NE/761016 - श्रील प्रभुपाद चण्डीगढमा आफ्नो अमृतवाणी व्यक्त गर्नुहुन्छ: Difference between revisions

 
(No difference)

Latest revision as of 16:00, 22 April 2023

NE/Nepali - श्रील प्रभुपादको अमृत वाणी
"चैतन्य महाप्रभुको सम्पूर्ण विश्वलाई सन्देश हो कि तपाईँहरू सबै गुरु बन्नुहोस्, आध्यात्मिक गुरु बन्नुहोस्। त्यसो भए सबै जना कसरी आध्यात्मिक गुरु बन्न सक्छन् त? आध्यात्मिक गुरु बन्न सजिलो काम छैन। एक धेरै जान्ने विद्वान हुनुपर्छ र आत्माको र सबै कुराको पूर्ण ज्ञान हुनुपर्छ। तर चैतन्य महाप्रभुले हामीलाई एउटा सानो सूत्र दिनुभएको छ, कि यदि तपाईँले भगवत्-गीताको शिक्षालाई कडाइका साथ पालन गर्नुभयो, र यदि तपाईँले भगवद्गीताको उद्देश्य प्रचार गर्नुभयो भने, तपाईँ गुरु बन्नुहुन्छ। बङ्गालीमा प्रयोग हुने ठ्याक्कै शब्दहरू, यो भनिन्छ, यारे देख, तारे कह 'कृष्ण'-उपदेश (चेै च मध्य ७.१२८) गुरु बन्न धेरै गाह्रो काम हो, तर यदि तपाईँले केवल भगवद्गीताको सन्देश बोकेर, आफूले भेट्ने जो कोहीलाई मनाउने प्रयास गर्नुभयो भने तपाई गुरु बन्नुहुन्छ।"
761016 - Interview - चण्डीगढ