NE/Prabhupada 1049 - गुरु भनेको भगवानका विश्वसनीय सेवक । ती हुन् गुरु



750712 - Lecture SB 06.01.26-27 - Philadelphia


राजनीतिज्ञ वा, अगुवाहरु, अन्धा, उनीहरुले तिमीलाई वाचा गर्छन् " तिमि यो तरिकाले खुशी हुनसक्छौ | तिमि मलाई भोट देऊ, म तिम्रो लागि स्वर्ग ल्याउँछु, मलाई मन्त्री हुन देऊ | त्यो.... तिमि केवल प्रतिक्षा गर, जब म मन्त्री वा राष्ट्रपति हुन्छु, म तिमीलाई यस्तो यस्तो लाभ दिन्छु |" त तिमि श्रीमान निक्सनलाई चुन र फेरी निराश हौ | अनि हामी आग्रह गर्छौ, " श्रीमान निक्सन, तिमि बाहिर जाऊ, " हामी अर्को मुर्खलाई स्वीकार गर्छौ | त्यो चल्दै छ | त्यो हुदै छ .... तर शास्त्र भन्छ तिमीले त्यो तरिकामा सहि जानकारी पाउँदैनौ | यी मुर्ख मानिस, उनीहरुले तिमीलाई केहि वाचा गर्छन्, र ऊ तिमीलाई खुशी बनाउँन असम्भव हुन्छ | तिमि फेरी निराश हुनेछौ, र पछुताउछौ | अनि के, मैले कहाँबाट सहि सूचना पाउँछु ? वेदले भन्छ, तद्-विज्ञानार्थं स गुरुम एव अभिगच्छेत ( मू उ १|२|१२) : "यदि तिमीलाई सहि सूचना चाहिन्छ भने गुरुको मा जाऊ |" र गुरु को हो ? चैतन्य महाप्रभुले व्याख्या गर्नुभएको छ, कि आमार आज्ञाय गुरु हञा तार​ऽ एइ देश ( चै च मध्य ७|१२८) | उहाँ भन्नुहुन्छ, " तिमि मेरो आदेशमा बन | " गुरु भनेको जसले कृष्णको आदेश पालन गर्छ | चैतन्य महाप्रभु कृष्ण हुनुहुन्छ | वा जो कृष्णको सेवक हुन्छ, ऊ गुरु हो | जब सम्म उसले भगवानको आदेश पालना गर्दैन तब सम्म ऊ गुरु हुनसक्दैन | तसर्थ तिमीले पाउँछौ......किनकि हामीसबैजना गधा हौ, हामीलाई आफ्नो स्वार्थ के हो थाहा छैन, र कोहि आउँछ, "म गुरु हुँ |" "कसरी तिमी गुरु भयौ ?" " होइन, म आत्म- सिद्ध हु | मलाई कुनै पुस्तक पद्नुपर्दैन | म यहाँ तिमीलाई आशिर्वाद दिन आएको हु |" (हाँसो ) र मुर्ख दुस्टहरु, उनीहरुलाई थाहा छैन , " कसरी तिमी गुरु हुनसक्छौ ?" यदि उसले शास्त्र वा महान अधिकारी(कृष्ण)को अनुसरण गर्दैनौ, कसरी ऊ गुरु हुनसक्छ ? तर उनीहरुले गुरु स्वीकार गर्छन् | त यसप्रकारको गुरुहरु संचालनमा छन् | तर तिमीलाई थाहा हुनुपर्छ, गुरु भनेको जसले भगवानको आदेश पालन गर्छन् | त्यो गुरु हो | जुनसुकै दुस्ट जसले आफ्नै केहि विचारको सिर्जना गर्छन् ऊ गुरु हुनसक्दैन | तुरुन्तै उसलाई बहिस्कार गर, तुरुन्तै | त्यो" ऊ दुस्ट हो | ऊ गुरु होइन |" गुरु यहाँ हुनुहुन्छ, चैतन्य महाप्रभुले भन्नुभएको अनुसार, आमार आज्ञाय गुरु हञा ( चै च मध्य ७|१२८) | गुरु भन्नाले भगवानको विश्वशनीय दास | ऊ गुरु हो | त तिमीले पहिला सुरु त्यो जाँच गर्नुपर्छ |" के तिमी भगवानको विश्वश्नीय दास हौ ?" यदि उसले " होइन, म भगवान हु ," भन्छ भने उसको मुखमा तुरुन्तै लात हने हुन्छ | (हाँसो ) उसलाई तुरुन्तै लात हान, कि " तिमी दुस्ट | तिमी यहाँ हामीलाई ठग्न आएका छौ |" त्यहाँ जाँच हुन्छ, गुरु भनेको भगवानको विश्वासी दास, सामान्य | तिमीलाई गुरुको ठुलो परिभाषाको आवश्यता पर्दैन | त वैदिक ज्ञानले तिमीलाई सूचना दिन्छ तद्-विज्ञानार्थम् | यदि तिमीलाई अध्यात्मिक जीवनको विज्ञानको बारेमा जान्नु छ भने विज्ञानार्थं स गुरुम एव अभिगच्छेत् ( मू उ १|२|१२) , तिमी गुरुको मा जान जरुरी छ | र गुरु को हुनुहुन्छ ? गुरु भन्नाले जो भगवानको विश्वासी दास हुनुहुन्छ | धेरै सामान्य कुरा |