NE/Prabhupada 0602 -पिता परिवारको नेता हुन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0602 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Hawaii]]
[[Category:NE-Quotes - in USA, Hawaii]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0601 - चैत्य गुरु भनेको जसले भित्रबाट विवेक र ज्ञान दिनुहुन्छ|0601|NE/Prabhupada 0603 - यो मृदङ्ग घर-घरमा जानेछ|0603}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|gsAfA5Zh09Y|पिता परिवारको नेता हुन्<br />- Prabhupāda 0602}}
{{youtube_right|D7n9CcdE4z0|पिता परिवारको नेता हुन्<br />- Prabhupāda 0602}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740117SB.HAW_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740117SB.HAW_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:58, 29 January 2021



Lecture on SB 1.16.21 -- Hawaii, January 17, 1974


यो प्रश्न मैले प्रोफेसर कोतोभ्सकीलाई सोधें | मैले उनलाई सोधें कि "दर्शनमा कहाँ भिन्नता छ तपाईको साम्यवादी दर्शन र हाम्रो कृष्ण भावनामृत दर्शनमा ? तपाईले एउटा मुख्य व्यक्ति स्विकार्नुपर्छ, कि लेनिन वा स्टालिन, र हामीले पनि एउटा मुख्य व्यक्ति, वा भगवान, कृष्ण छानेका छौं | त्यसैले तपाई लेनिन वा स्टालिन वा मोलोतोव वा यसको वा त्यसको निर्देशन अनुसरण गर्दै हुनुहुन्छ | हामी कृष्णको दर्शन वा उपदेश अनुसरण गर्दैछौं | त्यसैले सिद्धान्तमा भिन्नता कहाँ छ ? कुनै भिन्नता छैन |" ति प्रोफेसरले त्यसको जवाफ दिन सकेनन् | तपाईले आफ्ना दैनिक गतिविधि कोहि अरुबाट निर्देशित नभई गर्न सक्नुहुन्न | त्यो स्वीकारिनुपर्छ | त्यो प्रकृतिको नियम हो | त्यसैले नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २।२।१३) | तब किन तपाईले परम अधिकारि स्विकार्नुहुँदैन ? यो अधिनको अधिकारि..... हामीले कसैलाई आफ्नो नेताको रुपमा स्वीकार्नुपर्छ | यो सम्भव छैन कि हामी नेतृत्व बिना बाँच्न सक्दैनौं | त्यो सम्भव छैन | के कुनै दल छ, कुनै विद्यालय छ, वा कुनै संस्था छ, कि तिनीहरु कुनै मुख्य नेता वा निर्देशक बिना कार्य गर्दैछन् ? के तपाई मलाई सारा संसारभरि कुनै उदाहरण देखाउन सक्नुहुन्छ ? के कुनै उदाहरण छ ? छैन | जस्तै हाम्रो शिविरबाट कसैले छोडे, तर उनले गौरसुन्दर वा सिद्ध-स्वरूप महाराजमै प्रधानको रुपमा स्वीकारे | सिद्धान्त त्यहाँ छ, कि तपाईले एउटा प्रधान स्विकार्नुपर्छ | तर बुद्धिमान त्यो हो जसले, कस्तो प्रकारको नेतृत्व हामीले स्विकार्नेछौँ | त्यो ज्ञान हो | हामीले दासत्व स्वीकार्नुपर्छ, कोहि व्यक्तिको अन्तर्गतको बन्ने | त्यसैले बुद्धिमानी यो हो कि "हामीले कसलाई स्वीकार्ने ?" त्यो, त्यहाँ बुद्धिमानी छ: "कस्तो प्रकारको नेता हामीले स्वीकार्ने ?" त्यसैले हाम्रो सिद्धान्त यो हो कि कृष्णलाई नेताको रुपमा स्विकार्नुपर्छ, किनकि कृष्णले भगवद गीतामा भन्नुहुन्छ, मत्तः परतरं नान्यत् किञ्चिद् अस्ति धनञ्जय (भ गी ७।७) | कृष्ण परम नेता हुनुहुन्छ । एको बहु.....नित्यो नित्यानां चेतनश् चेतनानाम् एको यो बहूनां विदधाति (कठ उपनिषद् २।२।१३) | नेता भनेको उसले..... पिता जस्तै | पिता परिवारको नेता हुन् | र किन पिता नेता हुन् ? किनकि उनले कमाउँछन्, उनले बच्चा, श्रीमती, नोकर र स्थापनाको पोषण गर्छन्; तसर्थ प्राकृतिक रुपले, उनलाई परिवारको नेताको रुपमा स्विकारिन्छ | त्यसैगरी, तपाई राष्ट्रपति निक्सनलाई तपाईको राष्ट्रको नेताको रुपमा स्वीकार्नुहुन्छ किनकि खतराको समयमा उनले निर्देशन दिन्छन्, शान्तिको समयमा उनले निर्देशन दिन्छन् | उनी सधैं कस्ती तपाईलाई खुसी बनाउने, कुनै चिन्ता, व्याकुलता बिना बनाउने भनेर व्यस्त हुन्छन् | यो राष्ट्रपतिको कर्तव्य हो | अन्यथा, किन तपाई एउटा राष्ट्रपनि चुन्नुहुन्छ ? कोहि पनि राष्ट्रपति बिना बाँच्नसक्छ, तर होइन, यो चाहिन्छ | त्यसैगरी, वेदमा भनिएको छ, नित्यो नित्यानां चेतनश् चेतनानाम् | दुई प्रकारका जीवहरु छन् | एउटा..... दुवै नित्य छन् | नित्य भनेको शाश्वत | र चेतन भनेको जीव | त्यसैले नित्यो नित्यानां चेतनश् चेतनानाम् | यो भगवानको व्याख्या हो, कि भगवान पनि तपाई र म जस्तै जीव हुनुहुन्छ | उहाँ पनि जीव हुनुहुन्छ | जस्तै तपाईले कृष्णलाई देख्नुहुन्छ | कृष्ण र तपाईबीच के भिन्नता छ ? उहाँसँग दुई हात छन्, तपाईसँग दुई हात छन् | उहाँको एक शिर छ; तपाईको एक शिर छ | तपाईसँग....... उहाँसँग दुई खुट्टा छन्; तपाईसँग दुई खुट्टा छन् | तपाई पनि केहि गाई राखेर उनीहरुसँग खेल्न सक्नुहुन्छ; कृष्ण पनि | तर त्यहाँ भिन्नता छ | त्यो भिन्नता के हो ? एको यो बहूनां विदधाति कामान् | ती एक कृष्ण, उहाँ तपाईसँग धेरी तरिकाले समान भए तापनि, समानता, तर एक भिन्नता छ- उहाँ हामी सबैको पालन गर्दै हुनुहुन्छ, र हामी पोषित छौं | उहाँ नेता हुनुहुन्छ | यदि कृष्णले तपाईलाई खानेकुरा दिनुहुन्, तपाईले कुनै खानेकुरा पाउन सक्नुहुन्न | यदि कृष्णले तपाईलाई पेट्रोल दिनुहुन्, तब तपाईले आफ्नो गाडी चलाउन सक्नुहुन्न | त्यसैले एको बहूनां यो विदधाति | तपाईसँग जीवनका जे पनि आवश्यकताहरु छन् - हामीलाई धेरै कुरा चाहिन्छन् - त्यो सब एकबाट दिइएको छ, ति एक जीव | त्यो भिन्नता छ | हामी एउटा सानो परिवार पनि पालन गर्न सक्दैनौं, हाम्रो क्षमता यति सिमित छ | विशेषगरी वर्तमान समयमा, यस युगमा, एउटा मानिसलाई विवाह गर्न मन लाग्छ किनकि उसले एउटा परिवार, श्रीमती र बच्चा पनि पालन गर्न सक्दैन | उसले तिनीहरुको पालन गर्न सक्दैन, चार वा पाँच जीव भएको एउटा परिवार पनि |