NE/Prabhupada 0674 - त्यति बुद्धिमान हुनुपर्छ कि थाहा होस् आफ्नो शरीर स्वस्थ राख्न कति खानुपर्छ



Lecture on BG 6.16-24 -- Los Angeles, February 17, 1969


भक्त: प्रभुपाद, के हामी यो थाहा पाउन सक्षम छौं कि हामीलाई पर्याप्त निद्रा कति हो, र पर्याप्त खाना कति हो ? हामी परिक्षण गर्ने प्रयास गर्छौं , हामी घटाउने कोशिस गर्न खोज्छौं जबसम्म हामी...(अस्पष्ट) किनकि धेरै पटक, हामी आफुलाई मुर्ख बनाउछौं | हामी भन्छौं "हो, मलाई यति खानेकुरा चाहिन्छ", अथवा "मलाई मेरो सात या आठ घण्टा निद्रा चाहिन्छ", तर साच्चिकै भन्नुपर्दा, हजुरलाई थाहा छ,यो केवल......हामी तर्कसंगत गरिरहेका छौं | (अस्पष्ट)

प्रभुपाद: खानेकुरा लिने संकल्प | होइन तिम्रो प्रश्न के हो, म...?

भक्त:के हामी आफ्नो विवेकीकारणमा भर गर्न सक्छौं? के हामी आफुमा भर गर्न सक्छौं यो पत्ता लगाउन कि कति....?

प्रभुपाद: ठिक छ, त्यो हुनुपर्छ, विवेकिकरण हुनुपर्छ | तर यदि तिमीले गल्ति गर्यौ, थोरै खानेकुरा लिएर, त्यो गल्ति नराम्रो होइन |(हाँसो चल्छ) धेरै लिनलाई दृढ नहोऊ | जस्तै तिमीले केहि खानेकुरा लियौ जुन तिमीले लिनुपर्ने भन्दा थोरै छ, त्यो गल्ति नराम्रो होइन | तर, यदि तिमीले धेरै लियौ भने, त्यो गल्ति नराम्रो हो | त्यसैले विवेकिकरण, यदि तिमि सोच्छौ कि तिम्र तर्कसंगत क्रियाकलापहरु ठिक छैनन्, तब तिमीले यस पक्षतिर गल्ति गर, थोरै | अर्को पक्षतिर गल्ति नगर | हो | होइन, त्यो आत्मविश्वास..... विवेकिकरण सधै हुन्छ, तर एक त्यति बुद्धिमान हुनुपर्छ कि उसलाई थाहा होस् आफ्नो शरीर स्वस्थ राख्न कति चाहिन्छ | त्यो सबैमा हुन्छ | साधारणतया, त्यहाँ गल्ति हुदैन |