उपस्थित हुनुहुन्छ, तिमी कति सावधान हुनुपर्छ | तिमीले सधैं थाहा पाउनुपर्छ कि कृष्ण त्यहाँ हुनुहुन्छ | कृष्ण सधैं सर्वत्र हुनुहुन्छ | भगवान सर्वत्र हुनुहुन्छ, तर हामीले अनुभव गर्नुपछ | तर यो विशेष जप, जब पवित्र जप्छौँ, त्यो भनेको तिमीले थाहा पाउनुपर्छ | त्यसैले कृष्णसँग सङ्ग गरेर तिमी शुद्ध हुन्छौ | शृण्वतां स्व​-कथाः | जस्तै आगोसँग सङ्ग गरेर तिमी तातो हुन्छौ, त्यसैगरी, कृष्णसँग सङ्ग गर्नु भनेको तिमी शुद्ध हुन्छौ | क्रमिक रुपले तिमी अध्यात्मिक हुन्छौ | अरु भौतिक हुँदैनौ | समाप्त | यो विधि हो | अनि ?

मधुद्विष: "आठ: पवित्र नामलाई भौतिक पुण्यसँग तुलना गर्नु |"

प्रभुपाद: अहिले यो कार्य हुँदैछ | यसलाई कुनै धार्मिक कर्मकाण्डको रुपमा लिनु हुँदैन | धार्मिक कर्मकाण्ड फरक कुरा हो | यो..... यो कर्मकाण्डजस्तो देखिए पनि, यो दिव्य हुन्छ | यो सम्पूर्ण प्रकारको धर्मभन्दा माथि छ | यो स्नातकोत्तर अध्ययन हो | प्रक्रिया भनेको कसरी भागवत-प्रेम विकास गर्नु हो | यो सबैभन्दा माथि छ....... साधारणतया धर्म भनेको कुनै प्रकारको श्रद्धा | तर यो श्रद्धाको प्रश्न होइन | यो वास्तवमा विकास हुँदैछ, तिमी कृष्ण वा भगवानसँग कति प्रेम गर्दैछौ | यो सबै धर्मभन्दा माथि छ | यो साधारण धर्म होइन | धर्म भनेको...... मानौं तिमी इशाई हौ, म हिन्दु हुँ | जब यो शरीर समाप्त हुन्छ, मेरो इशाईवाद वा धर्म, सबै समाप्त हुन्छ | तर यस भागवत-प्रेम समाप्त हुनेछैन | यो तिमीसँग जानेछ | कुनै जीवनमा तिमी जाऊ, यो विकास हुनेछ | यदि तिमीले समाप्त गर्न सक्छौ तब तिमी सिधै कृष्णकहाँ फर्कन्छौ, र आफ्ना सम्पूर्ण भौतिक सम्बन्ध समाप्त गर्छौ | तिमी सक्षम नभए पनि यो तिमीसँग जान्छ | सम्पत्ति | यो बैंकको खाता सकिनेछैन | यो बढ्नेछ | तब ?

मधुद्विष: "नौ: पवित्र नाम जप्दा ध्यान नदिने |"

प्रभुपाद: जब तिमी जप्छौ, तिमीले सुन्नु पनि पर्छ | त्यो ध्यान हो | हरे कृष्ण, यी दुई शब्दहरु, हरे कृष्ण, तिमीले पनि सुन्नेछौ | यदि तिमी सुन्छौ, तब तिम्रो मन र तिम्रो जिब्रो दुवै कब्जा हुनेछ | त्यो पूर्ण ध्यान हो, प्रथम श्रेणीको योगी, सुन्नु र जप्नु | अनि ?

मधुद्विष: तब अन्त्यमा दश: "जपको अभ्यासमा संग्लग्न हुँदा भौतिक आसक्ति कायम गर्नु |"

प्रभुपाद: सम्पूर्ण प्रक्रिया भनेको हामीले आफ्नो प्रेम पद्धार्थबाट भगवानमा स्थानान्तरण गर्दैछौं | त्यसैले हामीले यसलाई घटाउने प्रयास गर्नुपर्छ | यो स्वत: हुनेछ | भक्ति: परेशानुभवो विरक्तिर् अन्यत्र स्यात् (श्री भा ११|२|४२) | यदि तिमीले वास्तवमा भागवत प्रेम विकास गर्छौ, तब प्राकृतिक रुपमा तिमीले यी सब भौतिक कुराहरुलाई प्रेम गर्न बिर्सनेछौ | यो अनुक्रम हो | तर तिमीले प्रयास पनि गर्नुपर्छ | तिमीले...... यो हुनेछ | जस्तै यदि हामी खान्छौं, तब क्रमिक रुपमा तिमी भोजन पछी लाग्न कम गर्छौ | जब तिमी पुरा हुन्छौ, तिमीले भन्छौ, "मलाई अरु चाहिंदैन | हो, म....." त्यसैगरी कृष्ण भावना यति राम्रो छ कि कृष्ण भावनाको विकाससँगै तिमीले तथाकथित भौतिक नचाहिने आनन्द बिर्सन्छौ | र जब तिमी पूर्ण अवस्थामा हुन्छौ, तिमीले कुनै पनि भौतिक कुराको मतलब गर्दैनौ | यो परिक्षा हो | तिमीले भन्न सक्दैनौ, "म ध्यानमा प्रगति गर्दैछु, तर मेरो सम्पूर्ण इन्द्रियतृप्तिप्रतिको भौतिक आसक्ति उही छ |" त्यो प्रगति होइन | प्रगति भनेको तिमीले इन्द्रियतृप्तिप्रतिको आफ्नो भौतिक आसक्ति घटाउनेछौ | यो प्रगति हो | अब तिमी जप...... ए, तिमीसँग छ..... हरे कृष्ण जप |