NE/Prabhupada 0018 - गुरुको चरणकमलमा दृढ श्रद्धा: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0018 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0017 - आध्यात्मिक शक्ति र भौतिक शक्ति|0017|NE/Prabhupada 0019 - तपाईले जे पनि सुन्नुहुन्छ, त्यो अरुलाई सुनाउनुपर्छ|0019}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|IZGiHobcSG4|गुरुको चरणकमलमा दृढ श्रद्धा -<br />Prabhupāda 0018}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750712SB.PHI_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 28: | Line 31: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
प्रभुपादः हामीले यो समयलाई समाधान निकाल्न उपयोग गर्नुपर्छ, निरन्तर मर्ने र पुनः अर्को शरीर धारण गर्ने जीवनको समस्याको समाधान | | प्रभुपादः हामीले यो समयलाई समाधान निकाल्न उपयोग गर्नुपर्छ, निरन्तर मर्ने र पुनः अर्को शरीर धारण गर्ने जीवनको समस्याको समाधान | उचित गुरुकहाँ नगएसम्म कसरी बुझ्न सकिनेछ ? यसै कारणले शास्त्रमा भनिएको छ, तद्-विज्ञानार्थम्: "यदि तिमीलाई जीवनका वास्तविक समस्या थाहा पाउने इच्छा छ, यदि तिमी कृष्ण भावनाभावित बन्न चाहन्छौ, यदि शाश्वत जीवन पाएर भगवद्-धाममा जान चाहन्छौ भने तिमी गुरु समक्ष जानुपर्छ।" र गुरु को हुन् ? यो निकै सरल कुरा हो । गुरुले कहिल्यै कुनै विचार उत्पादन गर्दैनन् कि "तिमीले यसो गर र मलाई पैसा देऊ, तिमी खुसी हुन्छौ |" ती गुरु होइनन् | त्यो धन कमाउने अर्को उपाय हो | यहाँ भनिएको छ, मुढ, सबजना मुर्खको स्वर्गमा बाँच्दैछन्, अजामीलले जस्तै आफ्ना विचार उत्पादन गर्दैछन्........ कसैले भन्छन् "यो मरो कर्तव्य हो", कसैले......ऊ मूर्ख हो | तिमीले गुरुप्रतिको आफ्नो कर्तव्य थाहा पाउनुपर्छ | तिमीहरुले दैनिक गाउँछौ, गुरु-मुख-पद्म-वाक्य, चित्तेते कोरिया ऐक्य, आर् ना कोरिहो मने आशा | यही हो जीवन । गुरु मुख पद्म..... तिमीहरुले प्रामाणिक गुरु स्वीकार गर्नुपर्छ र उहाँले दिनुभएको आज्ञा पालन गर्नुपर्छ | तब तिमीहरुको जीवन सफल हुन्छ।आर् ना कोरिहो मने आशा | तिमीहरु मुर्ख, तिमीहरुले अरु केहि आशा नगर | के तिमीहरुले दैनिक यस्तो गाउँदैनौ ? तर के तिमीहरुलाई त्यसको अर्थ थाहा छ ? वा तिमीहरुले केवल गाउँछौ मात्र ? यसको अर्थ के हो ? कसले व्याख्या गर्नेछ ? कसैलाई थाहा छ ? हँ, यसको अर्थ के हो? | ||
भक्तः "मेरो एक मात्र इच्छा यो छ कि मेरो मन शुद्ध होस्, गुरुका मुखारविन्दबाट निस्किएका वाणीले । यो बाहेक मेरो अर्को कुनै इच्छा छैन।" | भक्तः "मेरो एक मात्र इच्छा यो छ कि मेरो मन शुद्ध होस्, गुरुका मुखारविन्दबाट निस्किएका वाणीले । यो बाहेक मेरो अर्को कुनै इच्छा छैन।" | ||
प्रभुपादः हो । यो आज्ञा छ | गुरु मुख पद्म वाक्य, चित्तेते कोरिया | प्रभुपादः हो । यो आज्ञा छ | गुरु मुख पद्म वाक्य, चित्तेते कोरिया ऐक्य | चित्त भनेको चेतना अथवा हृदय । "म यहि मात्र गर्नेछु, बस् | मलाई मेरो गुरु माहाराजले भन्नुभएको छ; म यो गर्नेछु।" चित्तेते कोरिया ऐक्य, आर् ना कोरिहो मने आशा। यो मेरो घमण्ड होइन तर म तिमीहरुको उपदेशको निमित्त भन्न सक्छु कि मैले यो गरें | तसर्थ मेरा गुरुभाईभन्दा बढी जे पनि सफलता तिमीले देख्छौ, यसको कारण यहि हो | मसँग कुनै क्षमता छैन, तर मैले आफ्ना गुरुको आज्ञालाई आफ्नो जीवन र आत्मा सरह लिएँ । यो सत्य हो । गुरु मुख-पद्म-वाक्य, चित्तेते कोरिया ऐक्य | सबैले यसो गर्नुपर्छ। तर यदी कसैले यसमा थपथाप वा फेरबदल गर्दछ भने उसको अन्त्य हुन्छ । थपथाप,फेरबदल गर्नुहुन्न । तिमीहरु गुरुको शरणमा जानुपर्छ- गुरु भगवान् कृष्णका आज्ञाकारी दास हुनुहुन्छ र उहाँको आदेशलाई पालन गरेर सेवा गर्नुपर्छ। तब तिमीहरु सफल हुन्छौ | यदि तिमीहरूले कल्पना गर्छौ भने,"म गुरुभन्दा धेरै बुद्धिमान छु र मैले थपथाप वा फेरबदल गर्न सक्छु", तब तिम्रो अन्त्य हुन्छ | यो एकमात्र उपाय हो | अनि अगाडी गाऊ | | ||
भक्तः श्री-गुरु-चरणे रति, एइ से उत्तम-गति | | भक्तः श्री-गुरु-चरणे रति, एइ से उत्तम-गति | | ||
प्रभुपादः श्री-गुरु चरणे रति, एइ से | प्रभुपादः श्री-गुरु चरणे रति, एइ से उत्तम-गति | यदी तिमीहरु प्रगति गर्न चाहन्छौ भने आफ्नो गुरुप्रति पूर्ण निष्ठा हुनुपर्छ। अनि ? | ||
भक्तः ये प्रसादे पुरे सर्व आशा। | भक्तः ये प्रसादे पुरे सर्व आशा। |
Latest revision as of 19:30, 29 January 2021
Lecture on SB 6.1.26-27 -- Philadelphia, July 12, 1975
प्रभुपादः हामीले यो समयलाई समाधान निकाल्न उपयोग गर्नुपर्छ, निरन्तर मर्ने र पुनः अर्को शरीर धारण गर्ने जीवनको समस्याको समाधान | उचित गुरुकहाँ नगएसम्म कसरी बुझ्न सकिनेछ ? यसै कारणले शास्त्रमा भनिएको छ, तद्-विज्ञानार्थम्: "यदि तिमीलाई जीवनका वास्तविक समस्या थाहा पाउने इच्छा छ, यदि तिमी कृष्ण भावनाभावित बन्न चाहन्छौ, यदि शाश्वत जीवन पाएर भगवद्-धाममा जान चाहन्छौ भने तिमी गुरु समक्ष जानुपर्छ।" र गुरु को हुन् ? यो निकै सरल कुरा हो । गुरुले कहिल्यै कुनै विचार उत्पादन गर्दैनन् कि "तिमीले यसो गर र मलाई पैसा देऊ, तिमी खुसी हुन्छौ |" ती गुरु होइनन् | त्यो धन कमाउने अर्को उपाय हो | यहाँ भनिएको छ, मुढ, सबजना मुर्खको स्वर्गमा बाँच्दैछन्, अजामीलले जस्तै आफ्ना विचार उत्पादन गर्दैछन्........ कसैले भन्छन् "यो मरो कर्तव्य हो", कसैले......ऊ मूर्ख हो | तिमीले गुरुप्रतिको आफ्नो कर्तव्य थाहा पाउनुपर्छ | तिमीहरुले दैनिक गाउँछौ, गुरु-मुख-पद्म-वाक्य, चित्तेते कोरिया ऐक्य, आर् ना कोरिहो मने आशा | यही हो जीवन । गुरु मुख पद्म..... तिमीहरुले प्रामाणिक गुरु स्वीकार गर्नुपर्छ र उहाँले दिनुभएको आज्ञा पालन गर्नुपर्छ | तब तिमीहरुको जीवन सफल हुन्छ।आर् ना कोरिहो मने आशा | तिमीहरु मुर्ख, तिमीहरुले अरु केहि आशा नगर | के तिमीहरुले दैनिक यस्तो गाउँदैनौ ? तर के तिमीहरुलाई त्यसको अर्थ थाहा छ ? वा तिमीहरुले केवल गाउँछौ मात्र ? यसको अर्थ के हो ? कसले व्याख्या गर्नेछ ? कसैलाई थाहा छ ? हँ, यसको अर्थ के हो?
भक्तः "मेरो एक मात्र इच्छा यो छ कि मेरो मन शुद्ध होस्, गुरुका मुखारविन्दबाट निस्किएका वाणीले । यो बाहेक मेरो अर्को कुनै इच्छा छैन।"
प्रभुपादः हो । यो आज्ञा छ | गुरु मुख पद्म वाक्य, चित्तेते कोरिया ऐक्य | चित्त भनेको चेतना अथवा हृदय । "म यहि मात्र गर्नेछु, बस् | मलाई मेरो गुरु माहाराजले भन्नुभएको छ; म यो गर्नेछु।" चित्तेते कोरिया ऐक्य, आर् ना कोरिहो मने आशा। यो मेरो घमण्ड होइन तर म तिमीहरुको उपदेशको निमित्त भन्न सक्छु कि मैले यो गरें | तसर्थ मेरा गुरुभाईभन्दा बढी जे पनि सफलता तिमीले देख्छौ, यसको कारण यहि हो | मसँग कुनै क्षमता छैन, तर मैले आफ्ना गुरुको आज्ञालाई आफ्नो जीवन र आत्मा सरह लिएँ । यो सत्य हो । गुरु मुख-पद्म-वाक्य, चित्तेते कोरिया ऐक्य | सबैले यसो गर्नुपर्छ। तर यदी कसैले यसमा थपथाप वा फेरबदल गर्दछ भने उसको अन्त्य हुन्छ । थपथाप,फेरबदल गर्नुहुन्न । तिमीहरु गुरुको शरणमा जानुपर्छ- गुरु भगवान् कृष्णका आज्ञाकारी दास हुनुहुन्छ र उहाँको आदेशलाई पालन गरेर सेवा गर्नुपर्छ। तब तिमीहरु सफल हुन्छौ | यदि तिमीहरूले कल्पना गर्छौ भने,"म गुरुभन्दा धेरै बुद्धिमान छु र मैले थपथाप वा फेरबदल गर्न सक्छु", तब तिम्रो अन्त्य हुन्छ | यो एकमात्र उपाय हो | अनि अगाडी गाऊ |
भक्तः श्री-गुरु-चरणे रति, एइ से उत्तम-गति |
प्रभुपादः श्री-गुरु चरणे रति, एइ से उत्तम-गति | यदी तिमीहरु प्रगति गर्न चाहन्छौ भने आफ्नो गुरुप्रति पूर्ण निष्ठा हुनुपर्छ। अनि ?
भक्तः ये प्रसादे पुरे सर्व आशा।
प्रभुपादः ये प्रसादे पुरे सर्व आशा | यस्य प्रसादात्..... यो सम्पूर्ण वैष्णव सिद्धान्तको उपदेश हो | जबसम्म हामीले यसो गर्दैनौं, हामी मुढ रहन्छौं र यसको वर्णन अजामिल-उपाख्यानमा गरिएको छ | हामीले आज यो श्लोक पढ्दैछौं, स एवं वर्तमानः अज्ञः। फेरी उनले भन्छन् | व्यासदेवले भनेका छन् कि "यो धुर्त आफ्नो छोरा नारायणको नामको सेवामा अवस्थित थियो |" उसलाई थाहा थिएन......"यो बेकार नारायण के हो ?" उसलाई आफ्नो छोरो थाहा थियो | तर नारायाण यति कृपालु हुनुहुन्छ कि उसले निरन्तर आफ्नो छोरोलाई बोलाउँथ्यो, "नारायण, कृपया यता आऊ | नारायण, कृपया यो लिऊ," तर कृष्णले सोच्नुहुन्थ्यो कि "उसले नारायण जप्दैछ |" कृष्ण यति धेरै कृपालु हुनुहुन्छ | उसले कहिल्यै सोचेन कि "म नारायणकहाँ जाँदैछु |" आफ्नो स्नेहको कारण उसले आफ्नो छोरोलाई बोलाउँथ्यो | तर उसले नारायणको पवित्र नाम जप्ने अवसर प्राप्त गर्यो | यो उसको राम्रो भाग्य हो | तसर्थ, यसको अनुसार हामीले नाम परिवर्तन गरेका छौं | किन ? किनकि हरेक नाम कृष्णको दास बन्नको निमित्त हो | जस्तै उपेन्द्र | उपेन्द्र अर्थात् वामनदेव | यदि तिमीले "उपेन्द्र, उपेन्द्र" वा त्यस्तै भन्छौ भने उक्त नाम पनि गनिन्छ | त्यसको विवरण पछि दिइनेछ |